२०८३ बैशाख २३

Author: Raunak

झण्डै ८०० संक्रमित थपिए, १६ को मृत्यु

झण्डै ८०० संक्रमित थपिए, १६ को मृत्यु

देश, समाचार, स्वास्थ्य
बितेको २४ घण्टामा देशभर ७८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १०२९ जना संक्रमणमुक्त भएका छन् भने १६ जनाको मृत्यु भएको छ ।  Advertisement यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ भने निको हुनेको संख्या २ लाख ४१ हजार ३९२ जना पुगेको छ । यस्तै मृतकको संख्या १७६५ पुगेको मन्त्रालयले जनाएको छ ।  यससँगै देशभर हाल ९ हजार ३१७ जना सक्रिय संक्रमित रहेका छन् ।   साभार: रातोपाटी ...
होम आइसोलेशनमा बस्नेको खर्च ४२ लाख देखाई भ्रष्टाचार : टोखा नगरपालिका

होम आइसोलेशनमा बस्नेको खर्च ४२ लाख देखाई भ्रष्टाचार : टोखा नगरपालिका

देश, समाचार, स्वास्थ्य
टोखा नगरपालिकाले कोभिड–१९ पोजेटिभ भएर होम आइसोलेसनमा बसेका बिरामीको पोषण भत्तास्वरुप रु ४२ लाख नौ हजार १०० खर्च गरेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाको विसं २०७७ भदौमा बसेको ६२औँ नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार हालसम्म ७९२ कोरोना सङ्क्रमित परिवारलाई सन्तुलित भोजनका लागि उक्त रकम खर्च भएको हो । कोरोना सङ्क्रमण बढेसँगै टोखाको ६२औँ नगर कार्यपालिकाको बैठकले कोरोना पोजेटिभ भई घरमा बस्ने बिरामीका लागि १४ दिनसम्म सन्तुलित भोजनका लागि प्रतिदिन रु ३५० भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो । नगरपालिकाभित्र बसोबास गर्ने एक परिवारको एक जना मात्र कोरोना पोजेटिभ भएर होमआइसोलेसनमा बसेकालाई १४ दिनको एकमुष्ट रु चार हजार ९०० र एकै परिवारका एकभन्दा बढी व्यक्ति कोरोना पोजेटिभ भएर होमआइसोलेसनमा बस्नेलाई रु सात हजार उपलब्ध गराएको नगरपालिकाका आर्थिक शाखा प्रमुख ज्ञानबहादुर अधिकार...
तीन गाझा सहित पक्राउ : सर्लाही

तीन गाझा सहित पक्राउ : सर्लाही

देश, समाचार, सामाजिक
३ पुस, जनकपुरधाम । सर्लाहीको छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । इश्वरपुर नगरपालिका वडा नम्बर १२ स्थित बाँके चोकबाट साइकलमा सवार महोत्तरीका युवकलाई लागूऔषध गाँजासहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका ७ बस्ने २० वर्षीय रुपेश राय छन् । Advertisement उनले तरकारी बोक्ने क्रेटमा बर्काेले छोपी साइकलमा लैजाँदै गरेको १० किलो ५ सय ग्राम गाँँजा बरामद भएको सर्लाहीका प्रहरी प्रबक्ता मदन कुँवरले जानकारी दिए । यस्तै, लालबन्दी नगरपालिका-६ बाट ३६ किलो २६ ग्राम गाँजासहित मोटरसाइकलमा सवार दुई जनालाई पक्राउ गरेको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा.८३ प. ८४७१ नम्बरको मोटरसाइकल चेकजाँज गर्दा उक्त गाँजा बरामद भएको प्रहरीले जनाएको छ । गाँजा बरामद भएपछि मोटरसाइकलमा सवार सिन्धुलीको डा...
वैदेशिक रोजगारी अझ लाभदायी बनाउने छौ  : मन्त्री राय

वैदेशिक रोजगारी अझ लाभदायी बनाउने छौ : मन्त्री राय

देश, राजनीति, समाचार
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगारीलाई सबैले अनुभूति गर्न सक्ने गरी सुरक्षित, व्यवस्थित, मर्यादित तथा तुलनात्मकरूपमा बढी लाभदायी बनाउन सरकार गम्भीरतापूर्वक अगाडि बढेको बताएका छन् । अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा आज शुभकामना दिँदै उनले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक र तिनका परिवारको सुरक्षा, हित र कल्याणलाई सुनिश्चित गर्ने सवालमा देखिएका चुनौतीको सामना गर्दै यसको समुचित व्यवस्थापनका लािग निरन्तर अगाडि बढिरहेको बताएका छन् ।  Advertisement नेपालमा श्रमिकको अधिकारका लागि नीतिगत तथा कानूनी आधार तयार भइसकेको र योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यक्रम कार्यान्वयन भइरहेको उल्लेख गर्दै उनले प्रत्येक वर्ष आन्तरिक श्रम बजारमा प्रवेश गर्ने श्रमशक्तिलाई ध्यानमा राखी रोजगारीका अवसरहरु उपलब्ध गराउन सरकार प...
नेपालका परराष्ट्रमन्त्रीको भारत भ्रमण तालिका बन्दैछ : भारत सरकार

नेपालका परराष्ट्रमन्त्रीको भारत भ्रमण तालिका बन्दैछ : भारत सरकार

देश, विदेश / एन.आर.एन, समाचार
२ पुस, काठमाडौं । भारतले नेपालका परराष्ट्रमन्त्रीको भारत भ्रमणको मितिको बारेमा गृहकार्य भइरहेको बताएको छ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले मंसिरको अन्तिम साता भ्रमण गर्ने विषयमा छलफल भएपनि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी भित्रको विवादले केही पर सरेको छ । Advertisement भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भने,‘ भ्रमणको मितिको गृहकार्य भइरहेको छ ।’ परराष्ट्र मन्त्रालय स्रोतका अनुसार डिसम्बरको अन्तिम साता वा जनवरीको पहिलो साता भ्रमण गर्नेगरी गृहकार्य भइरहेको छ । एजेण्डाहरुको बारेमा भने छलफल भइरहेको छ । Credit: OnlineKhabar ...
बंगलादेशी रसायनिक मल ल्याउने संझौता

बंगलादेशी रसायनिक मल ल्याउने संझौता

अर्थतन्त्र, कर्पोरेट, देश, राजनीति, विदेश / एन.आर.एन, समाचार
बङ्गलादेशबाट ५० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्न दुई देशका सरकारी कम्पनीबीच सम्झौता भएको छ ।  नेपालकोतर्फबाट कृषि सामग्री कम्पनी लिमिटेड र बङ्गालादेशी केमिकल इन्डष्ट्रिज कम्पनीबीच आज सम्झौतापत्रमा हस्ताक्षर भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । सम्झौता भएको तीन महिनाभित्र बल्क र कार्गो गरी दुई तरिकाबाट चार चरणमा रासायनिक मल ल्याउने गरी सम्झौता भएको कृषि मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसीले जानकारी दिए ।  Advertisement उनका अनुसार मल खरिदको सम्झौतामा नेपालको तर्फबाट कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी र बङ्गलादेशकोतर्फबाट मोहमद अमिउल अहसनले संयुक्तरुपमा हस्ताक्षर गरेका छन् ।  बङ्गलादेशबाट मल आयातसँगै रासायनिक मलको अभावको समस्या समाधान हुने कृषि मन्त्रालयले जनाएको छ ।  यो मौसममा खेती ...
किसानलाई केही राहत : रिलायन्स सुगर मिल सञ्चालनको तयारी

किसानलाई केही राहत : रिलायन्स सुगर मिल सञ्चालनको तयारी

अर्थतन्त्र, देश, समाचार, सामाजिक
१ पुस, वीरगञ्ज । बाराको मनहर्वास्थित रिलायन्स सुगर एण्ड केमिकल ईन्डष्ट्रिज प्रालिले किसानलाई चलानी वितरण शुरु गरेको छ । शुक्रबारबाट उद्योग सञ्चालनमा ल्याउने तयारी गर्दै उद्योगले चलानी वितरण शुरु गरेको हो । किसानसँगको सहमतिमा उद्योग सञ्चालनमा ल्याउन चलान वितरण गरिएको उद्योगका सञ्चालक पूर्व सभासद राजकुमार अग्रवालले जानकारी दिए । ‘ यसअघि नै ६५ हजार क्विन्टल उखु खरिद गर्न चलानी पठाइसकेका छौं, ६० हजार क्विन्टलको चलानी दोस्रो लटमा आज पठाएका छौं’ अग्रवालले भने ‘७÷८ हजार क्विन्टल उखु आयो भने क्रसिङ शुरु गर्छौं ।’ Advertisement शुक्रबारबाट उद्योगले क्रसिङ शुरु गर्ने गरी तयारी सुरु गरिएको जानकारी उनले दिए । उद्योगले बारा, पर्सा र रौतहटका उद्योगको उखु संकलन गरेर क्रसिङ गर्दै आएको छ । सिजनमा ५० लाख क्वीन्टल उखु क्रसिङ गर्न सक्ने क्षमता रिलायन्स सुगर उद्योग...
शिक्षक श्रेष्ठका हत्यारा अझ फरार

शिक्षक श्रेष्ठका हत्यारा अझ फरार

देश, समाचार, सामाजिक
२ पुस, काठमाडौं । मोरङको मिक्लाजुङमा शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या भएको एक हप्ता वितिसक्दा पनि आरोपी समातिन सकेका छैनन् । अपराधको प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले जिम्मेवारी लिइसके पनि घटनामा संलग्न व्यक्ति नसमातिएका हुन् । हत्यामा संलग्न व्यक्ति पक्राउ नपर्दा मोरङको विकट क्षेत्र मिक्लाजुङ गाउँपालिका–१, बर्खेका बासिन्दा त्रासमा छन् । यो स्थानमा घटना अगाडि सुरक्षा निकायको उपस्थितिसमेत थिएन । हालै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले अस्थायी क्याम्प खडा गरेका छन् । Advertisement स्थानीयले चाहिँ स्थायीरुपमा सुरक्षाकर्मी राख्न पटकपटक माग गर्दै आएका थिए । हालै जिल्ला सुरक्षा समितिको बैठकले पनि नेपाल प्रहरी राख्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ । तर, प्रहरी समायोजनको प्रक्रिया सुरु हुन लागेकाले तत्काल स्थायी प्रहर...
कांग्रेस संसदीय दलको बैठक, गम्भीर छ एजेण्डा

कांग्रेस संसदीय दलको बैठक, गम्भीर छ एजेण्डा

देश, राजनीति, समाचार
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । शुक्रबार बिहान १०ः३० बजे संघीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा बैठक बोलाइएको काँग्रेस ससंदीय दलको कार्यालयले जानकारी दिएको छ । सरकारले मंगलबार संवैधानिक परिषद्का अध्यक्ष र बहाल रहेका बहुमत सदस्यको उपस्थितिमा बैठक बोलाउन सक्ने गरी अध्यादेश ल्याएमाथि छलफल गरिने बुझिएको छ । Advertisement बुधबार बसेको काँग्रेस पदाधिकारी बैठकले अध्यादेशका सम्बन्धमा संसदीय दलको छलफलबाट थप रणनीति बनाउने जनाएको थियो । बैठकमा संसद अधिवेशन बैठक बोलाउन सरकारलाई दबाब, सरकार कामको समीक्षा, अध्यादेशको विरोध, जनजीवकको सवालमा सरकारको उदासीनताका विषयमा छलफल हुने प्रमुख सचेतक बालकृष्ण खाणले रातोपाटीलाई जानकारी दिए । साभार: रातोपाटी ...
अप्रिय घटना बढेपछि अपरिचित व्यक्तिदेखि सजग रहन प्रहरीको आग्रह

अप्रिय घटना बढेपछि अपरिचित व्यक्तिदेखि सजग रहन प्रहरीको आग्रह

देश, समाचार
गाउँघरमा अपरिचित व्यक्तिको प्रवेश भएमा उनीहरूप्रति सजग रही सुरक्षा निकायलाई खबर गर्न रसुवा प्रहरीले आग्रह गरेको छ । स्थानीयस्तरमा अपरिचित व्यक्तिबाट गत मङ्सिर २१ गते कालिका गाउँपालिका–१ राम्चेको ग्राङ इलाका क्षेत्रमा स्कूले बालिकाको हत्या भएपछि गम्भीर रहेको रसुवा प्रहरीले यस्ता घटना न्यूनीकरण गर्न   सूचनाकोे सहयोगका लागि समुदायसमक्ष सहयोग मागेको हो । जिल्ला प्रहरी कार्यालय रसुवाले स्कूले ससाना बालबालिकाको संरक्षण गर्न जनहितकारी १६ बुँदे सूचनासमेत जारी गर्दै प्रहरीले दिएको सुरक्षासम्बन्धी सुझाव कार्यान्वयन गरिदिन आग्रह गरेको छ । जिल्ला प्रहरी प्रमुख इन्द्रप्रसाद सुवेदीका अनुसार कुनै पनि अपरिचित व्यक्ति गाउँमा प्रवेश गरेमा त्यस्तो व्यक्तिको पहिचान गरी नजिककोे सुरक्षाचौकी वा जिल्ला प्रहरी कार्यालय रसुवाको फोन नं ०१० ५४०१९९ वा मोबाइल नं ९८५१२७५५५५ तुरुन्त खबर पठाउने कामलाई पहिल...