२०८३ बैशाख २३

Author: Raunak

७२ लाख लगानीमा ७ पदमार्ग बन्ने : बागलुङ

७२ लाख लगानीमा ७ पदमार्ग बन्ने : बागलुङ

देश, समाचार
कोरोना महामारीका कारण सुनसान रहेका जिल्लाका पर्यटकीयस्थलमा मङ्सिरको तेस्रो साताबाट मात्रै सामान्य चहलपहल देखिन थालेको छ । धार्मिक पर्यटकीय क्षेत्र हुन् वा प्राकृतिक पर्यटनको सम्भावना बोकेका क्षेत्र, झण्डै नौ महिनापछि सामान्य आन्तरिक पर्यटकको आउजाउ हुन थालेको छ । कोरोना महामारीका कारण पर्यटकीय क्षेत्र सुनसान मात्रै भएनन्, तीनै तहका सरकारले ती क्षेत्रको विकासका लागि विनियोजन गरेका बजेटको कार्यान्वयन गर्ने कामसमेत प्रभावित भए । महामारीको मारबाट विस्तारै तङ्ग्रिँदै गरेको बागलुङको पर्यटन क्षेत्रको विकासका लागि गण्डकी प्रदेश सरकारले विनियोजन गरेको बजेटको कार्यान्वयन शुरु भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालु आर्थिक वर्षमा बागलुङमा मात्रै सात वटा पदमार्ग निर्माण गर्दैछ । रु पाँच लाखदेखि २० लाख बजेट विनियोजन भएका पदमार्ग निर्माणको काम शुरु भएको उद्योग, पर्यटन,...
भारतमा अलैँची माग बढ्यो, भाउ बढ्ने सम्भावना

भारतमा अलैँची माग बढ्यो, भाउ बढ्ने सम्भावना

अर्थतन्त्र, कर्पोरेट, विदेश / एन.आर.एन, समाचार
भारतीय बजारमा अलैँची अभाव भएपछि नेपालबाट निकासी हुने अलैँचीको भाउ बढ्ने देखिएको छ । भारतका मुख्य अलैँची उत्पादन हुने क्षेत्रमा अलैँची मासिन थालेको छ । ती क्षेत्रमा अलैँचीको उत्पादन कम भएपछि नेपाली अलैँचीको माग उच्च छ । पछिल्लो समय भारतीय व्यवसायीसमेत अलैँची किन्न नेपाल आउन थालेका छन् । विगतका वर्षमा भारतनै पुर्याउँदा पनि बेच्न गाह्रो हुने अलैँची नेपालमै व्यवसायी आएपछि अलैँचीको भाउ बढ्ने सम्भावना छ । “भारतीय व्यवसायी नै नेपाल आएपछि अब नेपाली अलैँचीको भाउ बढ्छ”, अलैँची व्यवसायी महासङ्घका अध्यक्ष राजकुमार कार्कीले भने, “नेपालमा उत्पादन भएको ४० प्रतिशत नयाँ अलैँची बिकिसक्यो ।” उनका अनुसार ठूलो मात्रामा अलैँची बिकेकाले अब माग बढ्ने देखिएको छ ।  केही वर्षअघि अलैँचीको दाम प्रतिमन (४० किलोको एक मन) रु एक लाखसम्म पुगेको थियो तर त्यो लामो समय टिकेन । अहिले त किसानले त्यसको एक चौथा...
भक्तपुरमा किशोरीलाई जबरजस्ती थुनिन्छ ग्राहकसँगै कोठामा

भक्तपुरमा किशोरीलाई जबरजस्ती थुनिन्छ ग्राहकसँगै कोठामा

देश, समाचार, सामाजिक
भक्तपुर । कामको खोजीमा रहेकी किशोरीलाई काम दिएर जवरजस्ती यौन धन्दा गर्न बाध्य बनाउनेलाई प्रहरीले पक्राउ गरेको छ । महानगरिय प्रहरी परिसर भक्तपुरले एक १७ वर्षकी किशोरीलाई कोठाभित्र ग्राहकसँग पठाएर ढोका लगाउने होटल वेटरसहित संग्लन अन्यलाई पक्राउ गरेको हो । प्रहरीको अनुसन्धान अनुसार चाँगुनारायण नगरपालिका वडा नं ७ हेल्मेट डाँडास्थित बाटोमाथीको रिसोर्टमा किशोरीहरुलाई सुरुमा ललाई फकाई रेष्टुरेन्टमा जागिर दिने प्रलोभन देखाइन्छ । ती किशोरीहरु काममा आएपछि रिसोर्टमा आएका ग्राहकहरुसँग यौनजन्य कार्यका लागि कोठाभित्र पठाएर ढोका बन्द गरिदिने गरिकएको पाइएको परिसरका सूचना अधिकारी डीएसपी दीपक गिरीले जानकारी दिए ।  बिशेष सुचनाका आधारमा प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरिक्षक शशीधर शर्माको नेतृत्वमा खटिएको टोलीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङ थलारा गाँउपालिका वडा नं. २ स्थ...
उखु उद्योगीलाई प्रहरी खोज्दै , किसान अन्योलमा

उखु उद्योगीलाई प्रहरी खोज्दै , किसान अन्योलमा

देश, समाचार, सामाजिक
काठमाडौं । उखु किसानको बक्यौता रकम भुक्तानी नगरेका चार चिनी उद्योगीलाई पक्राउ गर्नका लागि प्रहरी कार्यालयले पक्राउ पूर्जी जारी गरेको छ । सर्लाही, रौतहट र नवलपरासी जिल्ला प्रहरी कार्यालयमा पीडित उखु किसानले चिनी उद्योगीहरुमाथि उजुरी गरेपछि पक्राउ पूर्जी जारी गरेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । उनीहरुलाई खोज्ने कार्य जारी रहेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी गराए । इन्दिरा सुगर मिल र अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल, लुम्बिनी सुगर मिलका सञ्चालक सुशील गोयल र श्रीराम सुगर मिलका सञ्चालक हितेश गोल्छा लगायतलाई पक्राउ गर्न पूर्जी जारी गरिएको छ ।  विभिन्न ६ वटा उद्योगले ९० करोड रुपैयाँ बक्यौता राखेको उखु किसानले दावी गर्दै आएका छन् । त्यही रकम प्राप्त गर्नका लागि किसानहरु काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका छन् । माइतीघर मण्डलम...
हिन्दुराष्ट्र र राज संस्थालाई बोकेर राप्रपा सडक मा

हिन्दुराष्ट्र र राज संस्थालाई बोकेर राप्रपा सडक मा

देश, राजनीति, समाचार
१ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था पुनर्स्थापनाको माग गर्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार बसेको पार्टीको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रण, वेरोजगारी समस्या समाधान, सनातन हिन्दुराष्ट्र र संवैधानिक राजसंस्था पुनःस्थापनाको माग गर्दै जनप्रदर्शन र संघर्षको कार्यक्रम तय गरेको हो । Advertisement आन्दोलनको कार्यक्रमअनुसार पुस १२ गते देशका ७७ वटै जिल्ला सदरमुकाममा जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने, पुस १२ देखि २१ गतेसम्म जिल्ला सदरमुकाम र ठूला शहरहरुमा मोटरसाइकल र्‍याली गर्ने तय भएको राप्रपा नेता मोहन श्रेष्ठले बताए । त्यस्तै पुस १५ देखि २५ भित्र जिल्ला सदरमुकाममा जनप्रदर्शन गर्ने, पुस चौथो हप्...
टिकटकबाट प्रेम : नेपाली किशोरी को भारत बाट उद्धार

टिकटकबाट प्रेम : नेपाली किशोरी को भारत बाट उद्धार

देश, समाचार
१ पुस, काठमाडौं । एक भारतीय युवकसँग बिहे गर्न भनी भारतको मध्यप्रदेश पुगेकी नेपाली किशोरीलाई १८ दिनपछि उद्धार गरेर उनको आमालाई जिम्मा लगाइएको छ । १६ बर्षीया ती युवती १,३०० किलोमिटर यात्रा गरेर २१ बर्षीय युवकसँग बिहे गर्न भन्दै काठमाडौंबाट मध्यप्रदेशको सिहोर पुगेकी थिइन् । Advertisement काठमाडौंस्थित भारतीय दूतावास र नयाँ दिल्लीस्थित नेपाली दूतावासले ती युवतीको मोवाइलमार्फत उनको लोकेसन र फेसबुकमार्फत गतिविधिलाई नजिकबाट नियालेका थिए । उनलाई सिहोर प्रहरीले उद्धार गरेको थियो । साथै, युवतीलाई बिहे गर्ने भन्दै बोलाउने महेश सिलोरियालाई पनि प्रहरीले पक्राउ गरेको छ । ती युवकलाई प्रहरीले मानव बेचविखनको आरोपमा पक्राउ गरेको हो । किशोरीकी आमा वेदैशिक रोजगारीमा छिन् र उनी बाबु र परिवारका सदस्यहरुसँग काठमाडौं बस्ने गर्थिन् । उनी सामाजिक सञ्जालमा सक्रिय र...
वीरगन्ज मालपोतका निमित्त प्रमुख सहित ५ जनालाई कारागार चलान

वीरगन्ज मालपोतका निमित्त प्रमुख सहित ५ जनालाई कारागार चलान

देश, समाचार
१ पुस, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–४ स्थित होटल मकालु अगाडि सिटी स्क्यान रहेको करोडौं मूल्यको जग्गा किर्ते प्रकरणमा ५ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । पर्सा जिल्ला अदालतले भूमिसुधार तथा मालपोत कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख सुमन झासहित ५ जनालाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो । बुधबार पर्सा जिल्ला अदालतका न्यायाधीश हरिकृष्ण श्रेष्ठको इजलासले किर्ते गरी जग्गा नामसारी गरेको आरोपमा पक्राउ परेका मालपोत प्रमुख झा, नायब सुब्बा श्रीनारायणप्रसाद साह, किर्ते जग्गा प्रकरणका मुख्य अभियुक्त केवलप्रताप राणा, जग्गा कारोबारी विश्वास तिवारी र लेखनदास प्रमेश साह कानुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका हुन् । लेखनदास अमर साह कानु भने १ लाख धरौटीमा रिहा भएको अदालतको श्रेस्तेदार कृष्ण अधिकारीले जानकारी दिए । Advertisement ...
सानो चिप जसले रेडिएसन बाट निम्तिने क्यान्सर बाट बचाउँछ

सानो चिप जसले रेडिएसन बाट निम्तिने क्यान्सर बाट बचाउँछ

अर्थतन्त्र, देश, नेपाली ब्रान्ड, समाचार
इन्विरोचिप यस्तो एन्टी रेडिएसन चिप हो जसले मोबाइल बाट निस्केको हानिकारक किरणहरुको लयलाई भंग गरी शरीर मा बीमारी निम्तिने बाट रोक्छ। उक्त चिप ले मोबाइल द्वारा निम्तिने अनिदो पन, टाउको दुःखाइ, उक्त रक्तचाप र पछी देखिने क्यान्सर सम्म प्रतिरोध गर्दछ। भारत को सैनेर्जी इन्विरोनिस द्वारा निर्मित यो चिप अन्तराष्ट्रिय रूप मा प्रमाणित भई हाल नेपाली बजार मा पनि आफ्नो पकड बनाएको छ। Advertisement https://www.youtube.com/embed/Z3lbzj8hT88 नेपाली मा अधिकांश सहर मा यो चिप का डिलर आबद्ध भई सेवा प्रदान गर्दै आएका छन्। यसको हाल बजार मूल्य १५१५ (डेलिभरी) सहित रहेको छ। पौष ७ सम्म का लागि २ को अडर दिए १५% छुट को व्यवस्था गरिएको छ काठमाडौं मा अडर का लागि सम्पर्क गर्नु होस् : ९८६९४९६६९८ (बज्र युनिभर्सल प्रा लि) उक्त इनविरोचिपको सम्पूर्ण जानकारी तल गासि...
दुईजना कोरोना संक्रमितको मृत्यु : विराटनगर

दुईजना कोरोना संक्रमितको मृत्यु : विराटनगर

देश, समाचार, सामाजिक, स्वास्थ्य
१ पुस, विराटनगर । कोरोना संक्रमणका कारण विराटनगरमा थप दुईजनाको मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा मङ्गलबार राति मोरङको पथरीशनिश्चरे र सुन्दरहरैँचाका नगरपालिकाका एक-एकजनाको मृत्यु भएको हो । सुन्दरहरैँचा नगरपालिका-३ का २२ वर्षीय पुरुषको राति ९ः५० बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ । पीसीआर परीक्षण गराउँदा मंसिर २९ गते सोमबार रिपोर्ट पोजिटिभ आएपछि युवकलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना गरेर सुरु गरे लगतै मृत्यु भएको अस्पतालले जनाएको छ । मृतकका श्वासप्रश्वास सम्बन्धी समस्या थियो । Advertisement पथरीशनिश्चरे नगरपालिका-१ की ७३ वर्षीया वृद्धा महिलाको पनि राति ८ः५० बजेतिर मृत्यु भएको छ । अस्पतालका प्रमुख फिजिसिन डा. दीपक सिग्देलका अनुसार कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि मंसिर २७ गते भर्न...
सहायक वन अधिकृतको बाटोमा निधन

सहायक वन अधिकृतको बाटोमा निधन

देश, समाचार, स्वास्थ्य
उपचारका लागि ल्याउँदै गर्दा डिभिजन वन कार्यालय रुकुम पूर्वका सहायक वन अधिकृत रामनारायण साहको बाटोमै मृत्यु भएको छ।  ५२ वर्षीय साहको रुकुमबाट दाङको तुलसीपुर आउँदै गर्दा बाटोमै गाडीमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले जानकारी दिए।  जनकपुर निवासी साह मंसिर २१ गते मात्रै सरुवा भएर रुकुम पूर्वमा हाजिर भएका थिए। डिएसपी सिंहका अनुसार  प्रेसरका विरामी साहलाई रुकुम पुगेको केही दिनपछि ज्वरो र खोकी सुरु भएको थियो। तर, उनी चिसोका कारण भएको हुन सक्ने ठानेर तातो पानी खाएर बसिरहेका थिए।  Advertisement एक-दुई दिन अगाडि ज्वरो अलि बढेपछि  उपचारका लागि रुकुम पूर्वका मेडिकलमा पुगेका उनलाई त्यसपछि ज्वरो र खोकीले झनैं च्यापेको थियो। स्वास्थ्यस्थिति जटिल बन्दै गएपछि बिदा मागेर उपचारका लागि दाङतर्फ आउँदै गर्...