भन्सार छलीको ८ लाख बढीको सामान बरामद, १ पक्राउ
२२ मंसिर, वीरगञ्ज । भन्सार छलेर ल्याइएका करिब ८ लाख ५० हजार मूल्य बराबरको सामानसहित बारा प्रहरीले एकजना महिलालाई नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका– १ छपकैयाँ बस्ने रुवि खातुनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याएको अवस्थामा उक्त मूल्य बराबरको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । ४ लाख ५० हजारको तयारी तथा थान कपडा, १ लाख ५० हजारको प्याज र मालसामान ओसार पसारमा प्रयोग भएका २ लाख ५० हजार मुल्य बराबरका ४ वटा मोटरसाइकल बरामद भएको प्रहरीको भनाइ छ ।
Advertisement
खातुनलाई भन्सार छलीका समानसहित वीरगञ्ज भन्सार कार्यालयको जिम्मा लगाइएको प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
त्यसैगरी बारामा प्रहरीले प्रतिबन्धित लागूऔषध सहित एकजनालाई पक्राउ गरेको छ । पकहामैन...









