२०८३ बैशाख २४

Author: Raunak

बन्द सफल पार्न ‘ चिउरा – पानि’ लिएर सडकमा प्रचण्ड

बन्द सफल पार्न ‘ चिउरा – पानि’ लिएर सडकमा प्रचण्ड

देश, राजनीति, समाचार
काठमाडौं । संवैधानिक नियुक्तिको विरोधमा देशव्यापी आमहड्ताल गरेको नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सडकमा निस्किएका छन् । अध्यक्ष प्रचण्ड नेता कार्यकर्ताका साथमा ललितपुरको सातदोवाटो, कोटेश्वर, पुल्चोकलगायतका क्षेत्रमा प्रदर्शनमा उत्रिएका हुन् ।  सातदोवाटोमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले ओली कदमका विरुद्ध आगामी फागुन पहिलो साताबाट जनआन्दोलन नै सुरु गर्ने प्रतिक्रिया दिए । ‘लोकतन्त्रमाथि प्रहार भएको छ । जसरी असंवैधानिक र अलोकतान्त्रिक तरिकाले संसद् विघटन गरिएको छ त्यसको विरुद्धमा हाम्रो आन्दोलन हो,’ प्रचण्डले भने, ‘यो आन्दोलन केपी र प्रचण्डबीचको जुहारी नभइ गणतन्त्र पक्षधर गणतन्त्रविरोधीबीको लडाइँ हो ।’  Advertisement साभार: रातोपाटी ...
बन्दको अवज्ञा गरेको भन्दै चार वटा ट्रकमा तोडफोड

बन्दको अवज्ञा गरेको भन्दै चार वटा ट्रकमा तोडफोड

देश, राजनीति, समाचार, सामाजिक
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा सञ्चालन गरेको भन्दै बन्दकर्ताले चार ट्रकमा तोडफोड गरेका छन् ।  जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेका दुइ र वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको एउटा ट्रक तोडफोड गरेका हुन् ।  Advertisement बन्दकर्ताले ना३ख ३९३, ना१क १४३५ र ना८ख ४४८० नम्बरको ट्रक तोडफोड गरेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका बन्द कर्ताले भरतपुर महानगरपालिका–१ भतेरीमा ट्रक तोडफोड गरेका हुन् ।  यस्तै टाँडीबाट नारायणगढतर्फ आउँदै गरेको ना४ख ८८५५ नम्बरको मालबाहक ट्रकलाई भरतपुर महानगरपालिका–१२ मिलनचोकमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।  साभार: रातोपाटी ...
फागुन पहिलो साताबाट संयुक्त आन्दोलन : प्रचण्ड

फागुन पहिलो साताबाट संयुक्त आन्दोलन : प्रचण्ड

देश, राजनीति, समाचार
२३ माघ, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्भवतः फागुन पहिलो साताबाट संयुक्त आन्दोलन हुने बताएका छन् । संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गर्दै आफ्नो समूहले आहृवान गरेको आमहड्तालका क्रममा प्रचण्ड सातदोबाटो चोकमा पुगेर नाराबाजी गरेका छन् । Advertisement त्यसक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले हड्ताल आफूहरुको बाध्यता भएको बताए । सरकारले बलमिच्याई गरेर संवैधानिक निकायहरुमा नियुक्ति गरेकाले त्यसबारे जनतालाई जानकारी दिन सडकमा आउनु परेको उनले बताए । यो लोकतन्त्र र लोकतन्त्र विरोधीको लडाइँ भएको भन्दै उनले भने, ‘यस्तो नभइदिए हुन्थ्यो भन्ने जनताको भावना हामीले बुझेका छौं, सम्मान पनि गर्छौं । तर कहिले काँही यस्तो बाध्यात्मक अवस्था आउँछ । यो संविधानको रक्षाका लागि हो ।’ संसद विघटन र संवैधानिक नि...
दुई वर्षीय बालक बेपत्ता : सिराहा

दुई वर्षीय बालक बेपत्ता : सिराहा

देश, मिश्रित, समाचार, सामाजिक, सूचना
२१ माघ, जनकपुरधाम । सिराहाबाट दुई वर्षीय बालक बेपत्ता भएका छन् । सिराहा नगरपालिका-१ बस्ने प्रदीप यादवका दुई वर्षीय छोरा इशान्त मंगलबार साँझदेखि हराइरहेको प्रहरीले जनाएको छ । आफ्नै आँगनमा खेलिरहेका बालक हराएपछि परिवारजनले उनको अपहरणको आशंका गरेका छन् । Advertisement यद्यपि प्रहरीले अपहरण पुष्टि हुन नसकेको बताएको छ । सिराहाका प्रहरी प्रबक्ता शालिग्राम शर्माले बच्चा हराएको भनेर खबर आएको बताए । ‘जिल्ला प्रहरी कार्यालयमा पनि बच्चा हराएकै भनेर निवेदन आएको छ,’ उनले भने, ‘हामी तीब्र रुपमा खोजी गरिरहेका छौं ।’ Credit: OnlineKhabar ...
प्रदेशसभाको स्थापना दिवसमा मुख्यमन्त्री नै अनुपस्थित

प्रदेशसभाको स्थापना दिवसमा मुख्यमन्त्री नै अनुपस्थित

देश, राजनीति, समाचार
बुटवल । लुम्बिनी प्रदेश सभाको तेस्रो स्थापना दिवसको समारोहमा  मुख्यमन्त्री  शंकर पोखरल र आन्तिरक मालिला मन्त्री प्रसाद केसी अनुपस्थीत भएपछि खल्लो महसुह भएको भएको छ । २०७४ माघ २१ गते पहिलो बैठक बसेको मितिका आधारमा लुम्बिनी प्रदेशसभाले बुधबार स्थापना दिवस तामझामबीच मनाउदाँ मुख्यमन्त्री पोखरेल  र आन्तरिक मामिला मन्त्री कुल प्रसाद केसी उपस्थति नहुँदा खल्लो महसुस भएको प्रदेससभा सदस्यहरुले बताएका छन् । पार्टीको आन्तरिक विवादका कारण प्रदेशमा भन्दा केन्द्रीय राजधानीमा सक्रिय देखिएका उनीहरुले प्रदेश स्थापना दिवसलाई प्राथमिकता नदिएको अनुमान धेरैले लगाएका छन् ।  प्रदेश सभाले मुख्यमन्त्री, मन्त्रीदेखि प्रदेशसभा सदस्यहरु सबैलाई औपचारिक निमन्त्रणा गरेको थियो । लुम्बिनी प्रदेश सभाका प्रवक्ता श्याम  प्रसाद श्रेष्ठले  कार्यक्रमका लागि मुख्यमन्त्री, मन्त्री तथा प्रदेससभा सदस्यहरु सबैलाई औ...
मानव अधिकारको संरक्षणमा खटिराख्चु : अध्यक्ष मगर

मानव अधिकारको संरक्षणमा खटिराख्चु : अध्यक्ष मगर

देश, समाचार, सामाजिक
राष्ट्रिय मानव अधिकार आयोगका नवनियुक्त अध्यक्ष तपबहादुर मगर तथा सदस्य डा सूर्य ढुङ्गेल, मिहिर ठाकुर, मनोज दुवाडी र लिली थापाले आज आयोगमा पदभार ग्रहण गरेका छन् । आयोगमा आज आयोजित पदभार ग्रहण कार्यक्रममा आयोगका  अध्यक्ष मगरले मानव अधिकारको प्रभावकारी संरक्षण, सम्बद्र्धन तथा कार्यान्वयनको सुनिश्चितामा सक्रियतापूर्वक लागिरहने प्रतिबद्धता व्यक्त गरे । Advertisement पदभारअघि, आयोगका अध्यक्ष मगरले राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । सोही समारोहमा आयोगका नवनियुक्त सदस्यलाई आयोगका अध्यक्ष मगरले शपथ ग्रहण गराएका थिए । संवैधानिक परिषद्ले नेपालको संविधानको धारा २४८ को उपधारा (२) बमोजिम आयोगको अध्यक्ष तथा सदस्यमा उनीहरुको नियुक्तिका लागि सिफारिस गरेको थियो । साभार:...
२४ घण्टामा थपिए १४२ संक्रमित, एकको मृत्यु

२४ घण्टामा थपिए १४२ संक्रमित, एकको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
पछिल्लो २४ घण्टामा देशभर १४२ जना संक्रमित थपिएका छन् । ३ हजार ५९७ पीसीआर परीक्षण गर्दा ५२ जना महिला र ९० जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ७१ हजार ४३१ पुगेको छ । आज थपिएका संक्रमितमध्ये ५५ जना काठमाडौँ उपत्यकाका रहेका छन् । यसमा २५ जना मuहिला र ३० जना पुरुष रहेका छन् । Advertisement पछिल्लो २४ घण्टामा थप २०६ जना निको भएका छन् । हालसम्म नेपालमा २ लाख ६७ हजार ६५ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९८.४ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा थप १ जनाले ज्यान गुमाएका छन् । नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको कूल संख्या २ हजार ३१ रहेको छ । हाल संस्थागत आइसोलेसनमा ८८१ जना रहेका छन् भने आईसीयूमा ६१ र भेन्टिलेटरमा १७ जना रहेका छन् । भोजपुर, कालिकोट, रुकुम ...
संवैधानिक आयोगमा नियुक्त पदाधिकारीको सपथ ग्रहणप्रति काँग्रेसको विमति

संवैधानिक आयोगमा नियुक्त पदाधिकारीको सपथ ग्रहणप्रति काँग्रेसको विमति

देश, राजनीति, समाचार
काठमाडौं । नेपाली काँग्रेसले  संवैधानिक आयोगमा सिफारिस गरिएका पदाधिकारी र सदस्यहरुको सपथ ग्रहणप्रति विमति जनाएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार ट्विट गर्दै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश, त्यसपछिको बैठक र आजको सपथ ग्रहणमा काँग्रेसको विमति रहेको जानकारी दिए । संवैधानिक आयोगमा सिफारिस भएका ३२ जनाले बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा शपथ लिएका थिए । सभामुख र प्रतिपक्षी दलका नेताको उपस्थित वेगर गत ३० मंसिरमा बसेको संवैधानिक परिषद्को बैठकले ११ आयोगका ३८ पदमा नियुक्ति सिफारिस गरेको थियो । सरकारका यी कदमले संसद् विघटनको विरोधमा सरकारविरुद्ध जारी सडक आन्दोलनलाई अझै घनिभूत बनाइने शर्माले बताए । उनले लेखेका छन्, ‘दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्म विपरितको कर्मसाथ सर्वसत्ता उन्मुख प्रवृत्तिविरुद्ध, संघर्ष झनै घनिभूत बनाउनुपर्ने निष्कर्षमा छौं हामी ।...
आजको मौसम : कहाँ छ हिमपातको सम्भावना ?

आजको मौसम : कहाँ छ हिमपातको सम्भावना ?

देश, समाचार
b हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागमा आशिंक बदली रहेको छ भने बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ।तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको अवस्था छ । बुधबार देशको सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि पहाडी भू-भागमा आंशिक बदली  साथै अन्य भू-भागहरुमा  मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू -भागका केही स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ। Advertisement प्रदेश नं १, सुदूर पश्चिम र गण्डकी प्रदेशको  उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक-दुई स्थानमा हल्का हिमपातको संभावना रहेको साथै तराईका भू-भागहरुमा  हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। बिही...
भिजेर काम नलाग्ने भयो रु २८ करोडको मल

भिजेर काम नलाग्ने भयो रु २८ करोडको मल

अर्थतन्त्र, देश, समाचार, सामाजिक
साल्टट्रेडिङ कर्पोरेशन लिमिटेडले तेस्रो मुलुकबाट आयात गरी नेपाल भित्र्याएको छ हजार ६०० मेट्रिक टन रासायनिक मलमध्ये रु २८ करोड मूल्य बराबरको छ हजार २५० मेट्रिक टन मल भिजेर काम नलाग्ने भएको छ । भदौ ६ गते वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा आएको पाँच महिना भइसक्दा सबै मल पानीले भिजेर डल्ला परेकाले भन्सार जाँचपास हुनसकेको छैन । रु २८ करोड मूल्य बराबरको एक लाख २५ हजार बोरा रहेको उक्त मल काम नलाग्ने भएपछि यसको जिम्मेवारी कर्पोरेशनले लिन नसक्ने क्षेत्रीय प्रबन्धक अमोज लामिछानेले राससलाई बताए । कम्पनीले आयातकर्ता स्वीस सिङ्गापुरमार्फत उक्त मल मगाएको हो । सो मल सुक्खा बन्दरगाह भन्सार कार्यालयको ‘यार्ड’मा यत्रतत्र छरिएको अवस्थामा छ । उक्त मलको आपूर्तिकर्ता स्वीस सिङ्गापुरमार्फत साल्टट्रेडिङ कर्पोरेशनले भारतको कोलकाता बन्दरगाहबाट रेलमार्ग भएर वीरगञ्जको सुक्खा बन्...