२०८३ बैशाख २३

Author: Raunak

मेलम्चीको पानी वितरण अन्तिम तयारी

मेलम्चीको पानी वितरण अन्तिम तयारी

देश, समाचार
काठमाडौँ उपत्यकामा मेलम्चीको पानी ल्याउन पुनः परीक्षण गर्ने तयारी भइरहँदा पानी वितरणका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । मेलम्ची खानेपानी विकास समितिले पानी पुनः परीक्षणको तयारी गरिरहँदा आयोजना कार्यान्वयन निर्देशनालले अधिकांश स्थानमा नयाँ र कतिपय स्थानमा पुरानो पाइपबाट वितरणका लागि तयारी अघि बढाएको हो । Advertisement निर्देशनालयको जिम्मेवारी सुन्दरीजलमा पानी झरेपछि उपत्यकामा समानुपातिक वितरण गर्न पूर्वाधार तयार गर्ने भएकाले त्यसैको काम भइरहेको निर्देशनालयका सूचना अधिकारी उज्ज्वल प्रजापतिले बताए । उनका अनुसार धेरै काम सकिए पनि अहिले बाँकी काम भइरहेको छ । उनले भने, “पाइप निर्माण भएका ठाउँमा नयाँ र नभएका स्थानमा पुरानो पाइपबाटै पानी वितरण गर्ने योजना छ ।” पानी वितरणका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण सकिएका ठाउँमा परीक्षण (टेस्टिङ एण्ड...
नेपाली विद्यार्थीले पनि इ–९ भिसा पाउन जुर्यो

नेपाली विद्यार्थीले पनि इ–९ भिसा पाउन जुर्यो

देश, शिक्षा, समाचार
दक्षिण कोरिया सरकारले यहाँ अध्ययनरत विदेशी विद्यार्थीलाई पनि इ–९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ । इ–९ भिसा कोरियन भाषा परीक्षा उत्तीर्ण गरी इपिएस प्रक्रियामार्फत कोरियामा रोजगारीका लागि आउने प्रवासी श्रमिकलाई दिने भिसा (प्रवेषाज्ञा) हो । यहाँ अध्ययनरत विज्ञान र इञ्जिनीयरिङ विषयमा स्नातक प्राप्त विदेशी विद्यार्थीलाई रोजगारी प्रदान गर्ने हेतुले सो भिसा प्रदान गर्न लागिएको यहाँको श्रम मन्त्रालयलाई उद्यृत गर्दै प्रवासी श्रमिक युनियनका अध्यक्ष उदय राईले बताए । Advertisement यहाँको  रोजगार तथा श्रम मन्त्रालयले तयार पारेको अवधारणाका विषयमा कानून मन्त्रालयसँगको समन्वयमा यो वर्षभित्र नयाँ कानून कार्यान्वयनमा ल्याउने गरी काम शुरु भएको छ । यस अवधारणालाई कार्यान्वयन गर्नुअघि कानून मन्त्रालयले सर्वेक्षण गर्नेछ र आवश्यक निर्णय लिनेछ । इपिएस प्...
परिस्थितिअनुसारको योजना लागू गर्छौ : प्रहरी महानिरीक्षक

परिस्थितिअनुसारको योजना लागू गर्छौ : प्रहरी महानिरीक्षक

देश, समाचार
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा पदोन्नति भएका नौ प्रहरी अधिकृतलाई आज दज्र्यानी चिन्ह प्रदान गरिएको छ । सरकारको गृहमन्त्रीस्तरको बुधबारको निर्णयानुसार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा आज एक समारोहका बीच उनीहरुलाई दज्र्यानी चिन्ह प्रदान गरे । Advertisement दज्र्यानी चिन्ह प्राप्त गर्नेमा प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, राजेशकुमार लाल कर्ण, डा देवबहादुर बोहरा, दिवेश लोहनी, रामकृपाल साह, उमेश रञ्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्य रहेका छन् ।  उक्त समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका प्रहरी नायब महानिरीक्षकलाई बधाई दिँदै प्राप्त जिम्मेवारीलाई नयाँ ऊर्जाका साथ निर्वाह गर्न निर्देशन दिए । उक्त अवसरमा पदोन्नति भएका प्रहरी अध...
संसद विघटनविरुद्ध मसाल जुलुस : बुटवल

संसद विघटनविरुद्ध मसाल जुलुस : बुटवल

देश, समाचार, सामाजिक
२३ पुस ,बुटवल । प्रतिनिनिधसभा विघटनको विरोधमा नेकपा प्रचण्ड–माधव पक्षका कार्यकर्ताहरुले बुटवलमा मसाल जुलुस निकालेका छन् । Advertisement संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदम भन्दै उनीहरुले बुटवलमा बिहीबार साँझ मसाल जुलुस प्रदर्शन गरेका हुन् । प्रधानमन्त्री ओलीविरुद्ध चर्को नाराबाजी गर्दै उनीहरुले बुटवलको ट्राफिक चोकमा प्रधानमन्त्रीको पुत्ला समेत जलाएका छन् । Credit: OnlineKhabar ...
धुर्मुस-सुन्तलीलेको नमूना बस्तीमा चिसोबाट तीनको मृत्यु

धुर्मुस-सुन्तलीलेको नमूना बस्तीमा चिसोबाट तीनको मृत्यु

देश, समाचार, स्वास्थ्य
हास्य कलाकार धुर्मुस सुन्तलीले महोत्तरी जिल्लाको बर्दिबासमा बनाएको एकीकृत नमूना बस्तीमा चिसोका कारण एकै परिवारका तीन सदस्यको मृत्यु भएको छ ।  बीस दिनका अवधिमा स्थानीयवासी रामरती सदाका घरमा एक बुहारी, एक नाति र एक नवजात नातिनीको मृत्यु भएको हो । Advertisement पत्रकारको एक समूह आज मुसहरको एकीकृत बस्तीमा उनीहरुको अवस्थाबारे सोधखोज गर्न जाँदा रामरतिको परिवारमा ठूलो बज्रपात भएको खुलासा भएको हो ।  ओढ्ने, ओछ्याउने, पर्याप्त न्यानो लुगाफाटा (सिरक, डसना) तथा तातो खानेकुराका अभावमा यही पुस ९ गते रामरतिकी ३५ वर्षीया गर्भवती बुहारी सितोलाई अत्यधिक चिसो लागेको र अत्यधिक रक्तश्राव भएपछि उनलाई उपचारका लागि बर्दिबास अस्पतालमा लगिएको थियो ।  उनले रक्तश्रावकै बीच छोरी जन्माएकी थिइन् । केहीबेरको अस्पताल बसाइपछि नै उनको मृत्यु भएको थियो ।  साथै नवजात शिशुको ...
काठमाडौंबाट चिनियाँ नागरिक अपहरणको आरोपमा ४ जना पक्राउ

काठमाडौंबाट चिनियाँ नागरिक अपहरणको आरोपमा ४ जना पक्राउ

देश, समाचार, सामाजिक
काठमाडौं । काठमाडौंबाट चिनियाँ नागरिकलाई अपहरण गरेर बन्धक बनाएको आरोपमा दुई चिनियाँसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । तिलगंगास्थित होटल आनन्दबाट पुस १९ मा चिनियाँ नागरिक लिउ विपिङ्ग र लि जियाओनिङ्गलाई सिन्धुपाल्चोकका दुई जनाले अन्य दुई चिनियाँसँग मिलेर अपहरण गरेका थिए । Advertisement अपहरणमा संलग्न सिन्धुपाल्चोकका दावा पासाङ लामा, भक्ते लामा उर्फ साईला, चिनियाँ नागरिक ऊ चाओ र झाङ्ग उईलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए । अपहरणकारीले चिनियाँ नागरिकलाई ट्याक्सीमा राखेर सिन्धुपाल्चोकको मार्मिङमा लगेर कुटपिट गरेको पीडितले प्रहरीलाई बताएका छन् । दावा लामा समूहको कुटपिटबाट घाइते चिनियाँको ग्वार्कोस्थित विएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।  आरोपीहरुलाई प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्धा चलाएको छ । आर्थिक...
केपी ओलीलाई युगौंयुगसम्म नेपालीहरूले सम्झिरहने छन् : सांसद भट्टराई

केपी ओलीलाई युगौंयुगसम्म नेपालीहरूले सम्झिरहने छन् : सांसद भट्टराई

देश, राजनीति, समाचार
२३ पुस, काठमाडौं । राष्ट्रियसभाका सांसद खिमलाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालीहरूले युगौंयुगसम्म सम्झिरहने बताएका छन् । बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले भने, ‘चीनसँगको पारवहन सम्झौताले गर्दा नेपालले कहिल्यै नाकाबन्दीको सामना गर्नु नपर्ने भएको छ । केपी ओलीको यो गुण नेपालीहरूले युग–युगसम्म नेपालीहरूले सम्झिरहने छन् ।’ Advertisement ओली नेतृत्वको सरकारले गर्व गर्न लायक प्रशस्त काम गरेको नेकपा ओली पक्षका सांसद भट्टराईको भनाइ छ । तुइन युगको समाप्ति, लोडसेडिङ अन्त्य, संघीयताको संस्थागत विकास, सुरक्षा अंगको व्यवस्थापन, धरहरा निर्माण अन्तिम चरणमा पुगेको र मेलम्ची निर्माण कार्य अन्तिम चरणमा पुगेको बैठकमा उनले बताए । सरकारको संसद संसद विघटनको निर्णय संविधान बमोजिम भएको उनले दाबी गरे । Credit: OnlineKhabar ...
इन्स्पेक्टर शर्मा निलम्बित : थानकोटका

इन्स्पेक्टर शर्मा निलम्बित : थानकोटका

देश, राजनीति, समाचार
२३ पुस, काठमाडौं । महानगरीय प्रहरी वृत्त, थानकोटको मुद्दा फाँटमा कार्यरत प्रहरी निरीक्षक गायत्रीराज शर्मालाई निलम्बन गरिएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालको सिफारिसमा गृह मन्त्रालयले शर्मालाई निलम्बन गरेको हो । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एक अधिकृतका अनुसार सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको अभियोगमाथि छानविन थाल्न उनलाई निलम्बन गरिएको हो । Advertisement थानकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) घनश्याम श्रेष्ठले गरेको रिपोर्टिङका आधारमा काठमाडौंका एसएसपी अशोक सिंहले शर्माविरुद्ध छानविन थालेका थिए । शर्मालाई निलम्बन गरिएसँगै छानविनका लागि छुट्टै समिति बनाउने तयारी छ । कलंकीमा भएको एक दुर्घटनामा अनुसन्धान प्रतिवेदन ढिला बुझाएर नियमित प्रक्रियालाई लम्ब्याएको अभियोग शर्मामाथि छ । त्यसवापत उनले हिरासतमा रहेका व्यक्तिका निकटस्थसँग...
लोडसेडिङ गरेका छैनौँ : नेपाल विद्युत प्राधिकरण

लोडसेडिङ गरेका छैनौँ : नेपाल विद्युत प्राधिकरण

देश, समाचार
File Photos: THT उपभोक्तालाई गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् उपलब्ध गराउन प्रसारण तथा बितरण लाइन र सबस्टेसन सुदृढीकरणका लागि चालिएका कदमबाट विद्युत छिनछिनमा जाने (ट्रिपिङ)को समस्या घट्दै गएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । Advertisement नेपाल विद्युत प्राधिकरणको तथ्याङअनुसार, विद्युतको माग सबैभन्दा बढी हुने काठमाडौँ उपत्यकामा यस वर्षको मंसिरमा  ३ सय ४७ पल्ट ट्रिपिङ भएको छ । काठमाडौँ उपत्यका र यस आसपासका जिल्लामा विद्युत् आपूर्ति गर्ने १४ वटा सबस्टेसनमा ट्रिपिङ हुँदा २२ घण्टा  विद्युत अवरोध भएको छ । गत वर्षको मंसिरमा ५ सय ७७ पटक ट्रिपिङ भई ६५ घण्टा विद्युत आपूर्ति बन्द भएको थियो ।  प्रणालीमा माग अनुसार आपूर्तिका लागि पर्याप्त विद्युत रहेकाले घोषित/अघोषित रुपमा विद्युत विद्युत कटौती (लोडसेडिङ) नगरिएको प्राधिकरणका कायम म...
ट्रम्प समर्थक आक्रामक : हिंसामा मर्नेको संख्या चार पुग्यो

ट्रम्प समर्थक आक्रामक : हिंसामा मर्नेको संख्या चार पुग्यो

विदेश / एन.आर.एन, समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार वासिङ्टनस्थित संसद भवनमा फैलाएको हिंसामा परी चार जनाको मृत्यु भएको छ। मेट्रो डिसी प्रहरीले १ जना महिलाको गोली लागेर र अरू तीन जना (एक महिला र दुई पुरूष) को अन्य स्वास्थ्य समस्याका कारण मृत्यु भएको जनाएको छ। Advertisement अहिलेसम्म सुरक्षाकर्मीले ५२ जनालाई पक्राउ गरेका छन्। तीमध्ये ४७ जनालाई कर्फ्यू उल्लंघनको आरोपमा समातिएको हो। अधिकारीहरूले संसद भवनभित्र दुईटा पाइप बम पनि फेला परेको जनाएका छन्। वासिङ्टन डिसीका मेयर मुरियल बोउजरले नगरमा १५ दिनका लागि आपतकाल लगाएका छन्। यसअघि बुधबार नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनको इलेक्टोर कलेज मतको अन्तिम परिणाम सार्वजनिक गर्न कंग्रेसको बैठक बसिरहेका बेला ट्रम्प समर्थक सुरक्षा बार तोड्दै भवनभित्र पसेका थिए। ट्रम्पले नै चुनाव जितेको बताउने उनीहरूले ...