२०८३ कार्तिक १२

भालू आतंक : गोठमा पसेर १२ भेडा मर्यो

कनकासुन्दरी गाउँपालिका–२  बिताको लेखमा भालुले  बाह्र भेडा मारेको छ । त्यसबाट एकै रातमा रु एक लाख ५० हजारको क्षति भएको छ । 

गत कात्तिक  २९ गते राति १० बजे गोठमा पसेर भालुले भेडा मारेको भेडाधनी रतिमान रावतले बताए ।


Advertisement


लामो समयसम्म भेडा पाल्दै आएका उनले तिहारकै बेला यस्तो दशा आइलागेको गुनासो गरे । वर्षौँ दिनको मेहनत एकै दिनमा जाँदा  रतिमानको परिवारमा दुःख छाएको छ ।   

रारा राष्ट्रिय निकुञ्जले गर्दा भेडा पाल्नेलाई धेरै घाटा भएको उनी बताउँछन् । निकुञ्जबाट निस्केर भालुले धेरै भेडा मारेको खबर  पाउँदा पनि गाउँपालिका भने बेखबर भएको आरोप पनि उनले लगाए । 

साभार: रातोपाटी


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap