२०८१ जेष्ठ २

मापसे गरेको आरोपमा नगर प्रहरी प्रमुख पक्राउ

काठमाडौँ । मापसे गरेर होहल्ला गरेको आरोपमा घोराही उपमहानगरपालिकाका नगर प्रहरीका प्रमुख सई रुद्रप्रसाद पन्थी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङले पन्थीलाई गएराति नियन्त्रणमा लिइएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिइ हिरासतमा राखेको वडा प्रहरी कार्यालय घोराहीका प्रहरी निरीक्षक दिनेश रिमालले बताए ।


Advertisement


प्रहरीले मापसे गरेर होहल्ला गर्नुका साथै प्रहरीसँग अभद्र व्यवहार गरेका कारण उनलाई नियन्त्रणमा लिइएको जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । घोराही उपमहानगरले केही समय पहिले नगरभित्रको सुरक्षा, बजार व्यवस्थापन लगायतका कुराहरुमा सहयोग गर्ने गरि उपमहानगरमा नगर प्रहरीको व्यवस्था गरेको थियो ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap