२०८३ बैशाख २३

Author: Raunak

३० जना एसपीको सरुवा (सूचीसहित)

३० जना एसपीको सरुवा (सूचीसहित)

देश, राजनीति, समाचार
काठमाडौं । नेपाल प्रहरीका उपरिक्षक (एसपी)हरुको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार ३० जना एसपीहरुको सरुवा गरेका हुन् ।  जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी बेलबहादुर पाण्डेलाई सरुवा गरिएको छ ।  Advertisement झापामा सानुराम भट्टराई, मकवानपुरमा सोमेन्द्र सिंह राठौर, काभ्रेपलाञ्चोकमा भुपेन्द्र बहादुर खत्री, बारामा दिपेन्द्र शाहीलाई र सिन्धुलीमा आभुषण तिम्सिनालाई पठाईएको छ । कञ्चनपुरमा उमा प्रसाद चतुर्वेदीलाई सरुवा गरिएको छ ।त्यस्तै जिल्ला प्रहरी कार्यालय धनुषामा प्रकाश रानाभाटलाई सरुवा गरिएको छ । साभार: रातोपाटी ...
मैले बनाएको प्रधानमंत्री मैलाई घाँडो:  माधव नेपाल

मैले बनाएको प्रधानमंत्री मैलाई घाँडो: माधव नेपाल

देश, राजनीति, समाचार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले आफैले प्रस्ताव गरेर बनाएको प्रधानमन्त्री घाँडो भएको बताएका छन् । जनता समाजवादी पार्टी नेपालले मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष नेपालले यस्तो टिप्पणी गरेका हुन् । प्रधानमन्त्री ओलीले संसदमा विपक्षी पार्टीका नेताहरुलाई गरेका शब्दबाण सुनेर आफूलाई पोल्ने गरेको समेत उनले बताए । Advertisement यस्तै प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्दा देश भित्र र बाहिर कस्तो प्रभाव पार्छ भन्ने विचार नगरी बोल्ने प्रवृतिले आफूहरुलाई शिर निहुर्याएर बस्नुपर्ने अवस्थामा पुर्याएको समेत बताए । उनले भने– ‘संसदमा उहाँले विपक्षी पार्टीहरुसँग, विपक्षी नेताहरुसँग गरिएका शब्दबाणहरु सुन्नुहोस् । त्यो ओहोदामा पुगेको र देश...
निर्वाचन आयोग तात्यो: थाल्यो मतदान स्थल निर्माण

निर्वाचन आयोग तात्यो: थाल्यो मतदान स्थल निर्माण

देश, राजनीति, समाचार
२१ पुस, काठमाडौं । निर्वाचन आयोगले बिहीबारदेखि मध्यावधि चुनावका लागि मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्य सुरु गर्ने भएको छ । सरकारले संसद भंग गरेर वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन घोषणा गरेको छ । संसद विघटनविरुद्ध परेको रिटमा भोलिबाट सर्वोच्च अदालतमा निरन्तर सुनुवाइ गर्ने तयारी छ । Advertisement निर्वाचन आयोगले भने आफ्नो तयारी गरिरहेको छ । आयोगले अन्तिम मतदाता नामावली तयारी थालेको छ । मतदाता नामावलीसँगै गर्दा मतदान स्थल तथा मतदान केन्द्र निर्धारणसम्बन्धी काम पनि गर्नुपर्ने भन्दै आयोगले “मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७” र “मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन सम्बन्धी कार्यक्रम, २०७७” स्वीकृत गरेको छ । ‘पुस २३ गतेदेखि जिल्लास्तरमा मतदान स्थल तथा मतदान केन्द्र निर्धारण सम्बन्धी कार्य प्रारम्भ हुँदैछ’ आयोगले भ...
१८ वर्षीय संक्रमित युवकको मृत्यु : बीपी प्रतिष्ठान कोभिड अस्पताल

१८ वर्षीय संक्रमित युवकको मृत्यु : बीपी प्रतिष्ठान कोभिड अस्पताल

देश, समाचार, सामाजिक
२१ पुस, काठमाडौं । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १८ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका-११ का १८ वर्षीय युवकको मृत्यु भएको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको छ । Advertisement उनमा यही पुस ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन उनी प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए । कुनै पनि दीर्घ रोग नभएका ती युवकको उपचारको क्रममा मंगलबार बिहान साढे सात बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । Credit: OnlineKhabar ...
भारत सरकारसँग विरोध प्रकट गर्न कमल थापाद्वारा सरकारको ध्यानाकर्षण

भारत सरकारसँग विरोध प्रकट गर्न कमल थापाद्वारा सरकारको ध्यानाकर्षण

देश, राजनीति, समाचार
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सोमबार भएको कञ्चनपुर घटनाबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।  मंगलबार सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सीमाक्षेत्रमा एक नेपालीलाई गोली प्रहार गरी घाइते बनाएको घटनाप्रति घोर भत्सर्ना गरेका छन् । उनले घटनाको छानबिन गर्न,भारत सरकारसँग बिरोध प्रकट गर्न र दोषीलाई कारबाही गर्न सरकारको ध्यान आकर्षित गरेका छन् ।  Advertisement उनले भनेका छन् - 'कञ्चनपुरको दोधारा चाँदनी नपास्थित नेपाल-भारत सीमामा भारतीय सुरक्षाकर्मीले सोमबार साँझ १६ बर्षिय नेपाली नागरिक नरेन्द्र लुहारमाथि गोली प्रहार गरेको घटनाको घोर भत्सर्ना गर्दछु।घटनाको छानबिन गर्न,भारत सरकारसँग बिरोध प्रकट गर्न र दोषीलाई कारबाही गर्न सरकारको ध्यान आकर्षित गर्दछु'  सोमबार साझँ भारतीय ...
मोटरसाइकलले ठोकिएर हरिणको मृत्यु

मोटरसाइकलले ठोकिएर हरिणको मृत्यु

देश, समाचार, सामाजिक
२१ पुस, जनकपुरधाम । बारामा कारको ठक्करबाट बाघको मृत्यु भएको एक हप्ता नबित्दै सर्लाहीमा मोटरसाइकलको ठक्करबाट हरिणको मृत्यु भएको छ । बाग्मती नगरपालिका ३ स्थित नयाँरोड–बरहथवा सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प.४००९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा हरिणको घटनास्थलमै मृत्यु भएको हो । Advertisement हरिणलाई सोमबार राति ठक्कर दिएपछि मोटरसाइकल पल्टिँदा त्यसका चालक सप्तरीको कन्चनरुप नगरपालिका–११ बस्ने २२ वर्षीय सुनिल थापा सामान्य र पछाडि सवार सर्लाहीको हरिपुर नगरपालिका–१ बस्ने २५ वर्षीय शिव कुमार महतोको टाउको र वायाँ कुममा चोट लागेको छ । दुबैको हनुमन्ते अस्पताल बरहथवामा उपचार भइरहेको सर्लाहीका प्रहरी प्रजक्ता मदन कुँवरले जानकारी दिए । इलाका वन कार्यालय मुर्तीयाको टोलीलाई मोटरसाइकल र मृतक हरिण जिम्मा लगाइ पठाइएको कुँवरले बत...
कोरोना संक्रमित वृद्धको मृत्यु : बाँकेमा

कोरोना संक्रमित वृद्धको मृत्यु : बाँकेमा

देश, समाचार, सामाजिक, स्वास्थ्य
२० पुस, काठमाडौं । बाँकेमा कोरोना संक्रमणबाट एकजना वृद्धको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारको क्रममा बाँकेको बैजनाथ गाउँपालिका-२ का ७६ वर्षीय वृद्धको सोमबार साँझ ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि भेरी अस्पतालमा १५ पुसमा उनको पीसीआर परीक्षण गरिएकोमा त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो । Advertisement क्यान्सरका समेत बिरामी रहेका उनी पुस १८ गते अस्पतालमा भर्ना भएका थिए । रोगको प्रकृति अनुसार उनको उपचार गरिएपनि बचाउन नसकिएको अस्पतालले जनाएको छ । Credit: OnlineKhabar ...
१२ दिनदेखि बालक फेला पार्न सकिएन

१२ दिनदेखि बालक फेला पार्न सकिएन

देश, समाचार
बागलुङ बजारबाट एक बालक विगत १२ दिनदेखि बेपत्ता भएको परिवारले जनाएको छ ।  बागलुङ बजारको कालिका कन्यामन्दिर माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत १४ वर्षीय बालक रोशन विश्वकर्मा विगत १२ दिनदेखि परिवारको सम्पर्कमा नरहेका कारण खोजीमा सहयोग गरिदिन उनको परिवारले सबैमा आग्रह गरेको छ ।  Advertisement बागलुङ नगरपालिका–३ स्थित पुरानो सिनामा रोड बस्ने विश्वकर्मा पुस ९ गतेदेखि बेपत्ता भएको रोशनकी आमा दुर्गा विश्वकर्माले जानकारी दिए । “दुई दिन साथीकामा बसेर घर आएपछि कहाँ गएर आएकोभन्दा उल्टै पैसा मागेको थियो”, उनले भने, “त्यसपछि उल्टै मलाई गाली गर्दै घरबाट निस्केको हो, अहिलेसम्म सबै आफन्तकामा खोजी कार्य गर्दासमेत भेटिएको छैन ।”  आफ्नो छोराको खोजीमा सहयोग गर्न उहाँले सबैमा अपिल गर्नुभएको छ । कक्षा ९ पास गरेपछि बन्दाबन्दी भएका कारण रोशन कक्षा १० मा अध्ययनका ला...
आन्दोलन नेकपाकै शक्तिको भरमा: रघुजी पन्त

आन्दोलन नेकपाकै शक्तिको भरमा: रघुजी पन्त

देश, राजनीति, समाचार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधव पक्षका स्थायी कमिटी सदस्य रघुजी पन्तले आगामी आन्दोलन नेकपाकै शक्तिको भरमा अघि बढ्ने बताएका छन् । सोमबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-माधव पक्षको स्थायी कमिटी बैठकपश्चात सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ स्थायी कमिटी सदस्य पन्तले सरकारको संसद विघटनको असंवैधानिक कदमका विरुद्ध संयुक्त आन्दोलनको लागि प्रयास जारी राख्दै आगामी आन्दोलन भने नेकपाकै शक्तिको भरमा अगाडी बढाउने बताएका हुन् । Advertisement पन्तले संसद विघटनको सम्बन्धमा सर्वोच्च अदालतले कुनै नेता अथवा आन्दोलनकारीको मुख हेरी फैसला नगर्ने टिप्पणी गरे । सर्वोच्च अदालतले संविधान हेरेर फैसला गर्ने भएकोले संसद विघटनको जवाफ पुनस्र्थापना बाहेक केही हुन नसक्ने उनले बताए । संविधानले संसद विघटनको अधिकार प्रधानमन्त्...
मन्त्रिपरिषद् विस्तारबारे सरकारका नाममा कारण देखाउ आदेश जारी

मन्त्रिपरिषद् विस्तारबारे सरकारका नाममा कारण देखाउ आदेश जारी

देश, राजनीति, समाचार
प्रधानमन्त्री केपी ओलीले १० पुसमा गरेको मन्त्रिपरिषद् विस्तार विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटको आज सुनुवाई भएको छ । रिट निवेदक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीका अनुसार उनले मन्त्रिपरिषद् विस्तार गैरसंवैधानिक कदम भएकाले अन्तरिम आदेश जारी गरी पाउँ भनेर निवेदन दिएका थिए ।  Advertisement सो रिटमा न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले मिति नै तोकेर पुस २८ गते सरकारका प्रतिनिधिलाई मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने कारणसहित उपस्थित हुन आदेश दिएको हो । ‘सरकारका नाममा कारण देखाउ आदेश जारी भयो’, त्रिपाठीले भने, ‘मिति नै तोकेर सरकारलाई उपस्थित हुन आदेश जारी भएको छ ।’ पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि संविधानको धारा ७७ अनुसार ओली सरकार काम चलाउको हैसियतमा छ । काम चलाउ सरकारले मन्त्रिपरिषद् विस्तार गर्न पाउँदैन । तर, ओलीले संविधानको व्यवस्था विपरित...