२०८२ माघ १८

Author: Raunak

शोक प्रस्ताव पारित गर्दै बागमती प्रदेशसभाको बैठक स्थगित

शोक प्रस्ताव पारित गर्दै बागमती प्रदेशसभाको बैठक स्थगित

देश, राजनीति, समाचार
बागमती प्रदेशसभा बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ । बागमती प्रदेशसभाको आज बसेको ८ औं अधिवेशन बैठकले प्रदेशसभाका सदस्य पशुपति चौलागाईंको निधन प्रति शोक प्रस्ताव पारित गर्दै सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक जेठ १७ गतेसम्मका लागि स्थगित गरेका छन् । Advertisement प्रदेशसभाको अर्को बैठक बिहान ११ बजे बस्ने बस्ने छ । बैठकले दोलखा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रदेशसभा सदस्य चौलागाईंको निधन प्रति गहिरो समवेदना व्यक्त गर्दै सर्वसहमतिले शोक प्रस्ताव पारित गरेको हो ।  सांसद् चापागाईको गत बैशाख २८ गते कोरोना संक्रमणका कारण उपचारका क्रममा निधन भएको थियो ।  उक्त बैठकले सांसद् चौलागाई प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार प्रति गहिरो समवेदना प्रकट गरको छ ।  साभार: रातोपाटी ...
लुम्बिनीका अस्पतालहरुमा तत्काल स्वास्थ्य सामग्री खरिद प्रक्रिया अघि बढाउन निर्देशन

लुम्बिनीका अस्पतालहरुमा तत्काल स्वास्थ्य सामग्री खरिद प्रक्रिया अघि बढाउन निर्देशन

देश, समाचार, स्वास्थ्य
लुम्बिनी प्रदेश सरकारले श्रोत अस्पतालहरुलाई एचडीयू, आईसीयू र भेन्टिलेटर विस्तारको लागि तत्काल खरिद प्रक्रिया अगाडि बढाउन निर्देशन गरेको छ । स्रोत सुनिश्चितता भएका अस्पतालहरुले अक्सिजन प्लान्ट स्थापनाका लागि प्रक्रिया अघि बढाउन आग्रह गर्दै आवश्यक सहजीकरण तथा अनुगमनका लागि प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जिम्मेवारी दिएको छ । Advertisement मुख्यमन्त्री शंकर पोखरेल संयोजक रहेको लुम्बिनी प्रदेश कोरोना संकट व्यवस्थापन समितिको बैठकले स्वास्थ्य सामग्रीको खरिदका लागि संघ तथा प्रदेश स्वास्थ्स्य मन्त्रालयसँग समन्वय गरी सम्बन्धित अस्पतालहरुले तत्काल खरिद प्रक्रिया अगाडि बढाउन आग्रह गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए ।  बैठकले राप्ती प्रादेशिक अस्पतालमा पीसीआर ल्याब स्थापन गर्ने निर्णय गरेको छ । यसैगरी राप्ती स्वास्थ्य ...
प्रधानन्यायाधीशले सोधे– संवैधानिक इजलासमा नबस्न मलाई पनि नैतिक दबाब परेको हो ?

प्रधानन्यायाधीशले सोधे– संवैधानिक इजलासमा नबस्न मलाई पनि नैतिक दबाब परेको हो ?

देश, राजनीति, समाचार
वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संवैधानिक इजलासमा कुन न्यायाधीश बस्नु ठिक र कुन न्यायाधीश बस्न अनुचित भनेर आफूहरुले पक्ष वा विपक्षको आधारमा भन्दा पनि अदालतको विश्वसनीयता कायम राख्ने एकमात्र स्वार्थबाट प्रेरित भएर बहस गर्नुपरेको तर्क गरेका छन् । संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठलाई राखिएकोमा केही कानुन व्यवसायीले बिरोध जनाएपछि आइतबार यससम्बन्धमा बहस गर्नका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले एक घण्टा समय तोकेका हुन् । Advertisement सोही अनुसार बहसमा उत्रिएका वरिष्ठ अधिवक्ता कार्कीले भने, ‘म यहाँ इजलासको विपक्षी भएर बहस गरिरहेको छैन, श्रीमानहरुको बारेमा पब्लिकले के भनेको छ, के असर परेको छ भनेर हामीले कुरा राखेकोमात्र हो ।’ न्यायाधीशहरूमाथि सार्वजनिक रुपमा आरोप लागेको अवस्थामा अदालतको विश्वसनीयता कायम राख्नका लागि स्वार्थ बाझ...
ओलीले बोलाए एमाले स्थायी समिति बैठक

ओलीले बोलाए एमाले स्थायी समिति बैठक

देश, राजनीति, समाचार
नेकपा एमालेले स्थायी समिति बैठक बोलाएको छ । आइतबार साँझ ५ बजे बस्नेगरी स्थायी समिति बैठक बोलाएको एमाले नेता सुवास नेम्वाङले जानकारी दिए । उनका अनुसार पार्टीका आन्तरिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो । Advertisement एमाले नेताहरुका अनुसार यसअघिको बैठकले माधव नेपाल पक्षका १२ नेतालाई सोधेको स्पष्टीकरणबारे बैठकमा छलफल हुनेछ । विपक्षी गठबन्धनका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि प्रस्ताव गर्दै हस्ताक्षर गर्ने नेपाल पक्षका १२ जना नेतालाई सोधिएको स्पष्टीकरणको जवाफ नेताहरुले पठाएका थिएनन् । स्पष्टिकरण नपठाउने नेताहरुलाई कारवाही गर्ने तयारी ओली पक्षको छ । साभार: रातोपाटी ...
कोरोनाले श्रीमानको मृत्युपछि कुरुवा बसेकी श्रीमतीले गरिन् आत्महत्या

कोरोनाले श्रीमानको मृत्युपछि कुरुवा बसेकी श्रीमतीले गरिन् आत्महत्या

देश, समाचार, सामाजिक
१६ जेठ, धनगढी । कोरोना संक्रमणबाट श्रीमतीको मृत्यु भएपछि अस्पतालमा कुरुवा बसेकी महिलाले आत्महत्या गरेकी छन् । डडेल्धुरा अस्पतालमा उपचाररत बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ का सुरेश कठायतको संक्रमणबाट मृत्यु भएको केही घण्टामा उनकी श्रीमती सरिता रावतले झुण्डिएर आत्महत्या गरेकी हुन् । Advertisement वडाध्यक्ष खगेन्द्र रावतले शनिबार बिहान करिब साढे ९ बजेतिर डडेल्धुरा अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा ज्यान गुमाएका कठायतकी श्रीमतीले नजिकैको जंगलमा झुण्डिएर आत्महत्या गरेको बताए । ‘ज्वरो र रुघाखोकी लागेपछि जिल्ला अस्पताल भर्ना भएका कठायतलाई जेठ २ गते अस्पतालले डडेल्धुरा रेफर गरेको थियो,’ वडाध्यक्ष रावतले अनलाइनखबरसँग भने, ‘स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनकी श्रीमतीसँगै काका र भाइ पनि कुरुवा बसेका थिए । मृ...
बजेटमा कांग्रेसको प्रतिक्रिया : जनता झुक्याउन नयाँनयाँ नारा

बजेटमा कांग्रेसको प्रतिक्रिया : जनता झुक्याउन नयाँनयाँ नारा

देश, समाचार
१५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले जनतालाई झुक्याएर चुनाव जित्ने आशा राखेर बजेट ल्याएको आरोप लगाएका छन् । वैधानिकता गुमाएको सरकारले जनता झुक्याउन नयाँनयाँ नारा ल्याएको उनले बताए । ‘कुनैपनि आँकडा हेर्दा पार लाग्ने देखिदैन । यसैलाई देखाएर ठगेर चुनाव जित्न पाइन्छ कि भने नयाँनयाँ नारा ल्याइएको छ’, उनले भने । कांग्रेसले बनाएको छायाँ सरकारका अर्थमन्त्री समेत रहेका रिजालले वैधानिकता गुमाएको सरकारले बजेट ल्याउने कुरा नै अनुचित भएको बताए । Advertisement ‘बजेटको आकार ठूलो छ । सामाजिक सुरक्षा भत्ता र पूर्वाधारमा गरिने बाहेक अरू सबै खर्च दुई देखि तीन प्रतिशत बढाएको छ । बजेटको टेस्ट अरु बेला भन्दा डेढ गुणा लामो छ’, नेता रिजालले भने । अनुमानित खर्च र राजश्व संकलन पनि सम्भव नरहेको उनले बताए । ‘यो वर्षको संशोधित खर्च भन्दा झण्डै...
रक्सी र चुरोटमा लाग्ने अन्तःशुल्क वृद्धि, बजार भाउ बढ्ने

रक्सी र चुरोटमा लाग्ने अन्तःशुल्क वृद्धि, बजार भाउ बढ्ने

देश, राजनीति, समाचार
१५ जेठ, काठमाडौं । सरकारले रक्सी, चुरोटलगायत मदिरा तथा सुर्तीजन्य पदार्थमा लाग्ने अन्तःशुल्क वृद्धि गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अन्तःशुल्क वृद्धि गरेको जानकारी दिएका हुन् । ‘मूल्य अभिवृद्धि करको दर यथावत राखेको छु, भन्सार महसुलका दरहरुमा सामान्य समायोजन गरेको छु,’ बजेट सार्वजनिक गर्दै उनले भने, ‘मदिरा,  बियर,  वाइन,  चुरोट, सुर्तीजन्य तथा हल्का पेय पदार्थमा अन्तःशुल्क वृद्धि गरेको छु ।’ Advertisement यसले अब रक्सी, बियर तथा चिसो पेय पदार्थ साथै चुरोट लगायतका सुर्तीजन्य पदार्थको बजार मूल्य समेत बढ्नेछ । यसैगरी छुटको सीमाभन्दा बढी करयोग्य वस्तु तथा सेवाको कारोबार गर्ने करदातालाई मूल्य अभिवृद्धि करको दायरामा ल्याइने अर्थमन्त्री पौडेलले बताएका छन् । मूल्य अभिवृद्धि करमा दर्ता भएका ...
विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार ऋण, खानेपानी र विजुलीमा छुट

विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार ऋण, खानेपानी र विजुलीमा छुट

देश, राजनीति, समाचार
१५ जेठ, काठमाडौं । सरकारले कोरोना महामारीका बेला समस्यामा परेका सर्वसाधारणका लागि केही राहत र सहुलियत घोषणा गरेको छ । शनिबार अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८-७९ को बजेट प्रस्तुत गर्दै खानेपानी, विद्युत, खाद्यान्नलगायतका विषयमा सहुलियत घोषणा गरेको हो । Advertisement नेपाल खानेपानी संस्थान, काठमाडौं उपत्यका खानेपानी लिमिटेड र स्थानीय तहले गार्हस्थ्य उपभोक्‍तालाई वितरण गर्ने मासिक २० हजार लिटरसम्मको खानेपानी महसुल यसै महिनादेखि छुट दिई निःशुल्क उपलब्ध गराउने पौडेलले घोषणा गरे । निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ्ग कम्पनीबाट बिक्री हुने चामल, पिठो, दाल, नुन, खानेतेल, चिनी तथा खाना पकाउने ग्याँसको बिक्री मुल्यमा २० प्रतिशत छुट दिएको छ । निषेधाज्ञा अवधिभर घरायसी तथा साना विद्युत उपभोक्‍तामध्य...
२० माइक्रोन भन्दा कमका प्लास्टिक प्रयोगमा प्रतिवन्ध

२० माइक्रोन भन्दा कमका प्लास्टिक प्रयोगमा प्रतिवन्ध

देश, समाचार, सामाजिक
सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को साउन १ गतेदेखि २० माइक्रोन भन्दा कम क्यालिटिका सबै खाले प्लास्टिकजन्य वस्तुहरुको उत्पादन आयात तथा प्रयोगलाई प्रतिवन्ध लगाएको छ । त्यस्ता सामान प्रयोग गर्न र आयात गर्न समेत नपाइने बताएको छ ।  Advertisement पोलिथिनका झोलाहरूको सट्टा जुट, कपडा लगायतका झोलाहरु प्रयोग गर्नु पर्ने सरकारको भनाई छ । साभार: रातोपाटी ...
अर्थमन्त्री पौडेलले गरे सुकुम्बासीलाई जग्गा किन्न ६८ करोड बिनियोजन

अर्थमन्त्री पौडेलले गरे सुकुम्बासीलाई जग्गा किन्न ६८ करोड बिनियोजन

देश, राजनीति, समाचार
अर्थमन्त्री विष्णु पौडेलले सुकुम्बासी समस्या समाधानका लागि जग्गा खरिदका लागि ६८ करोड रुपैयाँ बिनियोजन गरेका छन् । भूमिहीन दलित, सुकुम्बासी, पूर्व कमलरीलाई व्यवस्थापन गर्न आगामी आर्थिक बर्षभित्र जग्गा प्रदान गर्न सो रकम छुट्याइएको हो ।  Advertisement पौडेलले शनिवार प्रधानमन्त्रीको कार्यालयबाट आगामी आर्थिक बर्ष २०७८÷७९ का लागि बजेट प्रस्तुत गर्दै यसबारे जानकारी गराएका हुन् ।  उनले गैर कानुनी रुपमा कब्जा गरिएका सरकारी तथा गुठीका जग्गा फिर्ता ल्याउने पनि बताएका छन् । साभार: रातोपाटी ...