२०८३ कार्तिक १२

अनुचित कारोबार गर्ने ११ फर्मलाई १ लाख २५ हजार जरिवाना

काठमाडौं । दैनिक बजार अनुगमनका क्रममा अनुचित कारोबार गर्ने ११ फर्म कारबाहीमा परेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक बजार अनुगमनका क्रममा शुक्रबार काठमाडौंसहित भक्तपुर र ललितपुरका गरी ११ फर्मलाई कारबाही गरेको हो ।

अनुचित कारोबारमा संलग्न उक्तफर्महरुबाट विभागले कुल १ लाख २५ हजार रुपैयाँ जरिवाना असुल गरेको छ ।

काठमाडौं महानगरपालिका १६ को प्रकाश मिनी स्टोर, प्रतिमा मिनी स्टोर र बडिमालिका खाद्य भण्डार विभागको कारबाहीमा परेका छन् । विभागले उक्त दुई मिनी स्टोरलाई समान ५/५ हजार र बडिमालिका खाद्य भण्डारलाई अधिकतम ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।

बजार अनुगमनका क्रममा सो फर्मले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा २०(२) को कार्य गरेकोले सोही ऐनको दफा ३५(ट)को कसुरमा दफा ३९ (१) (घ) बमोजिम ऐेन विपरित कारोबार गरेकाले रु ५०,००० जरिवाना गरिएको विभागले जनाएको छ ।


Advertisement


त्यस्तै, अनुचित कारोबारमा संलग्न ललितपुर महानगरपालिका १४ को श्री पुल्चोक कोल्ड स्टोर, लमनपा १२ को राजलक्ष्मी स्टोर र एम वि एस स्टोरलाई समेत विभागले समान ५/५ हजार जरिवाना गरेको छ ।

त्यस्तै भक्तपुर मध्यपुर–४ को धनुषा एण्ड धनुषा मिठाई भण्डारलाई रु. १०,०००, मध्यपुर–१४ तिंकु जनरल स्टोरलाई रु.२०,००० र मध्यपुर–१३ शंखघर मिठाई पसल, पदम सु सेन्टर वेस्ट क्वालिटी फलफूल पसललाई समान ५/५ हजार रुपैयाँ जरिवाना गरेको छ ।

यी बाहेक बजार अनुगमनका क्रममा भेटिएका गुणस्तरहिन तथा म्याद गुज्रिएका वस्तु विक्रिवितरण गर्ने ९ फर्महरुबाट कुल ११ हजार ३ सय २५ रुपैयाँ बराबरका अखाद्य वस्तु समेत नस्ट गरिएको विभागले जनाएको छ ।

साभार: रातोपाटी


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap