२०८२ माघ १८

Author: Raunak

हवाई उडान माग्न आएका राजदूतलाई इन्ट्री प्वाइन्टको काउन्टर

हवाई उडान माग्न आएका राजदूतलाई इन्ट्री प्वाइन्टको काउन्टर

देश, समाचार
Credit: OnlineKhabar २३ असोज, काठमाडौं । नेपालका लागि भारतीय राजदूतको जिम्मेवारी सम्हालेको सात महिनापछि विनयमोहन क्वात्रा शुक्रबार संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई भेट्न सिंहदरबार पुगे । शिष्टाचार भेट भन्दै पुगेका कोत्राको एजेण्डा झण्डै ६ महिनादेखि नेपाल भारत हवाई उडान सुचारु गर्नु थियो । चैतमा सबै अन्तर्राष्ट्रिय उडान रोकेको नेपालले पछिल्लो समय अन्तराष्ट्रिय उडान सुचारु गरेको छ । तरभारतमा कोरोना संक्रमण उच्च भएकाले नेपालले तत्काल नियमित उडान सुरु गरेको छैन । स्रोतकाअनुसार राजदूत कोत्रा नियमित उडान नभएपनि ‘एयर ट्राभल बलल’ सुरु गर्नुपर्नेमा जोड दिएका छन् । ‘दिल्लीस्थित नेपाली दूताबासले पनि यो सुरु गर्नुपर्ने बताएको छ, तर हामीले निर्णय गरिसकेका छैनौं’ मन्त्रालय स्रोतले भन्यो, ‘यसबारे हामी अझै छलफलकै चरणमै छौं ।’ भेटमा पर्यटनमन्त्री भट्टराई...
बलात्कार आरोपीको पक्षमा मोरङ बारको विज्ञप्ति

बलात्कार आरोपीको पक्षमा मोरङ बारको विज्ञप्ति

देश, समाचार, सामाजिक
Credit: OnlineKhabar २३ असोज, काठमाडौं । सञ्चार माध्यमहरूले बलात्कारपीडितको पक्षमा समाचार लेखेको भन्दै मोरङ बार एसोसिएसनले आपत्ति जनाएको छ । मोरङ बारले निकालेको विज्ञप्तिमा बलात्कारको मुद्दामा न्यायाधीशले दिएको लिखित आदेशलाई ‘गोप्य कागज’ भन्दै त्यस्तो आदेश सार्वजनिक गर्नेमाथि कारवाही हुनुपर्ने भनिएको छ । ‘करणी गरेको हुँ तर एकहजार रुपैयाँ दिने शर्तमा’ भनेर अदालतमा सकारी वयान दिएका मोरङ, रतुवामाई, कुखुरेडाँडाका काजीमान श्रेष्ठलाई एक लाख रुपैयाँ धरौटीमा मोरङ जिल्ला अदालतले रिहा गरेको समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशित/प्रसारित भएपछि मोरङ बारको विज्ञप्ति आएको हो । २३ वर्षीया महिलालाई बलात्कार गरेको अभियोग लागेका श्रेष्ठलाई अदालतले धरौटीमा रिहा गरेको समाचारप्रतितर्फ इंगित गर्दै मोरङ बार एसोसिएसनले लेखेको छ, ‘अदालतको मर्यादामा खलल पुग्ने गरी अनधिकृत रुपमा गोप्य कागज...
७६ प्रकारका वस्तुको भन्सारमा सहुलियत दिन बंगलादेशसँग प्रस्ताव

७६ प्रकारका वस्तुको भन्सारमा सहुलियत दिन बंगलादेशसँग प्रस्ताव

देश, समाचार
Credit: OnlineKhabar २३ असोज, काठमाडौं । नेपालले ७६ प्रकारका वस्तु विशेष सहुलियतमा निर्यात गर्न दिन बंगलादेशसँग आग्रह गरेको छ । यसै हप्ता भएको नेपाल-बंगलादेश छैटौं सचिवस्तरीय वाणिज्य बैठकमा नेपालले यस्तो प्रस्ताव गरेको थियो । तर बंगलादेशबाट पनि उस्तै प्रस्ताव आएपछि समझदारी भने बन्न नसकेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । नेपाली प्रधानमन्त्रीको बंगलादेश भ्रमणका क्रममा दुई देशबीच भएको विशेष व्यापार समझदारी बमोजिम नेपालले उक्त प्रस्ताव पेश गरेको थियो । दुबै देशले आफ्नो उत्पादनमा विशेष छुट मागको अडान पेश गरेपछि थप छलफल गर्ने गरी हाललाई स्थगन भएको उद्योग वाािण्ज्य तथा आपूर्ति मन्त्रालयका बहुपक्षीय व्यापार तथा व्यापार सहायता महाशाखा प्रमुख सहसचिव प्रकाश दाहालले बताए । ‘चिया, अलैँची, अमि्रसो, धागोसहितका २० प्रकार ७६ प्रकारका वस्तुको सूची नेपालले र गार्मे...
बैतडीमा जिप दुर्घटना हुँदा १० जना घाइते

बैतडीमा जिप दुर्घटना हुँदा १० जना घाइते

देश, समाचार, सामाजिक
Credit: OnlineKhabar २३ असोज, काठमाडौं । बैतडीको पञ्चेश्वर गाउँपालिका-४, आमचौरस्थित सडकखण्डमा शुक्रबार जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । आमचौरबाट कुलाउतर्फ जाँदै गरेको से.१ ज ८८८ नम्बरको जिप सडकबाट करिब ५० मिटर तल खस्दा जिपमा सवार १० जना घाइते भएको बैतडी प्रहरीले जनाएको छ । घाइते हुनेमा पञ्चेश्वर गाउँपालिका-४ का ४५ वर्षीय बलबीर सार्की लगायत १० जना रहेका छन् । Advertisement प्रहरीका अनुसार घाइतेहरुलाई स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि डडेल्धुरातर्फ पठाइएको छ । जिपका चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ...
विश्व खाद्य कार्यक्रमलाई नोबेल शान्ति पुरस्कार

विश्व खाद्य कार्यक्रमलाई नोबेल शान्ति पुरस्कार

शिक्षा
Credit: OnlineKhabar २३ असोज, काठमाडौं । सन् २०२० को नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)लाई प्रदान गरिएको छ । शुक्रबार द नर्वेजियन नोबेल कमिटीले डब्ल्यूएफपीलाई यो पुरस्कार दिने घोषणा गरेको हो । डब्ल्यूएफपीलाई यो पुरस्कार भोकमरीविरुद्धको प्रयास, युद्धग्रस्त क्षेत्रको अवस्थामा सुधारको लागि पुर्‍याएको योगदान र भोकमरीलाई द्वन्द्व तथा युद्धको हतियार बन्नबाट रोक्न गरेको कामको कदर गर्दै डब्ल्यूएफपीलाई यो पुरस्कार दिने निर्णय गरिएको हो । Advertisement नोबेल शान्ति पुरस्कार यसअघि २४ संस्थाहरुलाई प्रदान गरिइसकेको छ । यससँगै यस वर्षका लागि अहिलेसम्म पाँच विधामा नोबेल पुरस्कारको घोषणा भइसकेको छ । आगामी सोमबार आर्थिक विज्ञानतर्फको नोबेल पुरस्कारको घोषणा हुनेछ । ...
गोरेटो बनेपछि घाँटीबगर–तिंकर सडक निर्माणको सर्भे थालियो

गोरेटो बनेपछि घाँटीबगर–तिंकर सडक निर्माणको सर्भे थालियो

देश, समाचार, सामाजिक
Credit: OnlineKhabar २३ असोज, काठमाडौं । दार्चुलाको ब्यास गाउँपालिका–२, घाँटीबगरमा रहेको अतिविकट ४५० मिटर मिटर क्षेत्रमा गोरेटो बनाएपछि नेपाली सेनाले सडक निर्माणका लागि सर्भे थालेको छ । घाँटीबगर–तिंकर सडकखण्डमा ८७ किलोमिटरमा सडक बनाउने जिम्मा १४ वैशाखमा सरकारले सेनालाई दिएको थियो । त्यसअनुरुप पहिले सर्वसाधारणको गोरेटो बनाएको सेनाले अब सडक निर्माणका लागि सर्भे थालेको हो । सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलका अनुसार यस कार्यका लागि ४० जनाको सैनिक टोली दार्चुलास्थित गुल्ममा खटिएको छ । टोलीको नेतृत्व सेनाको विकास निर्माण कार्यदल गणका प्रमुख सेनानी रमेश गुरुङले गरेका छन् । टोलीले सडक निर्माणका लागि अस्थायी क्याम्प खडा गर्नका लागि स्थानको पनि रेकी गर्नेछ भने प्रस्तावित रुटको सर्भेसमेत गर्ने पौडेलले अनलाइनखबरलाई बताए । उनका अनुसार प्रारम्भिक अध्ययनपछि यो वर्ष हुम्लिङ र ...
चन्द्रागिरिमा सङ्क्रमितको सङ्ख्या ५५१ पुग्योे, पाँचको मृत्यु

चन्द्रागिरिमा सङ्क्रमितको सङ्ख्या ५५१ पुग्योे, पाँचको मृत्यु

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी चन्द्रागिरि नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ५५१ पुगेको छ । काठमाडौँको उपत्यका प्रवेशद्वारको मुख्य नाकामा रहेको चन्द्रागिरिमा बिहीबार १३ सङ्क्रमित थपिएसँगै कूल सङ्क्रमितको सङ्ख्या ५५१ पुगेको हो । चन्द्रागिरिको सबैभन्दा थोरै वडा नं २ मा आठ र सबैभन्दा धेरै वडा नं ८ मा १०४ सङ्क्रमित भेटिएका छन् । यस्तै वडा नं १ मा १३, वडा नं २ मा आठ, वडा नं ३ मा ३६, वडा नं ४ मा २८, वडा नं ५ मा २९, वडा नं ६ मा १६, वडा नं ७ मा १५, वडा नं ८ मा १०४, वडा नं ९ मा १६, वडा नं १० मा ३०, वडा नं ११ मा ५९, वडा नं १२ मा ४६, वडा नं १३ मा ३५, वडा नं १४ मा ५१ र वडा नं १५ मा ५६ सङ्क्रमित छन् । Advertisement कोरोना सङ्क्रमितमध्ये ३४३ निको भएर घर फर्किसकेको, १६५ होम आइसोलेसन र ३८ जनाको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको नगरपालिकाका प्रवक्ता हरिभक्त मह...
‘अक्वा फ्रिडम’ पानीको जारमा किरा भेटियोः अस्वस्थ पानी बेच्ने उद्योगमाथि कारबाही गर्न विभागलाई पत्राचार

‘अक्वा फ्रिडम’ पानीको जारमा किरा भेटियोः अस्वस्थ पानी बेच्ने उद्योगमाथि कारबाही गर्न विभागलाई पत्राचार

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौं । अक्वा फ्रिडम नाम गरेको पिउने पानीको जारमा किरा फेला परेको छ । काठमाडौँ जिल्ला, कागेश्वरी मनोहरा नगरपालिका मुलपानी–८ स्थित सिद्धिलक्ष्मी अक्वा पानी उद्योगबाट उत्पादित अक्वा फ्रिडमको शिलबन्द जारको पानीमा किरा फेला परेको हो । गुणस्तरहीन पानीको उत्पादन एवम् विक्रीवितरण गरी उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्ने कम्पनीमाथि तत्काल कारबाही गर्न राष्ट्रिय उपभोक्ता मञ्चले वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग माग गरेको छ । निजी क्षेत्रबाट वितरण हुने खानेपानीको मूल्य, गुण र गुणस्तर तथा वितरण व्यवस्थाबारेमा पटक–पटक सर्वसाधारण उपभोक्ताहरुबाट गुनासाहरु आइरहेको अवस्थामा विभागबाट प्रभाकारी बजार अनुगमन तथा कारबाही हुन नसकेको भन्दै मञ्चले गुणस्तरहीन पानी बेच्ने कम्पनीलाई तत्काल कारबाही गर्न सम्बन्धित...
केएमसीसँगको सहकार्यमा कुमारी बैंकद्वारा निःशुल्क पीसीआर परीक्षण शिविर

केएमसीसँगको सहकार्यमा कुमारी बैंकद्वारा निःशुल्क पीसीआर परीक्षण शिविर

देश, समाचार, स्वास्थ्य
काठमाडौं । काठमाडौं मेडिकल कलेजसँग सहकार्य गरेर कुमारी बैंक लिमिटेडले निःशुल्क पीसीआर परीक्षण शिविर गरेको छ । दिन प्रतिदिन कोरोना संक्रमण बढिरहेका बेला कुमारी बैंकले आफ्नै खर्चमा सर्वसाधरणलाई निःशुल्क पीसीआर परीक्षण गराएको हो । गत सोमबारदेखि बुधबारसम्म तीन दिन सञ्चालित शिविरमा ८ सय २६ जनाको निःशुल्क पीसीआर परीक्षण गरिएको आयोजकले जनाएको छ । सोमबार काठमाडौंको टङ्गालस्थित कुमारी बैंकको कर्पोरेट कार्यालय, मंगलबार बैंकको न्युरोड शाखा र बुधबार पुतलीसडक शाखामा शिविर सञ्चालन गरिएको हो ।  Advertisement शिविरमा पहिलो दिन १९६, दोस्रो दिन २२६ र तेस्रो दिन ४०४ जना सर्वसाधरणले पीसीआर परीक्षण गराएका छन् । स्वाब दिएकाहरुलाई पीसीआर परीक्षण पश्चात फोनबाटै रिपोर्ट जानकारी गराईएको थियो । कोरोनाको महामारीले सबै क्षेत्रलाई अस्तव्यस्त बनाएका बेला निःशुल्क पीसीआर प...
त्रिविका विद्यार्थीद्वारा डा. केसीको समर्थनमा रिले अनसन

त्रिविका विद्यार्थीद्वारा डा. केसीको समर्थनमा रिले अनसन

देश, समाचार, सामाजिक
साभार: रातोपाटी काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका स्वतन्त्र विद्यार्थीले अनशनरत डा. गोविन्द केसीको समर्थनमा रिले अनसन थालेका छन् । डा. गोविन्द केसीको ज्यान जोगाऊ, तपाई हामी लिमी सरकारलाई दबाब बढाउ भन्दै त्रिविमा विद्यार्थीहरुले बुधबारबाट रिले अनसन सुरु गरेका हुन् । विद्यार्थीहरु जय ओझा, रामनरेश यादव, हरिष देउवा, एनपी जोशी, अम्मर बहादुर साउद, दीर्घराज भट्ट, नरेन साउद, सञ्चय चौधरी, रामबहादुर बोगटी, गंगाराम न्यौपाने लगायत त्रिभुवन विश्वविद्यालयमा  रिले अनसनमा छन् । Advertisement चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि विभिन्न माग राख्दै डा. केसी २५ दिनयता अनशनरत छन् । सरकारले डा। केसीसँग वार्ता गर्नका लागि बुधबार शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो ।  विहीबारबाट सरकारी टोली र डा. केसीका प्रतिनिधिब...