२०८३ बैशाख २२

Author: Raunak

ठूला साना सबै भ्रषटाचार अपराध हुन

ठूला साना सबै भ्रषटाचार अपराध हुन

देश, राजनीति, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो  वा सानो मात्रामा जोसुकैबाट हुने भ्रष्टाचार भए पनि त्यो अक्षम्य अपराध हुने बताएका छन् । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सन्देश दिँदै प्रधानमन्त्री ओलीले कुनै एक सूचकका आधारमा मात्रै भ्रष्टाचार घटेको वा बढेको निष्कर्षमा पुग्न नकिने उल्लेख गर्दै पछिल्ला दुई वर्षमा मुलुकमा सुशासन कायम भई भ्रष्टाचार गर्ने प्रवृत्ति धेरै हमदसम्म ओरालो लागेको जनाए ।  प्रधानमन्त्री ओलीले कोभिड–१९ को महामारीलाई परास्त र यसको असर न्यूनीकरण गर्दै सामान्य लयमा फर्किन स्वच्छ, सुशासनयुक्त, आचरण व्यवहार र काम गर्नैपर्ने भएकाले यस तथ्यलाई संयुक्त राष्ट्रसङ्घले समेत अनुभूत गरेको बताए । “वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनलाई स्थापनाकै दिनदेखि महत्व दिँदै आएको छ र यसप्रतिको सरकारको प्रतिबद्धता अविचलित छ । देशको आर्थिक–सामाजिक रु...
शुरु भएन धुलिखेल–सूर्यविनायक सडक निर्माण सुरु

शुरु भएन धुलिखेल–सूर्यविनायक सडक निर्माण सुरु

देश, समाचार
काठमाडौँ उपत्यका बाहिरका धेरै जिल्लाबाट उपत्यका भित्रिने नाकाका रूपमा रहेको सूर्यविनायक–धुलिखेल सडक विस्तार शुरु हुनसकेको छैन । एक दशक पहिले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले तीनकुने–सूर्यविनायक सडक छ लेनमा विस्तार गरेको थियो ।  जाइकालले नै सूर्यविनायक–धुलिखेल सडकसमेत विस्तार गर्ने भनिए पनि त्यसमा निर्णय भएर काम हुन नसकेको हो ।  सडक विभागको अरनिको राजमार्गको सूर्यविनायकदेखि धुलिखेल सडक र विपी राजमार्गको धुलिखेलबाट सिन्धुली हुँदै बर्दिवास सडक गरी सूर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजना रहेको छ ।  Advertisement सो आयोजनाले सूर्यविनायकदेखि धुलिखेल सडकमा निर्माण वा विस्तारको काम नगरेको आयोजना प्रमुख सूर्यबहादुर भाटले बताए । अहिले डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्गका विभिन्न खण्डमा मर्मतको काम गरिरहेको छ । उनले भने, “विस्त...
सभामुख द्वारा  पुस्तकालयको निरीक्षण

सभामुख द्वारा पुस्तकालयको निरीक्षण

देश, शिक्षा, समाचार
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सामुहिक छलफलबाट पुस्तकालयको प्रभावकारी व्यवस्थापन गर्न सकिने बताएका छन् । मंगलबार संघीय संसद सचिवालयमा रहेको पुस्तकालयको निरीक्षणका क्रममा सभामुख सापकोटाले सानो ठाउँमा पनि कसरी प्रभावकारी पुस्तकालय व्यवस्थापन गर्न सकिन्छ भनेर सामुहिक छलफल गर्न सुझाव दिएका छन् । Advertisement उनले आफ्नो र संसद सचिवालयको तहबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको सभामुखको सचिवालयले जनाएको छ । पुस्तकालय अवलोकनका क्रममा सभामुख सापकोटाले पुस्तक पुज्नुपर्छ भनेर सिकाइएको संस्कारभित्र गहन अर्थ रहेको बताए । उनले भने–‘सँस्कार कस्तो बसाल्ने भन्ने महत्वपूर्ण हुन्छ, पुस्तकलाई पुज्नुपर्छ भनेर सिकाइएको अर्थ धेरै गहन छ ।’  सभामुख सापकोटाले नयाँ नयाँ प्रविधिको विकास भएपनि पुस्तकालयमा बसेर पढ्नुको मज्जा बेग्लै रहेको चर्चा ग...
प्रतिकार गर्यो, गोली खायो : शिक्षक श्रेष्ठ मृत्यु बारे विप्लव

प्रतिकार गर्यो, गोली खायो : शिक्षक श्रेष्ठ मृत्यु बारे विप्लव

देश, राजनीति, समाचार
काठमाडौं । मोरङ मिक्लाजुङ गाउँपालिका १ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मेवारी प्रतिबन्धि नेत्रविक्रम चन्द (विप्लव) समूहले लिएको छ। विप्लव समूहको मेची कोसी ब्युरोले मंगलबार साँझ विज्ञप्ति जारी गरी श्रेष्ठको प्रतिकारमा मृत्यु भएको दाबी गरेको छ । तर स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठलाई अपहरण गरी मंगलबार बिहान नजिकैको बर्खे जंगलमा घाँटी रेटी हत्या गरेको प्रहरीले जानकारी दिएको छ । Advertisement ‘सुराकी’ गरेको आरोप लगाएको विप्लव समूहले श्रेष्ठलाई सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेकाले  प्रतिकारमा मृत्यु  भएको विज्ञप्तिमा उल्लेख छ । श्रेष्ठले २०७६ फागुन २६ गते पार्टीको मेची कोसी ब्युरो बैठकमा प्रहरी बोलाएर ‘दमन गराएको’ दावी विज्ञप्तिमा उल्लेख छ । श्रेष्ठले जनताका घरमा पटक पटक प्रहरी पठाएर ने...
देश फेरि हत्याहिंसातर्फ फर्काउने प्रयास : प्रधानमन्त्री

देश फेरि हत्याहिंसातर्फ फर्काउने प्रयास : प्रधानमन्त्री

देश, राजनीति, समाचार
२३ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई फेरि हत्या हिंसाको विकराल कालखण्डमा फर्काउने प्रयास भइरहेको बताएका छन् । काठमाडौंको दक्षिणमा रहेको सुवर्णकीर्ति महाविहारमा जेष्ठ नागरिक आवास गृहको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले बलजफ्ती राजनैतिक समस्या निम्त्याउन प्रयास भइरहेका भन्दै सफल हुन नदिने बताए । Advertisement मंगलबार मात्र मोरङको मिक्लागुङमा शिक्षकको हत्या भएको प्रसंग उल्लेख गर्दै उनले भनेका छन्, ‘आज मात्रै मिक्लाजुङ भन्ने ठाउँमा केही गलत तत्वहरुले हाम्रै एक जना दाजुभाइलाई अपहरण गरेर लगे, पर लगेर मारे ।’ ‘एउटा हाम्रै देशको दाजुभाइलाई यदि पैसा दे भनेर डकैतीको शैलीमा भन्छ । पैसा दिन सक्दिनँ भन्यो भने घिसारेर लगेर गोली हानेर मार्छ, नेपाल यस्तै खालको विकराल कालखण्ड पार गरेर आएको छ, अब फेरि त्यता फर्काउने प्रयास हुन खोजेको छ...
८९४७ परीक्षणमा १५% मा संक्रमण

८९४७ परीक्षणमा १५% मा संक्रमण

देश, समाचार, सामाजिक, स्वास्थ्य
२३ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १३८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८९४७ परीक्षणमा १३८२ जनामा संक्रमण पुष्टि भएको हो । Advertisement योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १६२१ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख २९ हजार ५४ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १२६८६ रहेको छ । Credit: OnlineKhabar ...
रातो मच्छिन्द्रनाथ पुनःनिर्माण अस्त ब्यस्त

रातो मच्छिन्द्रनाथ पुनःनिर्माण अस्त ब्यस्त

देश, समाचार
–सुभानु आचार्यललितपुर । बुङ्मतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण अलपत्र परेको छ । मन्दिर पुनःनिर्माणका लागि आवश्यक पर्ने काठ बजारमा अभाव भएसँगै पुनःनिर्माणमा ढिलाइ भइरहेको बताइएको छ । पुनःनिर्माणका लागि आठ बाइ आठ, छ बाइ छ, चार बाइ छ र चार बाइ चार प्रकारका काठ आवश्यक पर्ने हुन्छ । बजारमा ती प्रकारका काठ पाउन नसकिएको रातो मच्छिन्द्रनाथ मन्दिर उपभोक्ता समितिका अध्यक्ष अमिर शाक्यले बताए । उनले भने, “हामीले पुरातात्विक महत्वका विगत मन्दिरमा प्रयोग गरिएका ३३ प्रकारका इँटा भेट्यौँ । यसमा अझै एक प्रकारको इँटा खोज्ने र त्यो नपाए खरिद गरेर भए पनि प्रयोग गर्नुपर्ने छ ।”  सो प्रकारको काठ र इँटा मन्दिर पुनःनिमार्णमा प्रयोग गर्दा पर्न जाने करालो अर्थात भिरालो आफै मिल्ने र लामो समयसम्म पानी वा घामलेसमेत असर गर्न नसक्ने शाक्यले जानकारी गराए । उक्त मन्दिरको एक तला पुनःनिर्माण सम...
बाख्रापालनबाट एउटै गाउँमा वार्षिक ९० लाख आम्दानी

बाख्रापालनबाट एउटै गाउँमा वार्षिक ९० लाख आम्दानी

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
पोखरा महानगरपालिका–२० मौजागाउँका किसानले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आएका छन् । जिल्लामा बाख्राको पकेट क्षेत्रसमेत घोषणा गरिएको मौजाका कृषकले बाख्रापालनबाट वर्षमा सबै खर्च कटाएर रु ९० लाख कमाइ गरेका छन् । मौजामा विसं २०६२ देखि व्यावसायिक बाख्रापालन शुरु गरिएको थियो । पछि विसं २०६७ मा बाख्रापालन समूह गठन गरियो । विसं २०७१ मा मौजा बाख्रापालक कृषि सहकारीमार्फत अधिकांश गाउँलेले व्यावसायिक बाख्रापालन शुरु गरे । सहकारीअन्तर्गत यहाँका ४० कृषकले बाख्रापालन गर्दै आएको मौजा बाख्रापालक कृषि सहकारी संस्थाका अध्यक्ष दुर्गाबहादुर  गुरुङले बताए । सहकारीमार्फत हाल दुई हजार ५०० बाख्रा पालिएको छ । सहकारीमा १०० सदस्य आबद्ध भए पनि अन्यले भैँसी, गाई तथा तरकारी खेती गरेका छन् । यहाँका कृषकले खरी, जमुनापारी, सिनाललगायत जात पाल्ने गरेका छन् । साना फार्ममा १० तथा ठूलामा २०० वटासम्म बाख्रा ...
बालाजु–त्रिशूली सडक अस्त ब्यस्त

बालाजु–त्रिशूली सडक अस्त ब्यस्त

देश, समाचार
निर्माण शुरु भएको सात वर्ष बित्दासमेत बालाजु–त्रिशूली सडक सम्पन्न भएको छैन । चारपटक अवधि थप भएको यो सडकको अवधि पुससम्म भए पनि त्यो समयसम्म पनि सम्पन्न हुने नदेखिएको बालाजु–त्रिशूली–छहरे सडक योजनाले जनाएको छ । जम्मा ५५ किलोमिटर लम्बाइको बालाजु–त्रिशूली सडक दुई फरक निर्माण व्यवसायीले निर्माण गरेकामा दुवैतर्फको सडकको प्रगति राम्रो नभएको योजनाका प्रमुख जगत प्रजापतिले बताए ।  उनका अनुसार यो सडकमा बालाजुबाट ककनीसम्म एउटा ठेक्का र ककनीबाट पिपलटारसम्म अर्को ठेक्का हो । बालाजुबाट ककनी सडकमा एआइपिएल र सैलुङ कम्पनीले निर्माण गरिरहेको छ । निर्माण कम्पनीले तिहारपछि काम शुरु गरेर अबको केही समयभित्र तीनपिप्लेसम्मको कालोपत्रको तयारी गरेको छ । उनले भने, “त्यस ठाउँसम्म अबको १० दिनसम्म सक्ला कि भन्ने देखिन्छ ।” Advertisement बालाजु–ककनी सडकको अवधि एक महिना मात...
संक्रमित कर्मचारीलाई १४ दिन बिदा

संक्रमित कर्मचारीलाई १४ दिन बिदा

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौं । कोभिड–१९ को संक्रमण भएका सार्वजनिक निकायका कर्मचारीहरुको आइशोलेसनमा बसेको अवधिलाई सरकारले सार्वजनिक बिदाको रुपमा जनाउन सुरु गरिएको छ ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले त्यसरी आईशोलेसनमा बसेको अवधिलाई सार्वजनिक बिदाको रुपमा जनाउने व्यवस्था गर्न सबै मन्त्रालय, सचिवालय, आयोग प्रतिष्ठान, विभाग, जिल्ला समन्वय समिति तथा स्थानीय तहहरुलाई यो व्यवस्था कार्यान्वयन गर्न परिपत्र गरेको हो । त्यस्तै, संक्रमणको लक्षण देखिएर आइशोलेसनमा बसेका कर्मचारीलाई अस्पताल भर्ना भएको अवधिभर बिदा कायम गर्न समेत मन्त्रालयले परिपत्र गरेको छ । यसरी बिदा बस्दा यसको व्यहोरासहित कार्यालय प्रमुखले बिदा प्रणाणित गर्नुपर्ने व्यवस्था गरिएको छ । Advertisement त्यस्तै, सार्वजनिक निकायका कुनै कर्मचारी संक्रमित भएमा कन्ट्याक्ट ट्रेसिङमा परेका कर्मचारीलाई समेत ...