२०८१ जेष्ठ ३

कांग्रेस नेता पौडेल ३ घण्टापछि रिहा

तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन् । निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै पक्राउ परेका पौडेललाई प्रहरीले तीन घण्टापछि छोडेको हो ।

पौडेलसँगै पक्राउ परेका कांग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेलाई पनि प्रहरीले रिहा गरेको तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए ।


Advertisement


व्यास नगरपालिकाका दुई वडा जोड्ने पुलको उद्घाटनका लागि गुगेका पौडेललाई प्रहरीले पक्राउ गरेको थियो । पुल उद्घाटनका विषयमा नेपाली कांग्रेस र नेकपा निकट युवा सङ्घबीच विवाद भएपछि प्रहरीले दिउँसो निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञाकै बीच पुल उद्घाटनका लागि गएका पौडेलसहितका नेतालाई प्रहरीले पक्राउ गरेको थियो ।

तनहुँका प्रमुख जिल्ला अधिकारी आचार्यले नेता पौडेलको सुरक्षाका लागि उहाँलाई नियन्त्रणमा लिएको बताए । रिहापछि काङ्ग्रेस पार्टी कार्यालयमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले पुल उद्घाटन कार्यक्रममा सहभागी हुन जाने क्रममा नियन्त्रणमा लिइएकोमा आपत्ति जनाए । ‘तनहुँमा भएको घटनाप्रति देशभर निन्दा भइरहेको छ’। उनले भने, ‘उक्त घटनाको जति विरोध गरे पनि कम हुन्छ ।’ प्रहरी शक्तिको दुरुपयोग गरी काङ्ग्रेसलाई निषेध गर्न खोजिएको उनको भनाई छ ।

आफूलाई पक्राउ गर्न लगाउने प्रमुख जिल्ला अधिकारीलाई ठिक पार्ने भन्दै पौडेलले देखाइदिने चेतावनी दिएका छन् । ‘संविधान उल्लंघन गर्ने अधिकार सीडीओलाई मात्र होइन, (प्रधानमन्त्री) केपी ओलीलाई पनि छैन्, उनले भने, ‘यो सीडीओ कुन हो ? त्यसलाई समातेर छाड्छौं ।’

साभार: रातोपाटी

Copy link
Powered by Social Snap