२०८१ जेष्ठ ४

सहायक वन अधिकृतको बाटोमा निधन

उपचारका लागि ल्याउँदै गर्दा डिभिजन वन कार्यालय रुकुम पूर्वका सहायक वन अधिकृत रामनारायण साहको बाटोमै मृत्यु भएको छ। 

५२ वर्षीय साहको रुकुमबाट दाङको तुलसीपुर आउँदै गर्दा बाटोमै गाडीमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले जानकारी दिए। 

जनकपुर निवासी साह मंसिर २१ गते मात्रै सरुवा भएर रुकुम पूर्वमा हाजिर भएका थिए।

डिएसपी सिंहका अनुसार  प्रेसरका विरामी साहलाई रुकुम पुगेको केही दिनपछि ज्वरो र खोकी सुरु भएको थियो। तर, उनी चिसोका कारण भएको हुन सक्ने ठानेर तातो पानी खाएर बसिरहेका थिए। 


Advertisement


एक-दुई दिन अगाडि ज्वरो अलि बढेपछि  उपचारका लागि रुकुम पूर्वका मेडिकलमा पुगेका उनलाई त्यसपछि ज्वरो र खोकीले झनैं च्यापेको थियो।

स्वास्थ्यस्थिति जटिल बन्दै गएपछि बिदा मागेर उपचारका लागि दाङतर्फ आउँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो। 

‘सल्यानको कपुरकोटमा आउँदा स्वासप्रश्वासमा निकै गाह्रो भएछ र त्यहाँपनि बाटोमै तातोपानी ख्वाएर तुलसीपुरतर्फ आउँदै गर्दा बाटोमै मृत्यु भयो,’ डिएसपी सिंहले भने ‘तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइ पुर्‍याए लगतै सहायक वन अधिकृत साहलाई चिकित्सकले मृत घोषणा गरेका थिए।’

सहायक वन अधिकृत साहको मृत्यु मंसिर २९ गते बेलुका साढे ६ बजेतिर भएपनि उनी को हुन? भन्ने उक्त दिन नखुलेको तथा मंसिर ३० गते दिउँसो मात्रै उनी सहायक वन अधिकृत हुन भन्ने खुलेपछि आफन्तलाई बोलाइएको डिएसपी साहले बताए।

परिवारका सदस्य जनकपुरवाट गएराति १२ तिर मात्रै आइपुगेको  र बुधवार पोष्टमार्टमको लागि प्रयास भइरहेको डिएसपी सिंहले बताए। तर, परिवारका सदस्यहरुले भने पोष्टमार्टम गर्न अस्वीकार गरिरहेको डिएसपी सिंहले बताएका छन्।

साभार: सेतोपाटी 

Copy link
Powered by Social Snap