२०८२ माघ १८

Author: Raunak

नेपाल टेलिकमले ल्यायो अटम र फेस्टिभ अफर

नेपाल टेलिकमले ल्यायो अटम र फेस्टिभ अफर

अर्थतन्त्र, देश, नेपाली ब्रान्ड, समाचार
साभार: रातोपाटी  नेपाल टेलिकमले मोबाइल सेवामा समर अफर अन्तर्गत हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई थप तथा परिमार्जन गरी असोज २९ देखि ९० दिन लागु हुने अटम अफर उपलब्ध गराउने भएको छ । यसैगरी घटस्थापनादेखि कोजाग्रत पुर्णिमासम्म लागु हुने ‘दशैं अफर’ र काग तिहारदेखि छठ पर्वसम्म लागु हुने ‘तिहार अफर’ लाई फेस्टिभल अफरका रुपमा उपलब्ध गराउने छ । पहिलेदेखि नै उपलब्ध केही प्याकहरु यथावत् राखिएका छन् भने केही प्याकहरु परिमार्जन गरी थप आकर्षक बनाइएका छन् । साथै सान्दर्भिक नभएका केही प्याकहरुलाई निरन्तरता नदिइने भएको छ । अटम अफरमा नयाँ प्याकेजका रुपमा सोसल मिडिया प्याक उपलब्ध हुनेछ । यस अन्तर्गत ३ दिनसम्म चलाउन मिल्नेगरी रु. ५५ मा यूट्युब र फेसबुक अनलिमिटेड प्याकेज छुट्टाछुट्टै उपलब्ध हुनेछ । यी अफर खरिद गरे पश्चात् सहुलियतस्वरुप रु. १५ मा ३ दिनसम्म सबै किसिमका एप्लिकेसन प्रयोग गर्...
उच्च अदालतका ८४ न्यायाधीश सरुवा (सूचीसहित)

उच्च अदालतका ८४ न्यायाधीश सरुवा (सूचीसहित)

देश, राजनीति, समाचार
Credit: OnlineKhabar २८ असोज, काठमाडौं । न्याय परिषदले उच्च अदालतमा कार्यरत ८४ जना न्यायाधीशको सरुवा गरेको छ । बुधबार बसेको न्यायपरिषदको बैठकले न्यायाधीश सरुवा गर्ने निर्णय गरेको हो । उच्च अदालत सुर्खेतका न्यायाधीश विनोद शर्मा, उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका भीमकुमार ओझा, उच्च अदालत विराटनगरका महेश शर्मा पौड्याल, उच्च अदालत विराटनगर इलाम इजलासका अच्युत विष्ट उच्च अदालत पाटनमा सरुवा भएका छन् । Advertisement हेर्नुहोस् को कहाँ सरुवा भए ? ...
काँग्रेसद्वारा सर्लाही घटनाको भत्र्सना

काँग्रेसद्वारा सर्लाही घटनाको भत्र्सना

देश, राजनीति, समाचार, सामाजिक
साभार: रातोपाटी काठमाडौं । नेपाली काँग्रेसले सर्लाही घटनाको घोर निन्दा र भत्र्सना गरेको छ । सर्लाहीमा आफ्नो कार्यकर्ता दलित महेन्द्र रामको हत्यारालाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय परिसरमा प्रदर्शन गर्न गएका काँग्रेसका नेता कार्यकर्ता र प्रहरीबीच बुधबार दिउँसो झड्प भएको थियो । विरोध प्रदर्शनका क्रममा सुरक्षाकर्मीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरी प्रदर्शनकारीहरुलाई गम्भीर घाइते बनाएको घटनाप्रति काँग्रेसको गम्भीर ध्यानाकर्षण भएको मुख्यसचिव कृष्ण पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मृतकका तर्फबाट जाहेरी दरखास्त दर्ता गराउन जिल्ला प्रहरी कार्यालय जाँदा सुरक्षाकर्मीको लाठी प्रहारबाट मृतककी श्रीमती, भाइसहित अन्य ३ महिला समेत घाइते भएका पौडेलले जानकारी दिए । Advertisement उक्त घटनामा संघीय संसदका सदस्यद्वय कांग्रेस जिल्ला सभा...
कोरोनाले काभ्रेमा थप एकको मृत्यु

कोरोनाले काभ्रेमा थप एकको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: रातोपाटी कोरोना सङ्क्रमणका कारण काभे्रे बेथानचोक गाउँपालिकाका एक वृद्धाको आज मृत्यु भएको छ । ती ७५ वर्षीया  वृद्धाको वनेपास्थित शिर मेमोरिय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ । योसँगै काभ्रेमा हालसम्म पाँच पुरुष र पाँच महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।  जिल्लामा कोरोना भाइरस् सङ्क्रमितको सङ्ख्या दैनिक ४० को हाराहारिमा पुगेको छ । आज जिल्लामा ४० सङ्क्रमित थपिएका छन् । पोष्टका अनुसार मङ्गलबार ५८ थिए भने सोमबार ४३ मा कोरोना सङ्क्रमण देखियो । आजसम्म सङ्क्रमितको सङ्ख्या एक हजार १३६ पुगेको छ जसमध्ये ४२३ महिला र ६९२ पुरुष सङ्क्रमित हुन् । कूल सक्रिय सङ्क्रमितमध्ये ३५ प्रतिशत वनेपा नगरभित्र मात्रै छन् ।  नगरमा आज सात पुरुष र चार महिला थपिएपछि ७१ महिला र ९९ पुरुष सङ्क्रमित छन् । यस्तै, कुल सक्रिय सङ्क्र...
AIT द्वारा आयोजित अन्तराष्ट्रिय सिइओ टक मा अनिल केशरी शाह

AIT द्वारा आयोजित अन्तराष्ट्रिय सिइओ टक मा अनिल केशरी शाह

अर्थतन्त्र, आर्थिक, कर्पोरेट, देश, बैँक/ बीमा, समाचार
AIT (Asian Institute of Technology) को PMBF (Professional Masters in Banking and Finance) ले आयोजना गर्न लागेको "सातौं सिइओ टक" मा नबिल बैंकका कार्यकारी प्रमुख अनिल केशरी शाह निमन्तृत भएका छन्। उक्त कार्यक्रम भोलि असाेज २९ गते दिउँसो १:४५ बजे (नेपाली समय) zoom webinar मार्फत हुँदैछ। Advertisement कार्यक्रम को उप शीर्षक "How NABIL future-proofed itself" भएका ले सिइओ शाह ले भविष्य लाई ध्यान मा राखी आफ्नो र नबिल बैंक को कार्य योजना विस्तृत रूप मा सुनाउने छन्। उक्त कार्यक्रम बैंकिङ क्षेत्रमा आबद्ध सम्पूर्ण का लागि प्रभावकारी भएका ले इच्छुक व्यक्ति यस लिंक बाट रजिष्ट्रेशन गर्न सक्नेछन्। https://zoom.us/webinar/register/WN_skZf4HIkS5ewQsbklipa5Q ...
प्रहरीले थाल्यो ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुपमाथि अनुसन्धान

प्रहरीले थाल्यो ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुपमाथि अनुसन्धान

देश, समाचार, सामाजिक
साभार: रातोपाटी काठमाडौँ । प्रहरीले सामाजिक सञ्जाल फेसबुकमा खोलिएको ‘बलात्कारी संगठन’ नामक ग्रुपमाथि अनुसन्धान अघि बढाएको छ । कसले, किन, के प्रयोजनको लागि ग्रुप खोलिएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।  ग्रुप खोल्नेहरुको खोजीकार्य सुरु भइसकेको नेपाल प्रहरीको केन्द्रीय कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुवेर कडायतले जानकारी दिए ।  बलात्कार जस्तो जघन्य अपराध बढिरहेको बेला सामाजिक सञ्जालमा ग्रुप नै खोलेर बलात्कारसम्बन्धी पोष्ट गर्नेलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउनुपर्ने एसएसपीको कडायतको भनाइ छ ।  Advertisement ग्रुप खोल्ने व्यक्तिलाई पक्राउ गर्न नेपाल प्रहरीको साइबर ब्यूरो तथा अन्य युनिटहरु पनि लागिपरेको एसएसपी कडायतले बताए । उनले भने, ‘साइबर ब्युरो तथा अरूले पनि उनीहरूलाई खोज्दैछ ।’ घटनाबारे छानबि...
सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुग्यो, ८१ संक्रमित थपिए

सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुग्यो, ८१ संक्रमित थपिए

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोनासंक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । सोमबार धनगढी उपमहानगरपालिका–३ बस्ने ५२ वर्षीय एक पुरुषको मृत्यु भएपछि  कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको हो । उनलाई असोज २० गते कोरोना पुष्टि भएको थियो भने स्वास्थ्यमा समस्या देखिएपछि  अस्पताल भर्ना २३ गते गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिप कुमार श्रेष्ठले जानकारी दिए । यसअघि नै अछामका २, बैतडीका १, बझाङ्गका २, बाजुराका २, डडेल्धुराका १,  कैलालीका ९ र कञ्चनपुरका १ जना कोरोनासंक्रमितको मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले  रातोपाटीलाई जानकारी दिए । यसैगरी बितेको २४ घण्टामा विभिन्न अस्पतालबाट थप ८१ जनामा कोरोनासंक्रमण पुष्टि भएपछि सक्रिय संक्रमितको संख्या १ हजार २८२ पुगेको छ । Advertisement...
कोरोना संक्रमितले लोकसेवा आयोगको परीक्षामा सहभागी हुन नपाउने मापदण्ड सच्याउन नेविसंघको माग

कोरोना संक्रमितले लोकसेवा आयोगको परीक्षामा सहभागी हुन नपाउने मापदण्ड सच्याउन नेविसंघको माग

देश, राजनीति, शिक्षा, समाचार
साभार: रातोपाटी काठमाडौं । कोरोना संक्रमितले लोकसेवा आयोगको परीक्षामा सहभागी बन्न नपाउने र शिक्षक सेवा आयोगको  प्रदेशको शिक्षा विकास निर्देशनालयबाट मात्रै अध्यापन अनुमतिपत्र वितरण गर्ने  निर्णयका सम्बन्धमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को गम्भीर ध्यानाकर्षण भएको छ। संघका महामन्त्री बलदेव तिमल्सिनाले बुधबार एक विज्ञप्ति जारी गर्दै लोकसेवा आयोगले सञ्चालन गर्ने परीक्षामा कोभिड–१९ संक्रमितहरू सहभागी हुन नपाउने गरी ल्याएको मापदण्ड अन्यायपूर्ण भएको बताए । तिमल्सिनाले भने, 'लोकसेवा आयोगले सञ्चालन गर्ने परीक्षामा कोभिड–१९ संक्रमितहरू सहभागी हुन नपाउने गरी ल्याएको मापदण्ड अन्यायपूर्ण  छ र यो निर्णयले संक्रमितहरुमाथि दोहरो पीडा थोपर्ने अवस्थाको सृजना गराएको छ । अहिलेको समयमा जुनसुकै बेला जो कोही पनि कोरोना भाइरसबाट संक्रमित हुन सक्ने अवस्थामा ल्याइएको यो प्रावधानका कारण धेरै विद्...
बुटवलमा भएका छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

बुटवलमा भएका छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: रातोपाटी रुपन्देही । यहाँ छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बुटवलमा एक जनाको बेवारिसे शव फेला परेको छ भने एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । सियारी गाउँपालिका–१ नागथानका  ४० वर्षीय कृष्णबहादुर केसीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए । Advertisement नहरबाट मोटर लगाई पानी तानी आफ्नै बारीमा लगाउने क्रममा बिहान ११ः५० बजे  उहाँलाई करेन्ट लागेको थियो । यस्तै बुटवल उपमहानगरपालिका–३ गोलपार्कस्थित सिद्धार्थ राजमार्गको नालीमा बिहान बेवारिसे शव फेला परेको छ । अन्दाजी ३५ वर्षीय पुरुषको शव भेटी लुम्बिनी प्रादेशिक अस्पतालमा परीक्षणका राखिएको जनाइएको छ ।  ...
लुम्बिनी प्रदेशकी उपसभामुख थारुलाई कोरोना संक्रमण

लुम्बिनी प्रदेशकी उपसभामुख थारुलाई कोरोना संक्रमण

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: रातोपाटी बुटवल । लुम्बिनी प्रदेशका उपसभामुख कृष्णी थारुलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । उपसभामुख थारुले मंगलबार सामाजिक सञ्जालमार्फत आफूमा कोरोना संक्रमण भएको पुष्टि गरेकी हुन् । Advertisement थारुले आफूलाई कोरोना संक्रमण देखिएकाले सम्पर्कमा आएकाहरुलाई सतर्क रहन समेत सामाजिक सञ्जाल मार्फत आग्रह गरेकी छन् ।  यसअघि सभामुख पूर्णबहादुर घर्तीलाई कोरोना संक्रमण देखिएको थियो । यस्तै प्रदेशसभा लेखा सभापति डिल्लीबहादुर चौधरीलाई पनि कोरोना संक्रमण भएको छ । ...