२०८२ माघ १८

Author: Raunak

उपाध्यक्ष गौतमका सवारी चालक र सुरक्षाकर्मीमा कोरोना

उपाध्यक्ष गौतमका सवारी चालक र सुरक्षाकर्मीमा कोरोना

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौं । नेकपाका उपाध्यक्ष बामदेव गौतमका सवारी चालक र सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ । गौतमको सचिवालयले शनिबार सवारी चालक र सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको जानकारी दिएको छ ।  Advertisement तर उपाध्यक्ष गौतमसहित परिवार र सचिवालयको सदस्यमा कुनै समस्या नरहेको विश्वमणि सुवेदीले सामाजिक सञ्चालमार्फत जनाकारी दिए । योसँगै उपाध्यक्ष गौतमले सम्पूर्ण भेटघाट बन्द रहेको सुवेदीको भनाइ छ । साभार: रातोपाटी ...
होम आइसोलेशनमै पुरुष को मृत्यु

होम आइसोलेशनमै पुरुष को मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
१ कात्तिक, भक्तपुर । करोना सङ्क्रमणपछि होम आइसोलेसनमा बसेका भक्तपुरका एक संक्रमितको होम आइशोलेसनमै ज्यान गएको छ । दम तथा निमोनियाका बिरामी भक्तपुर नगरपालिका–७ इनाचोका ६९ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण शनिबार मृत्यु भएको स्वास्थ्य कार्यालय, भक्तपुरले जनाएको छ । Advertisement असोज २८ डा. इवामुरा मेमोरियल अस्पताल सल्लाघारीमा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि उनी होम आइसोलेसनमा बसेका थिए । मृत्युपछि स्थानीय जनप्रतिनिधि, प्रहरीको रोहवरमा मृतकको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गरेको भक्तपुर नगरपालिका–८ का वडाध्यक्ष उकेश कवांले जानकारी दिए । साभार: रातोपाटी ...
कर्मचारी बोक्न सवारी चालक भर्ना नगर्नु-सतर्कता केन्द्र

कर्मचारी बोक्न सवारी चालक भर्ना नगर्नु-सतर्कता केन्द्र

देश, राजनीति, समाचार, सामाजिक
३० असोज, काठमाडौं । भ्रष्टाचार नियन्त्रण सम्बन्धी प्रबर्द्धनात्मक तथा निरोधात्मक कार्यका लागि स्थापित राष्ट्रिय सतर्कता केन्द्रले कर्मचारी ओसारपसारका लागि हलुका सवारी चालक भर्ना नगर्न सुझाएको छ । केन्द्रले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको आफ्नो १८ औं वाषिर्क प्रतिवेदनमा यस्तो सुझाव दिएको हो । शाखा अधिकृत भन्दामाथिका सबै कर्मचारीलाई तालिमको व्यवस्था गर्नुपर्ने र नयाँ भर्ना हुन हलुका सवारी चालक अनुमतिपत्र अनिवार्य गर्दा आर्थिक मितव्ययिता कायम गर्न सहज हुने केन्द्रका सचिव डा. ऋषिराम शर्मा बताउँछन् । यो व्यवस्था तीनै तहका सरकारमा लागु गर्नुपर्नेमा शर्माको जोड छ । गत आर्थिक वर्षमा कुल एक हजार १७५ उजुरीमध्ये ७८१ वटा उजुरी फछ्र्योट भएका थिए । जसमध्ये १६४ वटा उजुरी कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखी पठाइएको छ । Advertisement ...
खैरहनी नगरपालिका वडा सदस्य को कोरोना का कारण निधन

खैरहनी नगरपालिका वडा सदस्य को कोरोना का कारण निधन

देश, समाचार, सामाजिक, स्वास्थ्य
खैरहनी नगरपालिका वडा नम्बर १२ का वडा सदस्य ४९ वर्षीय बद्रीवहादुर पाण्डेको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उनी क्यान्सर रोगबाटसमेत पीडित थिए । भरतपुर अस्पतालमा उपचारका क्रममा पाण्डेको गएराति मृत्यु भएको हो ।अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उनमा असोज २८ गते सङ्क्रमण  पुष्टि भएको थियो । आईसोलेसनमा रहेकोमा उनलाई असोज ३० गते अस्पताल भर्ना गरिएको थियो ।  खोकी र श्वासप्रश्वासमा समस्या रहेको उनको क्यान्सरको तेस्रो केमो चलिरहेको अवस्थामा मृत्यु भएको हो ।   Advertisement अस्पतालको कोभिड सघन उपचार कक्षमा  भेन्टिलेटरमा राखी उनको उपचार भईरहेको थियो । उनी नेपाली काङ्ग्रेसबाट गएको स्थानीय तहको निर्वाचनमा विजयी भएका थिए । नेपाली काँग्रेस चितवनका जिल्ला सभापति जीतनारायण श्रेष्ठले पाण्डेको निधनमा गहिरो दुःख प्रकट गरेका छन् ।  ...
दुई संक्रमित को मृत्यु ; बिपी विज्ञान प्रतिष्ठान हुँदै थियो उपचार

दुई संक्रमित को मृत्यु ; बिपी विज्ञान प्रतिष्ठान हुँदै थियो उपचार

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौँ – धरानको बीपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।  शनिबार प्रतिष्ठानले एक विज्ञप्ति जारी गर्दै ५६ र ६५ वर्षीय दुई पुरुषको मृत्यु भएको जानकारी दिएको हो ।  Advertisement मृत्यु हुनेमा शिवगडी–११ झापाका ५६ वर्षीय पुरुष र धरान–१५ सुनसरीका ६५ वर्षीय पुरुष रहेका छन् ।  मृत्यु हुने दुवै पुरुष दीर्घ रोगी भएको बीपी कोइराला विज्ञान प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।  अस्पतालले नियामानुसार शवको व्यवस्थापन हुने जानकारी दिएको छ ।  साभार: रातोपाटी ...
अफगानिस्तानमा शक्तिशाली भूकम्पको झड्का

अफगानिस्तानमा शक्तिशाली भूकम्पको झड्का

विदेश / एन.आर.एन, समाचार, सामाजिक
साभार: रातोपाटी एजेन्सी । अफगानिस्तानमा शक्तिशाली भूकम्पको झड्का महसुस गरिएको छ । शुक्रबार ३ बजेर ४० मिनेटमा गएको भूकम्प ५.२ रेक्टर स्केल रहेको त्यहाँको नेशनल सेन्टर फर सिस्मोलोजीले (एनसीएस) ले जानकारी दिएको छ । Advertisement भूकम्पले के कति क्षति भयो भन्ने बारे केही जानकारी आइसकेको छैन् । भूकम्पको केन्द्र अफगानिस्तानको हिन्दुकुश क्षेत्र रहेको जनाइएको छ । ५.२ रेक्टर स्केलमाथिका भूकम्पका झड्का निकै शक्तिशाली हुने मानिन्छ ।   ...
कार्तिक २ बाट सैनिक पृतनापति सम्मेलन हुने

कार्तिक २ बाट सैनिक पृतनापति सम्मेलन हुने

देश, राजनीति, समाचार
साभार: रातोपाटी काठमाडौं । नेपाली सेनाले कार्तिक २ बाट सैनिक पृतनापतिहरुको सम्मेलन गर्ने भएको छ ।  कोभिड–१९ का कारण यसअघि स्थगित पृतनापति समन्वयात्मक बैठक कार्तिक २ देखी ४ गतेसम्म आयोजना गरिएको सैनिक प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले रातोपाटीलाई बताए ।   Advertisement जंगी अड्डामा रहेका सैनिक जर्नेल स्वास्थ्य मापदण्ड पुरा गरेर सहभागी हुनेछन् । उपत्यका बाहिर रहेका पृतनापतिहरु भर्चुअल रुपमा सहभागी हुनेछन् ।  पृतनापति सम्मलनबाट सेनाले आन्तरिक र बाह्य सुरक्षा विष्लेषण गरेर नयाँ रणनिती तय गर्ने गरेको छ । ...
गाउँपालिका अध्यक्ष बिष्टमाथि कुटपिट गर्नेलाई कारवाही गर्न काँग्रेसको माग

गाउँपालिका अध्यक्ष बिष्टमाथि कुटपिट गर्नेलाई कारवाही गर्न काँग्रेसको माग

देश, राजनीति, समाचार
साभार: रातोपाटी काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले बैतडीको सुर्नया गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्टमाथि कुटपिट गर्नेलाई कडा कारवाही गर्न माग गरेको छ।  काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा शुक्रबार जारी विज्ञप्तिमा घटनामा संलग्न व्यक्तिहरूको तत्काल खोजी गरी कडाभन्दा कडा कानुनी कारवाही गर्न सरकारसँग माग गरिएको छ । गाउँपालिका केन्द्रको विषयमा भएको विवादमा अध्यक्ष बिष्टमाथि बुधबार ढुंगा प्रहार भएको थियो। नेपाली काँग्रेस बैतडीका सचिव एवं सुर्नया गाउँपालिकाका अध्यक्ष विष्टलाई निर्घात रुपले कुटपिट गरी गम्भीर घाइते बनाएको दुई दिन बितिसक्दा कुटपिटमा संलग्नलाई राज्यले कुनै पनि कारबाही नगर्नुलाईकाँग्रेसले अत्यन्तै दुःखद घटनाका रुपमा लिएको पौडेलले बताए ।  Advertisement गाउँपालिकामा लगाएको ताला खोल्न गएका बेला अध्यक्ष बिष्टमाथि ढुंगा ...
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर निजी सरह बनाउनुपर्छः प्रमुख शाक्य

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर निजी सरह बनाउनुपर्छः प्रमुख शाक्य

देश, शिक्षा, समाचार
साभार: रातोपाटी काठमाडौं । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर निजी विद्यालयसँग समान बनाउने हो भने गुणस्तरीय शिक्षा खोज्दै अभिभावक चर्को शुल्क तिर्नुपर्ने ठाउँमा जानुपर्ने वाध्यताको स्वतः अन्त्य हुने बताएका छन् । शिवपुरी माध्यमिक विद्यालयको ७२औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रमुख शाक्यले विद्यालय शिक्षाको जिम्मा स्थानीय तहमा आएपछि विद्यालय सुधारका केही प्रयास शुरु गरिएको पनि बताए । Advertisement आजै प्रमुख शाक्यले विद्यालयमा स्थापना गरिएको सूचना प्रविधि प्रयोगशालाको उद्घााटन गरे । दूरसञ्चार प्राधिकरणको सहयोगमा २४ वटा कम्प्युटरसहितको प्रयोगशाला स्थापना गरिएको हो । समारोहमा विद्यालयका प्रधानाध्यापक दिवाकर दूरदर्शीले भने, “विद्यालयको सूचना प्रविधि प्रयोगशालालाई नमूना र सिकाइ प्रयो...
कोषले १२ अर्ब ५६ करोड मुद्दती निक्षेपमा राख्ने

कोषले १२ अर्ब ५६ करोड मुद्दती निक्षेपमा राख्ने

अर्थतन्त्र, शेयर बजार
साभार: रातोपाटी काठमाडौं । नागरिक लगानी कोषले रु १२ अर्ब ५६ करोड ३ लाख बराबरको रकम मुद्दती निक्षेपमा राख्ने भएको छ । कोषले आज एक सूचनामार्फत उक्त रकम मुद्दती निक्षेपमा राख्न लागेको जनाएको हो । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गका वाणिज्य बैंकमा एकदेखि दुई वर्षसम्म मुद्दती निक्षेपमा राख्न लागिएको कोषले जनाएको छ ।  कोषले आफूले लिन चाहेको रकम, ब्याजदर तथा ब्याज भुक्तानी गर्ने समयावधि उल्लेख गरी शिलबन्दी प्रस्ताव बुझाउन आग्रह गरेको छ । Advertisement कोषले आगामी कात्तिक २ गतेभित्र प्रस्ताव बुझाउन भनेको छ । कोषमा रकम जम्मा गरेका तथा विभिन्न क्षेत्रमा गरेको लगानीको प्रतिफलबाट प्राप्त गरेको रकम मुद्दती निक्षेपमा राख्दै आएको छ । ...