२०८३ बैशाख २२

Author: Raunak

सामाजिक सुरक्षा योजनामा फेर-बदलको माग

सामाजिक सुरक्षा योजनामा फेर-बदलको माग

देश, राजनीति, समाचार
काठमाडौं । तीनवटा ट्रेड युनियनहरुले अनौपचारिक र स्वरोजगार क्षेत्रलाई समेट्नेगरी सामाजिक सुरक्षा योजना कार्यविधि परिमार्जन गर्न माग गरेका छन् ।  सामाजिक सुरक्षा दिवसको अवशर पारेर नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन कांग्रेस र अखिल नेपाल ट्रेड युनियन महासंघले सामाजिक सुरक्षा योजना कार्यविधि परिमार्जन गर्न मा गरेका हुन् ।  Advertisement रोजगारीको सुरक्षाका लागि सामाजिक सुरक्षा कार्यविधिले नसमेटेको बेरोजगारबीमा योजनालाई तत्काल सुरु गर्न समेत ट्रड युनियनहरुले माग गरेका छन् । योगदानकर्ताको आश्रित परिवारलाई समेट्ने गरी स्वास्थ्य तथा उपचार सुविधामा परिमार्ज पनि माग गरिएको नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठले बताए । अवकाशपछिको स्वास्थ्य सुरक्षा समेत समेट्ने गरी कार्यक्रम विस्तार गर्न पनि माग गरिएको उनले बताए । सामाजिक सुरक्षा...
कप्तान ज्ञानेन्द्र मल्लसहित तीन क्रिकेट खेलाडीमा कोरोना संक्रमण

कप्तान ज्ञानेन्द्र मल्लसहित तीन क्रिकेट खेलाडीमा कोरोना संक्रमण

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित तीन क्रिकेट खेलाडीमा कोरोना भाइरस पुष्टि भएको छ । कप्तान मल्लसहित उपकप्तान दिपेन्द्र सिंह ऐरी र रोहित पौडेल लाई कोरोना संक्रमण देखिएको हो।  कप्तान मल्लले आफूलाई संक्रमण देखिएको पुष्टि जानकारी दिँदै अहिले होम क्वारेन्टिनमा रहेको बताए । Advertisement मंगलबार टीयू क्रिकेट मैदानमा १६ खेलाडी, प्रशिक्षक जगत टमटा, फिटनेस ट्रेनर आशय हत्कर र फिजियो तथा कार्यबाहक व्यवस्थापक विक्रम न्यौपाने तथा १३ जना मैदानका स्टाफको पिसिआर परिक्षण गरेको थियो । सुवास खकुरेल, सन्दीप लामिछाने, शरद भेषावकर, वसन्त रेग्मी र करण केसीको कोरोना परीक्षण गरिएको थिएन । उनीहरु बन्द परीक्षणमा लागि आइनसकिएको जनाइएको छ । बन्द परीक्षणमा रहन कोरोना परीक्षण गराएका अरु सबै खेलाडीको कोरोना नेगेटिभ देखिएको छ। साभार...
नेकपा विभाजन हुने अवस्थामा पुग्दैन : मन्त्री हृदयेश त्रिपाठी

नेकपा विभाजन हुने अवस्थामा पुग्दैन : मन्त्री हृदयेश त्रिपाठी

देश, राजनीति, समाचार
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजन नहुने बताएका छन् ।  Advertisement स्वतन्त्र राजनीतिक समूह नवलपरासी(बर्दघाटसुस्ता पश्चिम)ले आज परासीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा रहनुभएका मन्त्री त्रिपाठीले नेकपा विभाजन हुँदा देशको समग्र प्रणाली र संविधान नै ध्वस्त हुने खतरा रहेकाले विभाजनको अवस्थामा नपुग्ने विश्वास व्यक्त गरे । आयोजक समूहका संयोजक त्रिपाठीले भने, ‘अहिलेको आवश्यकता भनेको वैचारिक÷राजनीतिक बहस हो, वैचारिक बहस भएमा मुलुक सही दिशातर्फ अग्रसर हुन्छ ।’  अर्को प्रसङ्गमा मन्त्री त्रिपाठीले राजनीतिक सहमति जुटेपछि संसद्को आगामी अधिवेशन बोलाइने जानकारी दिए । साभार: रातोपाटी ...
नेकपामा बेकारको दोहोरी बढी भएको हो, फुट्ने वाला छैन : पूर्वमन्त्री बाँस्कोटा

नेकपामा बेकारको दोहोरी बढी भएको हो, फुट्ने वाला छैन : पूर्वमन्त्री बाँस्कोटा

देश, राजनीति, समाचार
पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्रमा कुनै पनि पार्टी फुट्न नहुने बताएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित ‘बाँसगेडी माझी बगर’ चक्लाबन्दी तथा सामूहिक खेती उद्घाटन कार्यक्रममा मङ्गलबार उनले लोकतन्त्रमा कुनै पनि पार्टी फुट्न नहुने तर विकास निर्माणमा पार्टी–पार्टी र आन्तरिक प्रतिस्पर्धा भने हुनुपर्ने बताए ।  नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यसमेत रहेका बाँस्कोटाले नेकपामा होहल्ला मात्रै भएको भन्दै अन्तिममा केही नहुने बताए । नेकपालाई ठूलो घरको सङ्ज्ञा दिँदै उनले भन, “नेकपा ठूलो घर हो, अहिले कल्याङकुलुङ मात्रै बढी भएको हो, केही हुनेवाला छैन, कोही कसैलाई हल्ला गर्दा ‘केही झर्ला कि’ झैँ लागेर मुख मिठ्याउन पाइन्छ होला भन्ठानेर गर्या हल्ला हो यो, यसको कुनै औचित्य छैन, हल्ला गर्नेले दुई वर्षपछि मात्र...
बालिका मृत्यु प्रकरण : पुलिसको गोली लागि प्रदशनकारीको मृत्यु

बालिका मृत्यु प्रकरण : पुलिसको गोली लागि प्रदशनकारीको मृत्यु

देश, समाचार, सामाजिक
महोत्तरीको बर्दिवास फेरि आन्दोलित भएको छ । मङ्गलबार प्रहरीको गोली लागी घाइते भएका बर्दिवास–१ का बुद्धिराज न्यौपानेको उपचारका क्रममा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको खबरले यहाँ आज फेरि आन्दोलन चर्केको हो । सम्भावित अप्रिय घटनालाई रोक्न स्थानीय प्रशासनले बुधबार बिहान ९ बजेदेखि भोलि बिहानसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।  सञ्जय उपनामले चिनिने न्यौपाने हिजो मङ्गलबार बर्दिवासचोकमा प्रदर्शन गरिरहेकाहरुलाई तितरवितर पार्न प्रहरीले चलाएको गोली लागी घाइते भएका थिए । तत्काल हेलिकोप्टरबाट काठमाडाँै लगिएका न्यौपानेको मङ्गलबार राति मृत्यु भएपछि सो खबर फैलनासाथ आज बिहानैदेखि प्रदर्शनकारीले राजमार्ग, बजार र सबै व्यापारिक प्रतिष्ठान बन्द गर्दै प्रदर्शन जारी राखेका छन् । न्यौपानेको मृत्युको परिवारजन र प्रहरीबाट पनि पुष्टि भइसकेको छ । बर्दिवासका चोकचोकमा अहिले टायर बालेर प्रदर...
ट्रकले किचेर साहुको दर्दनाक मृत्यु : नागढुङ्गा

ट्रकले किचेर साहुको दर्दनाक मृत्यु : नागढुङ्गा

देश, समाचार, सामाजिक
काठमाडौँको नागढुङ्गामा ट्रकले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ट्रकका साहु रहेका छन् । चन्द्रागिरि नगरपालिका–२ पिपलबोट मोडस्थित सडकमा ना६ख ९७४८ नंको ट्रकले किचेर सोही ट्रकका साहु सुनसरीका ३४ वर्षीय योगेन्द्रबहादुर विष्टको मङ्गलबार मृत्यु भएको हो । Advertisement महानगरीय ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाका प्रमुख प्रहरी नायब निरीक्षक जेजङ्ग कार्कीले ट्रकभरि सामान लिएर आएको उक्त ट्रकलाई मोड नपुगेपछि साहु विष्ट ट्रकबाट झरेर मोड मिलाउन खोज्दा पछाडिको चक्काले किचेर घटनास्थलमै मृत्यु भएको जानकारी दिए। प्रहरीले ट्रकका चालक सुनसरीका ४२ वर्षीय गोविन्द माझीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । साभार: रातोपाटी ...
भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आएको भनाइ। प्रशासनको यस्तो विज्ञप्ति

भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आएको भनाइ। प्रशासनको यस्तो विज्ञप्ति

देश, समाचार
दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आएको भन्दै स्थानीय प्रशासनले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । प्रशासनले मन्दिरमा पूजापाठ भएको र सोको प्रसाद राष्ट्रपतिलाई बुधबार पठाइने समेत जनाएको छ ।   जिल्ला प्रशासन कार्यालय दोलखाले जारी गरेको विज्ञप्तिअनुसार मंगलबार दिउँसो १ बजेर ४५ मिनेटदेखि ३ बजेर ४५ मिनेटसम्म पटक पटकको समयमा मन्दिरको पसिना आएको उल्लेख गरिएको छ  । Advertisement शिलामा पसिना आएसँगै प्रचलित परम्पराअनुसार मन्दिरका पुजारी तथा गुठियारहरुले पूजापाठ गरेको प्रशासनको भनाइ छ । शिलाबाट पसिना आउँदा अनिष्ठ हुने जनविश्वास रहिआएको छ । साभार: रातोपाटी ...
१२ को परिक्षा कुशल रूपमा सञ्चालन भयो : गिरिराज मणि पोखरेल

१२ को परिक्षा कुशल रूपमा सञ्चालन भयो : गिरिराज मणि पोखरेल

देश, शिक्षा, समाचार
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले आजदेखि शुरु भएको कक्षा १२ को परीक्षा सन्तोषजनक र व्यवस्थित भएको बताएका छन् । कोभिड–१९ को जोखिमप्रति सजग हुँदै जनस्वास्थ्यका मापदण्ड पालना गरी ४० नम्बरका लागि लिइएको सो परीक्षाको अनुगमन गर्न आज त्रिपुरेश्वरस्थित विश्व निकेतन माविमा पुगेका मन्त्री पोखरेलले परीक्षाको चुस्त व्यवस्थापनबाट आफू सन्तुष्ट रहेको जनाएका हुन् । सो विद्यालयमा ६७७ विद्यार्थी सहभागी छन् । सम्बन्धित विद्यालयमा हाल परीक्षा दिन पायक नपर्ने परीक्षार्थीलाई पायक पर्ने अन्य परीक्षा केन्द्रबाट पनि परीक्षा दिन सकिने व्यवस्था गरिएको छ । परीक्षार्थीले हलमा जानुअघि साबुनपानीले हात धुने र स्यानिटाइजर लगाउने तथा हलमा सामाजिक दूरी कायमको प्रबन्ध गरिएको छ । कोभिड–१९ को सङ्क्रमण भएका परीक्षार्थीलाई पछि बेग्लै प्रबन्ध गरिने बोर्डले जनाएको छ । Advertis...
प्रधानमन्त्रीले कांग्रेससँग सत्ता “बाय्लेन्स” गरिरहनु जरुरी छैनः विष्णु पौडेल

प्रधानमन्त्रीले कांग्रेससँग सत्ता “बाय्लेन्स” गरिरहनु जरुरी छैनः विष्णु पौडेल

देश, राजनीति, समाचार
बुटवल । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले प्रधामनमन्त्री केपी शर्मा ओलीसँग अलरेडी बहुमत रहेकोले प्रतिपक्षसँग सत्ता समीकरण गर्न आवश्यक नरहेको बताएका छन् । प्रेस संगठन रुपन्देहीले आज साँझ बुटवलमा गरेको पत्रकार भेटघाटमा नेता पौडेलले सो कुरा बताएका हुन् । प्रधानमन्त्रीले काँग्रेस सभापति शेरबहादुर देउवासँग सत्ता समीकरणका विषयमा छलफल नगरी संवैधानिक नियुक्ति र  कोराना नियन्त्रणको विषयमा छलफल गर्नुभएको उनले स्पष्ट पारे । प्रधानमन्त्री ओलीसँग सुविधाजनक बहुमत भएकाले प्रमुख विपक्षी दलसँग सत्ता समीकरणबारे कुरा गर्नुपर्ने आवश्यकता नै नभएको दाबी गर्दै प्रतिपक्ष दलका नेता र प्रधानमन्त्रीबीच छलफल गर्ने बिषय संवैधानिक व्यवस्था नै भएको उनले बताए । Advertisement पार्टीभित्र मर्यादाभन्दा बाहिर गएर अभिव्यक्ति दिने र लेख्ने काम समेत भ...
निको हुने दर ९१ प्रतिशत भएपनि २४ घण्टामा १७९० संक्रमित

निको हुने दर ९१ प्रतिशत भएपनि २४ घण्टामा १७९० संक्रमित

देश, समाचार, सामाजिक, स्वास्थ्य
देशभर पछिल्लो २४ घण्टामा थप १७९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये महिला ७२१ र पुरुष १०६९ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका संक्रमितमा प्रदेश १ मा २४९, प्रदेश २ मा ३७, बागमती प्रदेशमा १०७८, गण्डकी प्रदेशमा १४८, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा ७६ जना रहेका छन् ।  यस्तै काठमाडौं उपत्यकामा ९४७ संक्रमित थपिएका छन् । संक्रमितमा महिला ४१० र पुरुष ५३७ जना रहेका छन् । Advertisement यस्तै पछिल्लो २४ घण्टामा २७९१ जना संक्रमणमुक्त हुँदा २४ जनाको ज्यान समेत गएको छ ।  यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख २४ हजार ७८ पुगेको छ भने निको हुनेको संख्या २ लाख ४ हजार ८५८ पुगेको छ ।  यससँगै अब देशभर सक्रिय संक्रमित १७ हजार ८५९ रहेका छन् भने निको हुने दर ९१ प्रतिशत रहेको छ ।  यस्तै दे...