२०८१ बैशाख २१

प्रदेश २ सरकारले उखु किसानलाई ठग्यो : लोकदल

काठमाडौं । लोक दलले उखु किसानहरुको बक्यौता रकम भुक्तानी गराउनका लागि सरकारसँग माग गरेको छ । लोक दलका अध्यक्ष कौशलकुमार सिंहले सोमवार एक विज्ञप्ति जारी गरी उखु किसानहरुले गरिरहेको राजधानी केन्द्रित आन्दोलनमा समर्थन जनाउँदै भुक्तानी गराउनका लागि सरकारसँग माग गरेका छन् ।

चिनी मिलले उखु किसानहरुको भुक्तानी दिन नमान्दा चिनी मिल संचालकहरुको अन्य सम्पतिबाट असुल उपर गरी उखु किसानहरुलाई तत्काल भुक्तानी दिलाउनुको विकल्प नरहेकाले उल्लेख गर्दै अध्यक्ष सिंहले गरिब उखु किसानहरुको पसिनाको कमाई अरबपति चिनी मिलका मालिकहरुले बेईमानी गर्दा पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट चिनी मिल मालिकको पक्षमा उभिनु लज्जाको विषय बनेको टिप्पणी गरेका छन् ।

केही दिन अगाडी संसदीय समितिको बैठकमा उद्योग मन्त्री लेखराज भट्टले चिनी मिल मालिकको पक्षमा बोल्दै उद्योगीलाई कारवाही गर्न नसक्ने बताएको दावी उनले गरेका छन् । उखु किसानहरुसँग उद्योग मन्त्रालयले भुक्तानी दिलाउने बारे गरेको पटक–पटकको समझौता नक्कली रहेको प्रमाणित भएको उनले बताएका छन् । 


Advertisement


उनले भनेका छन्, ‘उखु किसानहरुको भुक्तानी दिलाउन नसक्ने र बेईमान चिनी उद्योगीको पक्षमा वकालत गर्ने उद्योग मन्त्री भट्ट पनि उत्तिकै जिम्मेवार रहेकोले उद्योग मन्त्री भट्टलाई पनि कारवाहीको दायरमा ल्याउनुपर्ने ठहर लोक दलको रहेको छ ।’

उनले उखु किसानले भुक्तानी नपाउनुमा प्रदेश २ सरकार पनि त्यतिकै नै दोषी रहेको जनाएका छन् । सो प्रदेशका सरकार कृषि, उद्योग, व्यापारलाई सहजीकरण गर्न नसक्दा प्रदेश सरकार पनि उत्तिकै दोषी रहेको उल्लेख गर्दै उनले प्रदेश सरकारले उखु किसानको भुक्तानीको विषयमा केही गर्न नसक्नु भनेको प्रदेश २ का सरकारले दहीच्यूरे व्यवहार प्रदर्शन गरेको बताएका छन् ।

प्रदेश २ का अधिकांश उखु किसान आन्दोलनमा रहँदा पनि प्रदेश २ का सरकार आफ्नो जिम्मेवारी बोध नगर्दा सबै केन्द्र सरकारकै टाउकोमा थुपारेर प्रदेश सरकार उम्किन खोजिरहेका उनले बताएका छन् ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap