२०८३ बैशाख २२

Author: Raunak

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु : देउखुरी

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु : देउखुरी

देश, समाचार
देउखुरी । मोटरसाइकलको ठक्करबाट देउखुरीमा आज बिहान एकको मृत्यु भएको छ । लमही नगरपालिका–७ कप्तानगञ्जका ५२ वर्षीय पुरण बाँठामगरको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।  Advertisement बिहीबार बेलुका पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा३प ७५६० नंको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेका साइकलयात्री बाँठामगरलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । मोटरसाइकल चालक लमही नगरपालिका–८ धनपुरुवा निवासी २२ वर्षीया लीला चौधरी पनि घाइते भएको र अहिले बुटवलमा उपचार भइरहेको प्रहरी निरीक्षक खिमबहादुर घर्तीमगरले जानकारी दिए । साभार: रातोपाटी ...
जनस्तरबाटै शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गरिने

जनस्तरबाटै शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गरिने

देश, शिक्षा, समाचार
शिक्षा क्षेत्रमा सुधारका लागि सरकारद्वारा गठित आयोगले प्रतिवेदन बुझाएको झन्डै २ वर्ष बितिसकेको छ तर अझैसम्म सरकारले त्यसलाई सार्वजनिक गरेको छैन । सरोकारहरुवालाहरुको भगीरथ प्रयत्नका बाबजूद त्यसलाई सार्वजनिक गर्ने र लागू गर्ने सवालमा सरकार चरम उदासीन देखिएको छ । यो स्थितिमा सो पूर्व आयोगमा रहेका १३ जना सदस्यहरु आफैँले अहिले सो प्रतिवेदन सार्वजनिक गर्दैछन् । देशकै पहिलो सार्वजनिक विद्यालय दरवार हाइस्कूल, काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी आज दिनको ११ बजेबाट ‘उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन– २०७५’ सार्वजनिक गर्ने काम भइरहेको छ । Advertisement आयोगका एक पूर्व सदस्यले रातोपाटीसँग कुरा गर्दै सरकारले शिक्षा माफियाहरुको प्रभावमा परेर सो प्रतिवेदनलाई लुकाएको आरोप लगाएका छन् । पूर्व माओवादीका तर्फबाट शिक्षामन्त्री बनेको गिरिराजमणि पोखरेलेको...
मापसे गरेको आरोपमा नगर प्रहरी प्रमुख पक्राउ

मापसे गरेको आरोपमा नगर प्रहरी प्रमुख पक्राउ

देश, समाचार
काठमाडौँ । मापसे गरेर होहल्ला गरेको आरोपमा घोराही उपमहानगरपालिकाका नगर प्रहरीका प्रमुख सई रुद्रप्रसाद पन्थी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङले पन्थीलाई गएराति नियन्त्रणमा लिइएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिइ हिरासतमा राखेको वडा प्रहरी कार्यालय घोराहीका प्रहरी निरीक्षक दिनेश रिमालले बताए । Advertisement प्रहरीले मापसे गरेर होहल्ला गर्नुका साथै प्रहरीसँग अभद्र व्यवहार गरेका कारण उनलाई नियन्त्रणमा लिइएको जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । घोराही उपमहानगरले केही समय पहिले नगरभित्रको सुरक्षा, बजार व्यवस्थापन लगायतका कुराहरुमा सहयोग गर्ने गरि उपमहानगरमा नगर प्रहरीको व्यवस्था गरेको थियो । साभार: रातोपाटी ...
प्रदेश २ मुख्य मन्त्रीको फेसबुक ह्याक : प्रोफाइल पिक्चरमा युवती

प्रदेश २ मुख्य मन्त्रीको फेसबुक ह्याक : प्रोफाइल पिक्चरमा युवती

देश, समाचार
जनकपुर । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक भएको छ । शुक्रबार  बिहान मुख्यमन्त्री राउतको फेसबुक ह्याक भएको हो ।  मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रको अनुसार फेसबुक पेजको प्रोफाइल फोटो र कभर फोटोसहितका परिवर्तन भएपछि उनको फेसबुक पेज ह्याक भएको जानकारीमा आएको छ ।  Advertisement ‘मुख्यमन्त्रीज्यूको फेसबुकमा बिहान बिहान अनावश्यक कुराहरु पोस्ट भएको पाइयो,’ उनले भने, ‘ह्याक कहाँबाट र कसरी भएको हो भन्ने अनुसन्धान हुँदैछ ।’ साभार: रातोपाटी ...
महोत्तरीका मेयरलाई कारवाहीको माग गर्दै प्रदर्शन

महोत्तरीका मेयरलाई कारवाहीको माग गर्दै प्रदर्शन

देश, समाचार
नेकपा महोत्तरीले विधिको शासन लागु गर्न भन्दै जलेश्वरमा विरोध प्रदर्शन गरेका छन् । बिहीबार महोत्तरीको मटिहानी नगरपालिकाका नगर प्रमुख हरि मण्डलले करिब एक महिना अघि नेकपा र काँग्रेसका कार्यकर्ताहरुलाई मरनासन हुने गरी कुटपीट गरेको घटना महोत्तरी प्रहरी कार्यालयमा उजुरी दर्ता भएपनि कारवाही प्रक्रिया अघि नबढाएको भन्दै नेकपा महोत्तरीले जुलुस प्रदर्शन गरेको हो । मटिहानी नगरपालिकामा भएको घटनामा संलग्न रहेकाहरुलाई स्थानीय प्रहरी–प्रशासनले न्यायपूर्ण ढंगले कारवाही प्रक्रिया अघि नबढाएको भन्दै सदरमुकाम जलेश्वरमा वृहत विरोध जुलुस प्रर्दशन गरिएको छ । जलेश्वरको विभिन्न चोकबाट निकालिएको जुलुस प्रदर्शन जिरो माईल, शिक्षा कार्यालय र राविम क्याम्पसबाट छुट्टाछुट्टै रुपमा शुरु भएको थियो । सो जुलुस महेन्द्र चोकमा पुगेर एकीकृत भई जलेश्वर नगरको विभिन्न भागको परिक्रमा गर्दै मटिहानी बसस्टैण्ड चोकमा पुग...
कोहलपुर सशस्त्र क्षेत्रीय स्कुल स्थापना

कोहलपुर सशस्त्र क्षेत्रीय स्कुल स्थापना

देश, समाचार
काठमाडौं । बाँकेको कोहलपुरमा सशस्त्र प्रहरी बलले क्षेत्रीय स्कुल सञ्चालनमा ल्याएको छ । बिहीबार कोहलपुरमा सञ्चालनमा ल्याइएको नेपाल एपीएफ स्कुलको सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले उद्घाटन गरे । स्कुल उद्घाटन गर्दै आईजीपी खनालले शिक्षा नै समाज विकासको प्रमुख आधार रहेकाले सशस्त्र प्रहरीले कोहलपुरमा क्षेत्रीय स्कुल सञ्चालनमा ल्याएको बताए । आईजीपी खनालले भने– ‘राष्ट्र सेवामा खटिएको सशस्त्र प्रहरीले संगठनमा आवद्ध सक्कल दर्जाको सन्तानको भविष्यका लागी स्कुल सञ्चालनमा ल्याइएको हो ।’ Advertisement व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र सेवामा उदाहरणीय काम गर्न सकेमात्र संगठनको साख रहने बताउँदै खनालले सवै राष्ट्रसेवक एक भएर अगाडी बढ्नुपर्ने बताए । ‘हामी दार्चुलाको छाङरुदेखी ताप्लेजुङको ओलाङचुङगोलासम्म उपस्थित छौं’ खनालले भने– ‘सीमा क्षेत्र...
भक्तपुर देखि नगरकोट सडक धमा धम बन्दै

भक्तपुर देखि नगरकोट सडक धमा धम बन्दै

देश, समाचार
–सञ्चिता घिमिरेकाठमाडौं । लामो समयदेखि अवरुद्ध  भक्तपुर–नगरकोट सडक निर्माणले पछिल्लो समय गति लिएको छ ।  सो सडक चालू आवभित्रै सम्पन्न गर्ने गरी निर्माण भइरहेको छ ।  विसं २०७०/७१ मा सो सडक निर्माणको ठेक्का सम्झौता भएको थियो । लामो समयसम्म अवरुद्ध सो सडक निर्माणले पछिल्लो समय गति लिएको हो ।  १५ किमी सडकमध्ये सात किमी सडकको निर्माण सम्पन्न भएको र एक किमी सडक सम्पन्न हुने क्रममा रहेको भक्तपुर–नगरकोट–सिपाघाट सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताए । उनका अनुसार बाँकी सात किमी सडकको पनि कालोपत्र गर्ने तयारी भएको छ । उनले भने, “निर्माण व्यवसायी साइडमै काम भएकाले धमाधम काम भइरहेको छ ।” आगामी पुससम्म सक्ने गरी पछिल्लो पटक अवधि थप भएको थियो । कोभिड–१९ का कारण निर्माण कार्य हुन सकेको थिएन । निर्माण कार्यमा बाधा पुगेकाले ठेक्का सम्झौता छ महिना थप्ने निर्णय सरकारले गरेको थियो । अहिलेक...
मध्यपहाडी राजमार्गको काम कछुवाको गतिमा हुँदै

मध्यपहाडी राजमार्गको काम कछुवाको गतिमा हुँदै

देश, समाचार
पुष्पलाल मध्यपहाडी राजमार्गको दैलेख खण्डको काम कछुवा गतिमा सीमित रहेको छ । काम शुरु भएदेखिनै ट्र्याक खोल्ने, ग्राभेल गर्ने र पिच गर्ने चरणबद्धरूपमा हुँदै आएको भए पनि गतिमा ढिलाइ भएको छ ।  आयोजनाले सडकको सबै पूर्वाधारको तयारीपश्चात् विसं २०७३ देखि मात्रै कालोपत्रेका लागि ठेक्का खोलिएको दैलेख खण्डमा पर्ने १२५ किलोमिटर सडकमध्ये २५ किलोमिटर मात्र कालोपत्रे भएको छ । अब काम धमाधम अगाडि बढिरहेको मध्यपहाडी आयोजना कार्यालय दैलेख प्रमुख डा अर्जुनकुमार बमले बताए ।  दुई वटा पक्की पुलसहित १२ वटा ठेक्का अहिले सञ्चालनमा आएका छन् । काम शुरु भएदेखि यो वर्षसम्मको ठेक्कामा कूल रु चार अर्ब २७ करोडको लागतमा विभिन्न स्थानमा काम शुरु गरिएको छ । अहिलेसम्म रु एक अर्ब ३४ करोड भुक्तानी भइसकेको आयोजनाले जनाएको छ ।  Advertisement मध्यपहाडी राजमार्ग आयोजना कार्यालय दैलेखका ...
आमाछोरी मृत अवस्थामा फेला, श्रीमान् अचेत : बौद्ध

आमाछोरी मृत अवस्थामा फेला, श्रीमान् अचेत : बौद्ध

देश, समाचार, सामाजिक
बौद्धमा एक महिला आफ्नो एक महिनाको छोरीसहित मृत अवस्थामा फेला परेकी छन् । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी बस्दै आएकी २७ बर्षकी पेम्बी शेर्पा एक महिनाको छोरीसहित मृत फेला परेकी हुन् । सिन्धुपाल्चोक जुगल गाउँपालिका घर भएकी शेर्पाकी ३२ बर्षका श्रीमान दोर्जे शेर्पा भने अचेत अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी नवीन कार्कीले जानकारी दिए । Advertisement दोर्जेको नेपाल मेडिकल कलेजमा उपचार भइरहेको कार्कीले बताए । राती सुत्दा हिटर बालेर सुतेको हुँदा निस्सासिएर उनीहरुको मृत्यु भएको हुनसक्ने आशका गरिएको प्रहरीले जनाएको छ । उनीहरुले बस्दै आएको घरमा किराना पसल सञ्चालन राखेका थिए । बिहान घरबेटी सामान लिन जादा समेत अबेरसम्म नउठेपछि बोलाउदा नबोलेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी आएर कोठाको ढोका फोडेर हेर्दा आमाछोरी मृत अवस्थामा फेल...
कांग्रेस नेता पौडेल ३ घण्टापछि रिहा

कांग्रेस नेता पौडेल ३ घण्टापछि रिहा

देश, राजनीति, समाचार
तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन् । निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै पक्राउ परेका पौडेललाई प्रहरीले तीन घण्टापछि छोडेको हो । पौडेलसँगै पक्राउ परेका कांग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेलाई पनि प्रहरीले रिहा गरेको तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए । Advertisement व्यास नगरपालिकाका दुई वडा जोड्ने पुलको उद्घाटनका लागि गुगेका पौडेललाई प्रहरीले पक्राउ गरेको थियो । पुल उद्घाटनका विषयमा नेपाली कांग्रेस र नेकपा निकट युवा सङ्घबीच विवाद भएपछि प्रहरीले दिउँसो निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञाकै बीच पुल उद्घाटनका लागि गएका पौडेलसहितका नेतालाई प्रहरीले पक्राउ गरेको थियो । तनहुँका प्रमुख जिल्ला अधिकारी आचार्यले नेता पौडेलको सुरक्षाका लागि उहाँलाई नियन्त्रणमा लिएको बताए । रिहापछि काङ्ग्...