२०८३ बैशाख २४

Author: Raunak

बेंसीशहर–चामे सडक खुल्यो

बेंसीशहर–चामे सडक खुल्यो

देश, समाचार, सामाजिक
२३ माघ, लमजुङ । लमजुङ र मनाङ जिल्ला जोड्ने बेंसीशहर चामे सडक सञ्चालनमा आएको छ । सो सडक तीनदिनदेखि बन्द रहेको थियो । मर्स्याङ्दी गाउँपालिका–४ स्याँगेनिरको सडक ढलान गर्नलाई गत मङ्गलबार बिहानदेखि सडक बन्द गरिएको थियो । सो स्थानमा ढलान सम्पन्न भएसँगै सडक सञ्चालनमा आएको हो । Advertisement डुम्रे–बेंसीशहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी सुरज महर्जनले शुक्रबार बिहानदेखि सो सडक सञ्चालनमा आएको जानकारी दिए । उनले ६५ किलोमिटर सडकमध्ये ३५ किमी लमजुङतर्फ र ३० किमी हिमाली जिल्ला मनाङमा पर्ने बताए । हिमाली जिल्ला मनाङलाई सडक सञ्जालसँग जोड्ने सरकारको योजनाअनुरुप सडक डिभिजन कार्याल तनहुँले विसं २०५१ बाट सडक निर्माण थालनी गरेको थियो । विविध कारणले विसं २०५७ मा तत्कालीन नेपाली सेनाले निर्माणको जिम्मा लियो । सेनाले यस सडक विसं २०६९ मा निर्माण सम्पन्न गर...
तारकेश्वरमा देखिएको बर्डफ्लु नियन्त्रणमा

तारकेश्वरमा देखिएको बर्डफ्लु नियन्त्रणमा

देश, समाचार, स्वास्थ्य
२३ माघ, काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिकामा देखिएको बर्डफ्लु सङ्क्रमण नियन्त्रणमा आएको छ । माघ १६ गते तारकेश्वर नगरपालिका–७ साङ्लेखोला, फुटुङका स्थानीय कृषकले पालेका टर्की र हाँसमा बर्डफ्लु भाइरस सङ्क्रमण देखिएपछि थियो । उक्त स्थानमा सङ्क्रमण देखिएपछि अन्यत्र फैलन नदिन थप सतर्कता अपनाएको र हाल उक्त सङ्क्रमण नियमन्त्रणमा आइसकेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरे सङ्क्रमण देखिएका क्षेत्र वरपरका पशु नष्ट गरी सो क्षेत्रलाई सुरक्षित गर्ने काम गरिएको बताए । Advertisement ‘हामीले उक्त क्षेत्रलाई सिल गरेर दैनिक निरीक्षण गर्दै आएका छौँ, सोही स्थानमा थप सङ्क्रमण देखिएको छैन’, उनले भने । रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा बर्डफ्लु रोग पुष्टि भएपछि उक्त क्षेत्रमा रहेका करिब दुई हजार ३०० व...
नियुक्ति भइसक्दा पनि आएन मुद्दाको पालो

नियुक्ति भइसक्दा पनि आएन मुद्दाको पालो

देश, राजनीति, समाचार
२३ माघ, काठमाडौं । संवैधानिक आयोगहरूमा नियुक्ति भइसक्दा पनि सर्वोच्च अदालतमा यससम्बन्धी मुद्दाको पालो आएको छैन । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश, अध्यादेश अनुसार बसेको बैठक र सिफारिस कार्यान्वयन नगर्न माग गरिएका रिटहरूमा आजका लागि संवैधानिक इजलासमा पेसी चढे पनि स्थगनमा परेका हुन । Advertisement अध्यादेश खारेजी र संसदीय सुनुवाईको माग राखेर १ पुसमा अधिवक्ता ओमप्रकाश अर्याल, २ पुसमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र ९ पुसमा समृत खरेललगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । ती सबै रिट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराकोे प्राथमिकतामा नपरेका हुन । ३० मंसिरमा बसेको प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश जबरा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सम्मिलित बैठकले सिफारिस गरेका ३८ मध्ये ३२ जनाले पद तथा गोपनियताको सपथ ग्रहण गर...
घरबाटै बेपत्ता बालकको भारतबाट उद्धार

घरबाटै बेपत्ता बालकको भारतबाट उद्धार

देश, समाचार
आफ्नै आँगनबाट बेपत्ता भएका सिरहाको दुई वर्षीय बालकलाई ७२ घण्टापछि प्रहरीले भारतको मधुवनीबाट उद्धार गरी परिवारको जिम्मा लगाएको छ ।  आफ्नै घरआँगनमा खेलिरहेका बेला गत मङ्गलबार साँझ सिरहा नगरपालिका–१ डुम्बाखाताका प्रदीप यादवका दुई वर्षीय छोरा प्रियान्सु यादव बेपत्ता भएको थिए । Advertisement बालक घरबाटै बेपत्ता भएको सूचना पाएर खोजतलासमा जुटेको जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले बिहीबार साँझ ७ः०० भारतको मधुवनी जिल्ला खाजेडी भन्ने गाउँबाट प्रियान्सुलाई उद्धार गरेको सिरहाका प्रहरी उपरीक्षक सुदीपराज भण्डारीले जानकारी दिए । बालक प्रियान्सुलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई गए राति नै आमा सङ्गीताकुमारीको जिम्मा लगाएको जनाएको छ । बालक बेपत्तालगत्तै परिवारजनले प्रहरीलाई खबर गरेका थिए । परिवारजनले बालकको अपहरण भएको आशङ्का गरेका थिए । बाल...
मार्ने उद्देश्यले जनकपुरमा प्रहरीद्वारा आक्रमण भएको प्रचण्ड–माधव पक्षको आरोप

मार्ने उद्देश्यले जनकपुरमा प्रहरीद्वारा आक्रमण भएको प्रचण्ड–माधव पक्षको आरोप

देश, राजनीति, समाचार
जनकपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले बिहीबार घोषणा गरिएको आमहड्तालको क्रममा जनकपुरधाममा प्रहरीले योजनावद्ध ढंगले आफ्ना केही नेतालाई मार्ने उद्देश्यले आक्रमण गरेको आरोप लगाएको छ । शुक्रबार जनकपुरधाममा सो पार्टीको धनुषा जिल्ला कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेश २ का संसदीय दलका नेता शत्रुधन महतोले प्रहरीले केही नेताको हत्या गर्ने उद्देश्यले आन्दोलनकारीमाथि अन्धाधुन्द गोली चलाएको र लाठी प्रहार गरेको आरोप लगाए । Advertisement ‘हामी शान्तिपूर्ण ढंगले आन्दोलन गरिरहेको क्रममा प्रहरी एक्कासी जनकपुरधामको शिव चोकमा आएर सुनुयोजित ढंगले स्थायी समिति सदस्य मातृकाप्रसाद यादव र नेता रामचन्द्र झालाई मार्ने योजना अनुसार प्रहरीले फायरिङ गरेको हो,’ उनले भने । उनले भने, ‘प्रहरीले योजनावद्ध ढंगले प्रदर्शनकारीमाथि ढुंगामुढा स...
गैँडा लागे भारत तर्फ

गैँडा लागे भारत तर्फ

देश, समाचार
चितवन राष्ट्रिय निकुञ्जबाट आहार र बासस्थानकोको खोजीमा दुर्लभ एकसिङ्गे गैँडा भारतर्फ जान थालेका छन् । निकुञ्जको पश्चिमी क्षेत्रमा केन्द्रित भएका गैँडा विस्तारै भारततर्फ जान थालेका हुन् ।  चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार यस वर्षको वर्षातमा दुई वटा गैँडा सुस्ता हुँदै भारततर्फ गएका छन् । ती गैँडा भारतको वाल्मीकी टाइगर रिजर्बमा पुगेका छन् ।  Advertisement बरालले निकुञ्जको टेम्पल, बगवन, भेलौजी हुँदै त्रिवेणीबाट भारतर्फ जाने खतरा बढेको बताए । उनका अनुसार निकुञ्जको पश्चिमी क्षेत्रमा झण्डै ७० प्रतिशत गैँडा रहेका छन् ।  उनले भने, “पश्चिमी क्षेत्रका गैँडालाई निकुञ्जको पूर्वी भागमा स्थानान्तरण गरिएन भने भारततर्फ जाने खतरा बढेर गयो ।” नेपालमा हुर्काएर राप्ती र नारायणी नदीमा छाडिएका अधिकांश घडियाल गोही भारत जाने गर्दछन्...
ज्ञानेन्द्रसँग लडेर आएका हौं, सेनाका गाडीले नतर्साए हुन्छ: वर्षमान पुन

ज्ञानेन्द्रसँग लडेर आएका हौं, सेनाका गाडीले नतर्साए हुन्छ: वर्षमान पुन

देश, राजनीति, समाचार
काठमाडौं । नेकपा स्थायी समिति सदस्य एवं पूर्वमन्त्री वर्षमान पुन अनन्तले लडेर आएका आफूहरु सेना र प्रहरीका बन्दुकसँग नडराउने चेतावनी दिएका छन् । संवैधानिक परिषदमा गरिएको नियुक्तिको विरोधमा नेकपाको प्रचण्ड–नेपाल पक्षले बिहीबार गरेको आमहड्तालका सहभागीलाई चाबहिलमा सम्बोधन गर्दै पुनले ज्ञानेन्द्र शाहको निरंकुशतासँग लडेर आएका आफूहरु ओली र रामबहादुर थापासँग नतर्सने बताए । बिहीबार बुटवलमा  र केही दिनअघि काठमाडौंको चक्रपथमा सेनाका बख्तरबन्द गाडी र ट्याङकर गुडाएर तर्साउन खोजिएको पुनको भनाइ थियो । ओली सधैं प्रधानमन्त्री र थापा सधैं गृहमन्त्री रहिनरहने भन्दै पुनले आन्दोलन सफल भएर पदबाट हटेका दिन सेना र प्रहरीले नै उनीहरुलाई उठाएर हिरासतमा राख्ने दाबी गरे । Advertisement केही समयअघिसम्म आफ्नै पार्टीका अध्यक्ष र नेता रहेका प्रचण्डलाई गृहमन्त्रीले सडकबाटै उठा...
ट्याक्सी जलेको भिडियोले चालक परिवारमा तनाव

ट्याक्सी जलेको भिडियोले चालक परिवारमा तनाव

देश, समाचार, सामाजिक
२२ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड–माधव) समूहले आयोजना गरेको आमहड्तालका क्रममा बिहीबार बिहान सामाखुसीमा अज्ञात व्यक्तिले एउटा ट्याक्सीमा आगजानी गरे । ४१ वर्षीय कुम्भनारायण श्रेष्ठको प्रदेश३ – ०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सी जलेर खरानी भयो । तर, सामाजिक सञ्जालमा भने आजभन्दा पाँच वर्षअघिको भिडियो भाइरल बनाइयो, जसका कारण पीडित परिवारले अनावश्यक तनाव व्यहोर्नुपरेको छ । र, पीडित परिवारजनको आग्रह छ– हामीले बिर्सिएको पुरानो घटनालाई अहिले सामाजिक सञ्जालमा पोष्ट गरेर रमिता नदेखाइदिनुहोला । Advertisement २४ चैत २०७१ मा तत्कालिन एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाका कार्यकर्ताले बिहानको पाँच नबज्दै बालकुमारीमा निरज बानियाँको ट्याक्सीमा आगजानी गरेका थिए । सो आगजनीको घटनाबारे अनलाइनखबरले पाँच वर्ष पहिले पीडित चालकको स्टोरी गरेको थियो । गरीख...
प्रचण्ड–माधव समूहको प्रदर्शन चलिरहँदा सेनाको बख्तरबन्द आयो

प्रचण्ड–माधव समूहको प्रदर्शन चलिरहँदा सेनाको बख्तरबन्द आयो

देश, समाचार, सामाजिक
२२ माघ, धनगढी । नेकपा प्रचण्ड–माधव समूहको प्रदर्शन चलिरहेका बेला नेपाली सेनाको हतियारसहितको बख्तरबन्द गाडी गुडेको छ । ओली समूहले समेत आमहड्तालविरुद्ध प्रदर्शन गरिरहेका बेला सेनाको बख्तरबन्द गुडेपछि प्रदर्शनकारी तितरवितर भएका थिए । Advertisement नेपाली सेनाको जंगीअड्डाका सहायक प्रवक्ता पदम बुढाका अनुसार बख्तरबन्द गाडीको नियमित अभ्यास चलिरहेको छ र धनगढीमा आइपुग्नु संयोग मात्रै हो । सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका महासेनानी बुढाका अनुसार १९ र २१ माघमा सेनाले बख्तरबन्द गाडीको नियमित अभ्यास गरेको थियो । सोही अनुसार नेपालगञ्जबाट फर्किएको बख्तरबन्द गाडी र प्रदर्शनकारीबीच धनगढीमा जम्काभेट भएको उनले बताए । बिहीबार सेनाको अभ्यास सकिएको छ । Credit: OnlineKhabar ...
बीमा समितिका नवनियुक्त अध्यक्षलाई अर्थमन्त्री पौडेलको निर्देशन

बीमा समितिका नवनियुक्त अध्यक्षलाई अर्थमन्त्री पौडेलको निर्देशन

देश, समाचार
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बीमा क्षेत्रमा भएका समस्या समाधानका लागि खरोरुपमा उत्रन नवनियुक्त बीमा समितिका अध्यक्ष शिवप्रसाद सिलवाललाई निर्देशन दिएका छन् ।  बिहिबार नवनियुक्त अध्यक्षको पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले बीमा क्षेत्र देखिएका यावत समस्या हल गर्दै आफ्नो कार्यकालमा बीमा क्षेत्रका लागि कोसेढुङ्गा सावित गर्न समेत नेतृत्वलाई निर्देशन दिएका हुन् । सो क्रममा अर्थमन्त्री पौडेलले बीमा क्षेत्रको सुधारका लागि आवश्यक सहयोग, सहजीकरण तथा समन्वय गर्न अर्थ मन्त्रालयले तयार रहेको समेत बताए ।  उक्त अवसरमा अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले बीमा क्षेत्रले विश्वसनियता कायम गर्नुपर्ने आवश्यता औल्याउँदै बीमा क्षेत्रलाई सबल, सक्षम र प्रतिष्पर्धी बनाउनुपर्नेमा जोड दिए ।  Advertisement त्यस्तै, राजस्व ...