२०८२ माघ १८

Author: Raunak

कोरोनाबाट बाँकेमा थप एकको मृत्यु

कोरोनाबाट बाँकेमा थप एकको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: रातोपाटी बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ ।   रुकुमको चौरजहारी नगरपालिका वडा नं १४ निवासी ३३ वर्षीय पुरुषको उपचारकै क्रममा आज बिहान ५ बजे मृत्यु भएको हो । स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठका  स्वास्थ्यमा समस्या देखिएपछि असोज यही २१ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएपछि पिसिआर परीक्षण गर्दा असोज २२ गते कोरोना सङ्क्रमण देखिएको थियो ।  Advertisement शिक्षण अस्पतालको कोरोना आइसोलेसन वार्डमा भर्ना गरेर रोगको प्रकृतिअनुसार सबै प्रकारका आवश्यक उपचार गरिए पनि स्वास्थ्यावस्थामा सुधार नआई उपचारकै क्रममा बिरामीको मृत्यु भएको स्रोत व्यक्ति श्रेष्ठले बताए ।   आफन्तजन र अस्पतालसँगको समन्वयमा शव व्यवस्थापनको प्रक्रिया चलिरहेको प्रमुख जिल्ला अधिकारी राम...
बावुरामलाई प्रधानमन्त्रीको जवाफ: ‘अर्बौ बाँडेर खाने हर्कत हामी गर्न सक्दैनौ’

बावुरामलाई प्रधानमन्त्रीको जवाफ: ‘अर्बौ बाँडेर खाने हर्कत हामी गर्न सक्दैनौ’

देश, राजनीति, समाचार
साभार: रातोपाटी काठमाडौं –  ‘बुढी गण्डकी आयोजनामा अर्बौ भ्रष्टाचार भएको’ भन्ने डा। बावुराम भट्टराइको अभिब्यक्तिलाई प्रधानमन्त्री केपी शर्मा ओलीले खण्डन गरेका छन् ।  ६५ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भने–‘हामि त्यस्तो गैह्रम्मिेजार र अनैतिक हुन सक्दैनौ, त्यस्ता हर्कत हामी गर्न सक्दैनौ। ।’ डा. भट्टराईले केही दिनअघि प्रधानमन्त्री ओली र प्रचण्ड सहितका ठुला नेताले बुढीगण्डकी आयोजनाको अर्बौ रकम बाँडेर भ्रष्टाचार गरेको आरोप लगाएका थिए ।  Advertisement आफ्नो सरकारले भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको निति लिएको दावी गर्दै ओलिले भट्टराईप्रति संकेत गर्दै भने–‘केहीले गैह्रजिम्मेवार तरिकाले बोलेर हिँडेको सुनेँ, कार्यारम्भ नै नभएको कसले कसरी काम गर्छ भन्ने टुंगो नभएको आयोजनामा बाँडेर...
एक वर्ष नपुग्दै कालोपत्रे उप्कियो, सडक भासियो

एक वर्ष नपुग्दै कालोपत्रे उप्कियो, सडक भासियो

देश, समाचार
साभार: रातोपाटी कालोपत्रे सम्पन्न गरेर हस्तान्तरण भएको एक वर्षमै सडक भासिएको छ । डडेल्धुरा सदरमुकामबाट दुई जिल्ला जोड्ने उग्रतारा–मेलौली सडकको केही भाग भासिएको हो ।  गत आर्थिक वर्षमा सम्पन्न भएको यो सडक अजयमेरु गाउँपालिका–१ पुईलेक बजारको भाग भासिनुका साथै कालोपत्रे उप्किएको छ । सडक निर्माण थालिएको झण्डै तीन दशक पछि केही खण्ड कालोपत्रे गरिएको थियो । यो सडक डडेल्धुराको उग्रताराबाट बैतडीको मेलौली जोड्ने गरी निर्माण भएको छ ।  सडक कालोपत्रेको पहिलो चरणमा आठ किलोमिटर कालोपत्रे सम्पन्न भएको थियो । यस सडकखण्डमा कालोपत्रे गर्दा लगाईएका प्रायः पर्खाल पनि भत्किएका छन् । Advertisement आर्थिक वर्ष २०७४ र ७५ मा पहिलो पटक आठ किलोमिटर सडक कालोपत्रे गर्न  सडक डिभिजन कार्यालयले रु १२ करोड बजेट विनियोजन गरेको थियो । अमरगढी नगरपालिका–७ रातागौनबाट अजय...
छोरीको मिल्ने साथीको बलात्कारपछि घाँटी थिचेर हत्या, उखुबारीमा शव फेला

छोरीको मिल्ने साथीको बलात्कारपछि घाँटी थिचेर हत्या, उखुबारीमा शव फेला

देश, समाचार, सामाजिक
साभार: रातोपाटी काठमाडौँ । रौतहटको वृन्दावन नगरपालिका–४ स्थित मामाघर बस्दै आएकी १४ वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा हर्दिया पल्टुवा बस्ने ४५ वर्षीय चुनु साह तेली छन् । तेलीले असोज १६ गते आफ्नै छोरीकी मिल्ने साथीलाई बलात्कारपछि हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनलाई बिहीबार जिल्ला प्रहरी कार्यालय रौतहट र २ नम्बर प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले गरुडा नगरपालिका–४ बाट पक्राउ गरेको हो ।  २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख धीरजप्रताप सिंहका अनुसार तेलीले १६ असोजमा घाँस काट्न गएकी बालिकालाई ललाईफकाई उखु खेतमा लगेर बलात्कारपछि हत्या गरेको प्रहरीसमक्ष स्वीकारेका छन् ।  बालिकाले अरूलाई भन्ने र अन्यले थाहा पाउने डरले हातले घाँटी थिची हत्या गरेर तेली फरार भएका थिए । सिंहकाअनुसार बलात्कारपछि बालिका बेहोस भएक...
यातायात कम्पनीको रुट परमिट खारेज

यातायात कम्पनीको रुट परमिट खारेज

देश, समाचार, सामाजिक
साभार: रातोपाटी काठमाडौँ । गैरनाफामुलक कम्पनीको रुपमा दर्ता भएका यातायात कम्पनीको रुट परमिट खारेज गर्ने निर्णय भएको छ । गैरनाफामुलक कम्पनीको रुपमा दर्ता भएका यातायात कम्पनीको रुट परमिट खारेज गरिने भएको हो ।  विहीबार गृहमन्त्रालयमा बसेको गृहमन्त्री रामबहादुर थापा ‘बादल’, भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङसहित दुई मन्त्रालयका पदाधिकारीसहितको बैठक सो निर्णय गरेको हो ।  Advertisement केही यातायात कम्पनीले पुरानै यातायात समितिको सिण्डिकेटलाई निरन्तरता दिनेगरी गैरनाफामुलक कम्पनी र एकल स्वामित्वमा रहनेगरी यातायात कम्पनी खोलेको गुनासोपछि त्यस्ता कम्पनीको रुट परमिट खारेज गर्ने निर्णय भएको हो ।  बैठकले सिण्डिकेट खारेजी यसअघिको गृहमन्त्रालयको निर्णय कार्यान्वयनको अनुगमन बढाउने निर्णय गरेको छ । ...
राप्रपा अध्यक्ष कमल थापालाई कोरोना संक्रमण

राप्रपा अध्यक्ष कमल थापालाई कोरोना संक्रमण

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी -राप्रपा)का अध्यक्ष कमल थापालाई कोरोना संक्रमण पुष्टि भएको छ। अध्यक्ष थापाले बुधबार सामान्य टाउको दुखेका कारण कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ देखिएको विहीबार ट्वीटरमार्फत् जानकारी दिएका हुन्।  अध्यक्ष थापाले आफूसँग केही दिनयता सम्पर्कमा आएका सबैलाई सुरक्षित र सतर्क रहन अनुरोध पनि गरेका छन्। थापाले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको पनि जानकारी दिए । Advertisement ...
२४ घण्टामा काठमाडौं उपत्यकामा १९३५ संक्रमित थपिए

२४ घण्टामा काठमाडौं उपत्यकामा १९३५ संक्रमित थपिए

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: रातोपाटी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १९३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १६९२, ललितपुरमा १०८ र भक्तपुरमा १३४ गरी १९३५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । Advertisement  गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर भने ३७४९ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या १ लाख २१ हजार ७४५ पुगेको गौतमले बताए । ...
सेयर बजारले अर्थमन्त्री पौडेललाई स्वागत गर्न सकेन

सेयर बजारले अर्थमन्त्री पौडेललाई स्वागत गर्न सकेन

अर्थतन्त्र, देश, शेयर बजार, समाचार
साभार: रातोपाटी अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएको दिन सेयर बजारमा खासै चमक देखिएन । सामान्यतया अर्थमन्त्रीको नियुक्ति र बर्हिगमनमा बजार कि त ज्यादा चम्कने कित ज्यादा घट्ने गरेकोमा पौडेलको आगमनलाई सेयर बजारले खुलेर स्वागत गर्न नसकेको आजको कारोबारबाट देखिन्छ ।  बजार खुलेको केही समय नेप्से आकर्षक ढंगले चम्किएको भए पनि विस्तारैे गति सुस्त हुदै गयोे । नेप्से सूचक बिहीबार १.२९ अंकले बढेर १५६२.४६ विन्दुमा अडिएको छ ।  Advertisement १ सय ९६ कम्पनीको १ अर्ब ४२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ४९ लाख ९४ हजार कित्ताभन्दा बढी सेयर कारोबार भएको छ । खरिदबिक्री भएकामध्ये ५ वटा समूह बढेका छन् भने बाँकी समुहको सुचक ओरालो लागेको छ ।  वाणिज्य बैंक समूहको सूचक १.९ अंकले वृद्धि भएको छ । नेपाल फाइनान्स र जनरल इन्सुरेन्सको सेयर भाउ १० प्रतिशतले बढेको ...
कोशी अस्पतालमा दुई सङ्क्रमितको मृत्यु

कोशी अस्पतालमा दुई सङ्क्रमितको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: रातोपाटी कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरमा उपचाररत दुई जना सङ्क्रमितको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–५ निवासी ५० वर्षीय पुरुषको आज बिहान मृत्यु भएको केन्द्रका प्रमुख व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो । उनमा यही असोज २१ गते कोरोना पोजेटिभ देखिएकोमा श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि सोही दिन केन्द्रमा भर्ना गरिएको थियो । मृतक उच्चरक्तचाप, मधुमेह र पिसाबसम्बन्धी रोगी रहेका थिए । Advertisement यसैगरी सुनसरी धरान–१५ घर भएका ६६ वर्षीय पुरुषको केन्द्रमा बुधबार राति मृत्यु भएको केन्द्रका व्यवस्थापक बस्नेतले जानकारी दिए । मृतकलाई यही असोज २६ गते कोरोना पोजेटिभ देखिएकोमा श्वासप्रश्वासको समस्या भएपछी बुधबार उपचारका लागि  केन्द्रमा भर्ना गरिएको थियो । मृतक मधुमेह, उच्च रक्तचाप र कोल्स्ट्रोलको दीर्घ रोगी  ...
मेचीनगर प्रमुखलाई कोरोना सङ्क्रमण

मेचीनगर प्रमुखलाई कोरोना सङ्क्रमण

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । कनकाईमा रहेको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्टबाट बुधबार उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको नगरपालिकाका सामाजिक शिक्षा विकास समितिका संयोजक नवीन बरालले बताए । Advertisement उनको घरकै आइसोलेसनमा बस्नु भएको छ । यस अघि झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई समेत कोरोना सङ्क्रमण भएको थियो । यसैबीच, राष्ट्रिय समाचार समितिका सञ्चालक समिति सदस्य दयाराम दाहाल कोभिड–१९ को सङ्क्रमणबाट मुक्त हुनुभएको छ । असोज १६ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको कोभिड उपचार केन्द्रमा उपचारका लागि भर्ना भएका थिए। ...