२०८३ बैशाख २४

Author: Raunak

भारतको माल्पामा पहिरो, महाकाली नदी थुनिएको आशंका

भारतको माल्पामा पहिरो, महाकाली नदी थुनिएको आशंका

देश, विदेश / एन.आर.एन, समाचार
दार्चुला । भारतले निर्माण गरिरहेको सडकका कारण माल्पा क्षेत्रमा पुनः पहिरो गएको छ । कैलाश मानसरोवर मार्गमा पर्ने उक्त क्षेत्रमा आज पहिरो गएको हो । पहिरोका कारण महाकाली नदी थुनिएको आशंका गरिएको छ । पहिरो गएको क्षेत्रमा अहिले भारतीय प्रशासनले ढुङ्गा माटो हटाउने कार्य गरिरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए । “पहिरो पन्छ्याउने काम भइरहेको छ”, उनले भने, “धेरै खतराको अवस्था छैन । हिउँदेयाम भएको र अहिले वर्षा र हिमपात नभएका कारण खतरा छैन ।”  Advertisement पहिरोको अवस्था बुझ्न प्रहरीचौकी दुम्लीङबाट टोली खटिएको दार्चुलाका निमित्त प्रहरी प्रमुख भास्कर चन्दले बताए । यहाँबाट प्रहरी टोली पुग्न ५÷६ घण्टा बढी समय लाग्छ तर जिल्ला प्रशासन कार्यालय दार्चुलाले सार्वजनिक सूचना जारी नगर्दै कञ्चनपुर जिल्ला प्रशासनले सीमा क्षेत्रका नागरिकलाई सतर...
भाइरसको पहेली – निरन्तर रुप बदल्दै, सम्भवत: कहिले काहीँ खतरनाक पनि बन्दै !

भाइरसको पहेली – निरन्तर रुप बदल्दै, सम्भवत: कहिले काहीँ खतरनाक पनि बन्दै !

देश, विदेश / एन.आर.एन, समाचार, स्वास्थ्य
बेलायतमा फेला परेको रुप बदलिएको भाइरसले खोपलाई प्रतिरोध गर्न सक्ने आशंका बेलायती अधिकारीहरुले गरेका छन् । यही रुप बदलिएको भाइरसको कारण यतिखेर पोर्तुगल युरोपकै सबैभन्दा बढी मृत्युदर देखिएको छ भने अस्पतालहरुमा ठाउँ उपलब्ध हुन छाडेको छ । Advertisement तीब्ररुपमा फैलिइरहेको कोरोनाभाइरसको यो बदलिएको रुप पहिलो पटक बेलायतमा देखापरेको थियो । त्यो रुप बदलिएको भाइरसले नै पनि निरन्तर रुपमा आफूलाई बदलिइरहेको कारण यसलाई भ्याक्सिनले पनि रोकथाम गर्न मुश्किल पर्ने कुरा सोमबार बेलायतका जनस्वास्थ्य अधिकारीहरुले जनाएका छन् । यतिखेर बेलायतमा म्युटेन्ट भएको यही कोरोनाभाइरस संसारभयिर खतरनाक ढंगले फैलिएर गइरहेको छ । बी.१.१.७  नाम दिइएको यो रुप बदलिएको कोरोनाभाइरस पहिलो पटक गत डिसेम्बरमा बेलायतमा देखापरेको थियो । अनुसन्धानकर्ताहरुका अनुसार देखापरेको दुई महिनामा नै यो ...
लुम्बिनीमा क्षेत्र संरक्षण अभियान

लुम्बिनीमा क्षेत्र संरक्षण अभियान

देश, राजनीति, समाचार, सामाजिक
२० माघ, बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा सिमसार क्षेत्र संरक्षण र विस्तार अभियान सुरु भएको छ । लुम्बिनी विकास कोषले संरक्षण गरेको ११ सय ५५ बिघा क्षेत्रमध्ये १ सय ५२ बिघा सिमसार क्षेत्र भएपनि त्यसको उचित संरक्षण हुन नसकेकाले संरक्षण अभियान थालिएको हो । सारसलगायत अन्य वन्यजन्तुको बासस्थान संरक्षण, पर्या–पर्यटन पूर्वाधारमार्फत लुम्बिनी घुम्न आउने पर्यटकको बसाई लम्ब्याउने र वातावरण तथा जैविक विविधता संरक्षण गर्ने उद्देश्यले सिमसार क्षेत्र संरक्षण र विस्तार अभियान थालिएको कोषले जनाएको छ । Advertisement हाल लुम्बिनीमा जंगल ४० प्रतिशत, घाँसे मैदान ५२ प्रतिशत, सडक तथा भवनहरु ६ प्रतिशत र सिमसार क्षेत्र २ प्रतिशत मात्र छ । सिमसार क्षेत्र संरक्षण र विस्तार गर्न विकास कोषले अमेरिकाको अन्तर्राष्ट्रिय क्रेन फाउण्डेसनलाई ६ सय ६० बिघा जग्गा ५० वर्षका लागि लिज...
विद्युत खरिद सम्झौताको नीति फेरिँदै, प्रतिस्पर्धा नगराए प्राधिकरण जोखिममा

विद्युत खरिद सम्झौताको नीति फेरिँदै, प्रतिस्पर्धा नगराए प्राधिकरण जोखिममा

देश, राजनीति, समाचार
२० माघ, काठमाडौं । सरकारले विद्युत खरिद सम्झौता (पीपीए)को नीति परिवर्तन गर्ने तयारी गरेको छ । उत्पादन भएपछि बिजुली किन्नैपर्ने र नभए त्यसको क्षतिपूर्ति दिनुपर्ने गरी हाल ‘टेक अर पे’ मा गरिँदै आएको पीपीएको नीतिलाई परिमार्जन गर्न लागेको हो । ‘रन अफ दि रिभर’ (आरओआर) मा आधारित जलविद्युत आयोजनासँग ‘टेक अर पे’मा गरिने पीपीएको कोटा सकिएकाले नयाँ नीति लिने तयारी गरिएको हो । विज्ञहरुले नीति परिवर्तन गरेपनि प्रतिस्पर्धा नगराई पीपीए भएमा नेपाल विद्युत प्राधिकरण वित्तीय जोखिममा पर्न सक्ने औंल्याएका छन् । Advertisement ‘टेक अर पे’मा पीपीए गर्न सकिने आरओआर प्रणालीका आयोजनाको कोटालाई बढाउन सक्ने गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्राधिकरणलाई एक प्रतिवेदन पठाएको छ । मन्त्रालयका सहसचिव मधु भेटवालको संयोजकत्वमा बनेको एक कार्यदलले ऊर्जा समिश्रणबारे अध्ययन...
दबाब र हुलबाट होइन, प्रमाणले न्याय दिने हो : न्यायाधीश  हरिकृष्ण कार्की

दबाब र हुलबाट होइन, प्रमाणले न्याय दिने हो : न्यायाधीश हरिकृष्ण कार्की

देश, राजनीति, समाचार
सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले दबाब र हुलबाट नभई प्रमाणले न्याय दिने बताएका छन्  । पछिल्लो समयमा न्यायाधीशमा तनावको वातावरण सिर्जना भएको पनि उनले बताए । ‘अहिले अदालतमा कुनै मुद्दा आउँदा त्यसको पक्ष/विपक्षमा जुलुस र प्रदर्शन हुन्छ, ‘उनले भने, ‘न्यायाधीशले मिसिल हेर्ने कि, कानून हेर्ने कि जुलुस हेर्ने ? कसरी न्याय दिने ?’ मंगलबार वीरेन्द्रनगरमा  पत्रकारसँगको अन्तरक्रिया कार्यक्रम उनले  न्यायापालिकामा हुन सक्ने विकृति र अनियमितता रोक्न प्रभावकारी रुपमा कदम चाल्नुपर्नेमा जोड दिए । उनले भने, 'न्यायापालिकामा विकृति र अनियमितता तथा बिचौलियाबाट हुनसक्ने क्रियाकलाप र त्यसको रोकथामका प्रभावकारी रुपमा कदम चाल्नुपर्ने देखिन्छ  ।' Advertisement सो कदमका लागि चाल्नुपर्ने प्रभावकारी उपायहरुको सम्बन्धमा विस्तृत अध्ययन गरी प्रतिवेदन पेस गर्न गठित ...
प्रधानमन्त्रीले राखे संवैधानिक परिषद् बैठक

प्रधानमन्त्रीले राखे संवैधानिक परिषद् बैठक

देश, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । बुधवार बिहान ९ बजे बालुवाटारमा संवैधानिक परिषद्को बैठक राखिएको उच्च स्रोतले रातोपाटीलाई जानकारी दिएको छ । माघ १८ मा परिषद्ले निर्वाचन आयोग, अख्तियार र मानवअधिकार आयोग लगायतका निकायमा गरेको विवादास्पद सिफारिस सभामुखले फिर्ता गरेका थिए । अध्यादेश ल्याएर ३० मंसिरमा परिषद्ले अख्तियारलगायत संवैधानिक निकायमा ४५ जनालाई नियुक्ति सिफारिस गरेको थियो । Advertisement मंसिर ३० मा बिहानको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि प्रधानमन्त्रीले अध्यादेशमार्फत् कानुन संशोधन गरेर सो साँझ बैठक राखेका थिए । बैठकमा सभामुख र विपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित थिए । प्रधानन्यायाधीशले के गर्लान् ? बहुमत सदस्यले संवैधानिक नियुक्ती गर्नसक्ने ब्यवस्थासहित अध्यादेश ल्...
सोलार वितरणका नाममा ठगी गर्ने चार पक्राउ

सोलार वितरणका नाममा ठगी गर्ने चार पक्राउ

देश, समाचार, सामाजिक
नक्कली कागजात बनाएर सौर्य ऊर्जा (सोलार) र सुधारिएको चुलो जडान गरिदिने भन्दै जिल्लाको नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका विभिन्न वडाबाट रकम सङ्कलन गर्ने  चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको छ । पक्राउ पर्नेमा जुम्ला चन्दननाथ नगरपालिका–९ स्थायी ठेगाना भई हाल नेपालगञ्ज उपमहानगरपालिका १८ बस्ने २६ वर्षीय यज्ञप्रसाद रेग्मी, सोही ठाउँका ३३ वर्षीय लक्ष्मीप्रसाद हमाल, जाजरकोट बारेकोट–१ रामीडाँडा निवासी ४० वर्र्षीय हरिचन्द्र बस्नेत र सोही ठाउँका ३३ वर्षीय मानबहादुर महतारा रहेका जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिए  । पक्राउ परेकाहरुबाट रु चार लाख रकम र कागजपत्रसमेत फेला पारेको जनाइएको छ । Advertisement बारेकोट गाउँपालिका, नलगाड नगरपालिकाले ग्रामीण विकास तथा क्लिन इन्भरमेन्ट नेपाल नामक संस्थालाई सोलार वितरण...
रेल चलाउन अब छिट्टै जनकपुर आउँछुः प्रधानमन्त्री ओली

रेल चलाउन अब छिट्टै जनकपुर आउँछुः प्रधानमन्त्री ओली

देश, राजनीति, समाचार, सामाजिक
धनुषा । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको तयारीमा निर्वाचन आयोग अगाडि बढिसकेकाले निर्वाचन एक दिन पनि तलमाथि नसर्ने बताएका छन् । धनुषा, मिथिला नगरपालिका वडा नं ७ ढल्केवरमा सङ्घीय सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्मित नेपालको पहिलो ४०० केभी सबस्टेशन तथा विश्व बैंकको सहुलियतपूर्ण ऋण एवं नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्माण भएको २२०/१३२ केभी सबस्टेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘प्रदेश नं २ मा वैशाख १७ गते नै चुनाव हुने भएकाले चुनावको तयारीमा लाग्नुहोस् ।’ प्रधानमन्त्री ओलीले सही, राम्रा र नयाँ कामको शुरुआत गर्नका लागि पुरानो परम्परा तोड्नुपर्ने बताउँदै पशुपतिनाथमा १४१ किलोको सुनको जलहरी हालिदिने भनेपछि परम्परा बिग्रने भयो भनेर केही मिडियाले समाचार लेखेकामा गुनासो गरे ।  प्रधानमन्त्रीले भने, “पशुप...
संकटकाल घोषणा गरेर सत्र साल ल्याउने खतरा छः चित्रबहादुर केसी

संकटकाल घोषणा गरेर सत्र साल ल्याउने खतरा छः चित्रबहादुर केसी

देश, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधिसभा विघटन मध्यावधि चुनाव गराउनको निम्ति नभएको बताएका छन् । सोमबार राष्ट्रिय जनमोर्चाले आयोजना गरेको संसद विघटन र प्रतिगमनको खतरा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष केसीले मध्यावधि चुनाव गराउनको निम्ति संसद विघटन नगरिएको जिकिर गरेका हुन् । चुनाव गराउने समय नै नभएको भन्दै उनले चुनाव गराउन नसकेपछि संकटकाल घोषणा गरेर सत्र साल ल्याउने खतरा भएको उनको भनाई छ । नेपालमा स्थिर सरकार र पार्टीहरु नैतिकवान भए भने विदेशी शक्तिकेन्द्र हरुले हस्तक्षेप गर्न नसक्ने पनि उनको भनाई छ । Advertisement समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले विश्वकै उत्कृष्ट संविधान भन्ने पार्टीको प्रधानमन्त्रीले संविधान उल्लंघन गरेको आरोप लगाए । आफुहरुले संविधानको निर्माणकालमै संविधानको विरोधमा संव...
देशभर १ लाख १३ हजारभन्दा बढीले लगाए कोरोना खोप

देशभर १ लाख १३ हजारभन्दा बढीले लगाए कोरोना खोप

देश, समाचार, स्वास्थ्य
१९ माघ, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप अभियानको छैटौं दिन सोमबारसम्म देशभर १ लाख १३ हजारभन्दा बढीले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै ७७ जिल्लाका १९१ खोप केन्द्रबाट कुल १ लाख १३ हजार १७५ जना लक्षित वर्गले खोप लगाएको जानकारी दिएका हुन् । Advertisement प्रदेश १ मा १५ हजार ३२९, प्रदेश २ मा १५ हजार २४, बागमती प्रदेशमा ४० हजार २७२, गण्डकी प्रदेशमा १३ हजार ९२२, लुम्बिनी प्रदेशमा १४ हजार ६४०, कर्णाली प्रदेशमा ६ हजार १३१ र सुदूरपश्चिम प्रदेशमा ७ हजार ८५७ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ । साभार: रातोपाटी ...