२०८३ कार्तिक ११

कोहलपुर सशस्त्र क्षेत्रीय स्कुल स्थापना

काठमाडौं । बाँकेको कोहलपुरमा सशस्त्र प्रहरी बलले क्षेत्रीय स्कुल सञ्चालनमा ल्याएको छ । बिहीबार कोहलपुरमा सञ्चालनमा ल्याइएको नेपाल एपीएफ स्कुलको सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले उद्घाटन गरे ।

स्कुल उद्घाटन गर्दै आईजीपी खनालले शिक्षा नै समाज विकासको प्रमुख आधार रहेकाले सशस्त्र प्रहरीले कोहलपुरमा क्षेत्रीय स्कुल सञ्चालनमा ल्याएको बताए । आईजीपी खनालले भने– ‘राष्ट्र सेवामा खटिएको सशस्त्र प्रहरीले संगठनमा आवद्ध सक्कल दर्जाको सन्तानको भविष्यका लागी स्कुल सञ्चालनमा ल्याइएको हो ।’


Advertisement


व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र सेवामा उदाहरणीय काम गर्न सकेमात्र संगठनको साख रहने बताउँदै खनालले सवै राष्ट्रसेवक एक भएर अगाडी बढ्नुपर्ने बताए । ‘हामी दार्चुलाको छाङरुदेखी ताप्लेजुङको ओलाङचुङगोलासम्म उपस्थित छौं’ खनालले भने– ‘सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा समेत संगठनले सफलता पाउँदै गएको छ ।’

स्कुल उद्घाटन कार्यक्रममा कोहलपुर नगरपालिकाका मेयर एलवी रावलले शिक्षा क्षेत्रमा सशस्त्र प्रहरी बलले लगानी गरेर पश्चिम क्षेत्रको विकासमा महत्वपूर्ण काम गरेको बताए ।    

साभार: रातोपाटी
 


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap