२०८३ बैशाख २५

Author: Raunak

ओली सरकारले दमनकारी क्रियाकलाप गरिराखेको छ: नारायणकाजी श्रेष्ठ

ओली सरकारले दमनकारी क्रियाकलाप गरिराखेको छ: नारायणकाजी श्रेष्ठ

देश, राजनीति, समाचार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले ओली सरकारले ज्यादतिपूर्ण  ढंगले दमनकारी क्रियाकलाप गरिराखेको बताएका छन् । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडाँमा केन्द्रीय कमिटीको अनौपचारिक बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले प्रतिनिधिसभाको विघटनपछि कामचलाउ बनेको ओली सरकारले कानून विपरित ज्यादतिपूर्ण ढंगले दमनकारी क्रियाकलाप गरिराखेको बताएका हुन् । यस्तो कदम केही समयको लागि निर्लज्ज दमनकारी अभिव्यक्ति मात्रै हुने पनि प्रवक्ता श्रेष्ठले बताए । उनले भने– ‘प्रधानमन्त्री र सरकारले आफैले प्रतिनिधिसभा विघटन गरिसकेपछि स्वतः कामचलाउ सरकारमा परिणत भएको छ । त्यसको विपरित गैह्रकानूनी ढंगले ज्यादतीपूर्ण, बलमिच्याहिंपूर्ण, दमनकारी क्रियाकलाप गरिराखेको छ । यो केही समयको एउटा निर्लज्ज दमनकारी अभिव्यक्ति मात्रै हो, आचरण मात्रै हो ।’ ...
देउवाको प्रश्न  : राजनीति छोड्ने कि चुनावको तयारी गर्ने ?

देउवाको प्रश्न : राजनीति छोड्ने कि चुनावको तयारी गर्ने ?

देश, राजनीति, समाचार
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको विश्वास गर्न पार्टी कार्यकर्तालाई आग्रह गरेका छन् । शुक्रबार काँग्रेस नुवाकोट जिल्ला कार्यसमितिको भवन उद्घाटन गर्दै देउवाले भने,  ‘संविधान सम्बन्धी कुरा, कानुन नियमको कुरा गर्ने अदालत बाहेक को छ यहाँ ?  अदालतलाई विश्वास गरौं न प्लिज । अदालतलाई विश्वास नगरेर कसको गर्ने यहाँ ?’ अदालतलाई धम्क्याएर तर्साएर काम गराउने भए अदालत  किन चाहियो भन्ने देउवाको प्रश्न थियो । ‘अदालतलाई धम्क्याएर तर्साएर काम गराउने भए अदालत हटाइदिए भयो त । जसले बढी धक्म्याउछ उसको कुरा माने भइहाल्यो नि ,’  उनले यस्तै देउवाले चुनाव हुँदैन भन्ने डर हटाउन आग्रह गर्दै चुनावका लागि तयार रहन निर्देशन दिए । 'डराएर कहीँ हुन्छ। डर हटाउनुस्। चुनावमा भाग लिने जित्ने हो,’ उनले भने।   Advertisement प्रधानमन्त्री केपी ...
ओली गएपछि कम्युनिस्ट आन्दोलनको घाँडो पन्छियो, सबै खुसी छन् : नेपाल

ओली गएपछि कम्युनिस्ट आन्दोलनको घाँडो पन्छियो, सबै खुसी छन् : नेपाल

देश, राजनीति, समाचार
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रम छरिरहेको बताएका छन् । पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओली अहिले पनि साम, दाम दण्ड भेद सवै प्रयोग गरेर जनता र नेकपा नेता कार्यकर्तामाथि भ्रम छर्न तल्लिन रहेको बताएका हुन् । Advertisement ‘ओलीले अझै विभिन्न किसिमका भ्रमहरु छरिरहेका छन् । पूर्व एमालेहरु मिल्नुपर्छ । यति मानिस यता आए भनेर व्यापक भ्रम फिजाइरहेका छन् । त्यो भ्रममा नपर्न म सबै केन्द्रीय सदस्यहरुलाई आग्रह गर्छु’, नेपालले बैठकमा भने, ‘यो विचारको लडाई हो ।’ उनले केपी ओली टुक्रेर नेकपाबाट बाहिरिएको भन्दै उनी ओली गएपछि कम्युनिस्ट आन्दोलनको घाँडो समाप्त भएको बताए । ‘घाँडो पन्छिएपछि सबै नेता कार्यकर्ताले खुसी प्रकट गरेका छन्’, नेपालको भनाइ छ । उनले आफ्न...
भागरथी भट्टको शव परिवारले बुझ्यो

भागरथी भट्टको शव परिवारले बुझ्यो

देश, समाचार, सामाजिक
७ फागुन, काठमाडौं । बैतडीमा बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव आफन्तले बुझेका छन् । जिल्ला प्रशासन कार्यालय, बैतडीमा शुक्रबार भएको छलफलपछि आफन्तले जिल्ला अस्पताल, बैतडीमा रहेको शव बुझेका हुन् । घटनाको अनुसन्धानमाथि चित्त नबुझेसम्म शव नउठाउने परिवारको अडान थियो । पीडित परिवारका सदस्यसँग समेत अभियुक्त दिनेश भट्टले बलात्कारपछि हत्या गरेको बताएपछि आफन्तले शव उठाएका हुन् । Advertisement प्रहरीका अनुसार परिवार सहमत भएपछि १५ दिनपछि भट्टको शव उठाइएको छ । दिनेशविरुद्ध ५ दिन म्याद थप गरेर प्रहरीले जबरजस्ती करणी तथा ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । प्रारम्भिक सोधपुछमा दिनेशले पारिवारिक रिसिइबीको बद्ला लिन हत्या गरेको बताएका छन् । साभार: रातोपाटी ...
बुहारी हत्या अभियोगमा २० वर्ष कैद पाएका ससुरा पक्राउ

बुहारी हत्या अभियोगमा २० वर्ष कैद पाएका ससुरा पक्राउ

देश, राजनीति, समाचार, सामाजिक
६ फागुन, जनकपुरधाम । महोत्तरीमा आफ्नै बुहारीको हत्या गरी फरार भएका एक प्रतिवादी १४ वर्षपछि पक्राउ परेका छन् । बुहारी हत्याको अभियोगमा जिल्ला अदालतबाट २० वर्ष कैद सजाय सुनाइएपछि फरार रहेका महोत्तरीको साविक महदैया तपनपुर गाविस-५ बस्ने शंकर सहनीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार ५२ वर्षीया सहनीलाई लोहारपट्टी नगरपालिका-३ महदैया नजिकैबाट पक्राउ गरिएको हो । महोत्तरीका प्रहरी प्रबक्ता प्रकाश बिष्टका अनुसार पक्राउ परेका सहनीलाई अदालतमा पेस गरिएको छ । Advertisement शंकरले आफ्नै छोरा राजु सहनीकी पत्नी विना देवी सहनीलाई घरायसी विवादका कारण बिष खुवाई घाँटी थिचेर हत्या गरेको अभियोगमा अदालतले कैद सुनाएको थियो । प्रहरीका अनुसार २०६४ साल भदौ १३ गते ससुरा शंकर सहनी, सासु चन्दर देवी, देवर राजकुमार सहनी, छिमेकी बली साह र शंकर साह मिलेर विनाको हत्या...
द्वन्द्वपीडितका समस्या समाधान गर्न विशेष कार्यदल बनाउछौं : प्रधानमन्त्री ओली

द्वन्द्वपीडितका समस्या समाधान गर्न विशेष कार्यदल बनाउछौं : प्रधानमन्त्री ओली

देश, राजनीति, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले विगतको सशस्त्र द्वन्द्वपीडितको समस्या सम्बोधनका लागि एक विशेष कार्यदल बनाउने बताएका छन् । आफ्ना पीडा अवगत गराउन आज प्रधानमन्त्री निवास बालुवाटार पुगेका द्वन्द्वमा मारिएका सुरक्षाकर्मीका परिवार तथा घाइते सुरक्षाकर्मीसँगको छलफलमा उनले कार्यदल बनाई द्वन्द्वपीडितको समस्या समाधान गरिने बताए ।   उनले अब क्षमा र पीडितलाई आवश्यकताअनुरुपको सहयोगमार्फत द्वन्द्वका घाउलाई क्रमशः पुर्दै लैजानुपर्नेसमेत बताए । प्रधानमन्त्री ओलीले राज्यले शान्तिसुरक्षाका लागि खटाएका, राज्यविरुद्ध हतियार उठाउनेका तर्फबाट लडेका र कुनै पक्षमा सामेल नभए पनि आशङ्का वा रिसिइवीमा मारिएका गरी तीन धारका द्वन्द्वपीडित रहेको उल्लेख गर्दै भने,  “जता पट्टिबाट गोली चलेर मारिएको होस्, तिनमा आश्रित एकल महिला, उनका अभिभावक उनमा आश्रित सन्तानको पीडा उस्तै उस्तै छन् ।” Advertisement ...
काँग्रेसले लियो संविधानको साहारा : १४ औं महाधिवेशन भदौ दोस्रो साताका लागि तय

काँग्रेसले लियो संविधानको साहारा : १४ औं महाधिवेशन भदौ दोस्रो साताका लागि तय

देश, राजनीति, समाचार
काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन २०७८ भदौ दोस्रो साताका लागि तय भएको छ । पार्टी कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय समितिको बैठकले १४ औं महाधिवेशन ७–१० भदौमा काठमाडौंमा गर्ने निर्णय गरेको केन्द्रीय सदस्य रमेश लेखकले रातोपाटीलाई जानकारी दिए । Advertisement उनका अनुसार बुधबारको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काद्वारा प्रस्तावित महाधिवेशनको कार्यतालिकालाई केही संशोधन गर्दै विहीबारको बैठकले सर्वसम्मतिबाट पारित गरेको हो । हिजो प्रस्तुत कार्यतालिकामा वडा, पालिका, क्षेत्री र जिल्ला अधिवेशन तथा क्रियाशील सदस्यता वितरण र नविकरणको तालिका परिमार्जन गरि पारित गरिएको छ । गाउँनगरको वडा अधिवेशन असार २० गते, गाउँ नगरपालिकाको अधिवेशन असार २२ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असार २५ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधिसभा नि...
निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन आयोगको आह्वान

निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन आयोगको आह्वान

देश, राजनीति, समाचार
निर्वाचन आयोगले आगामी वैशाख १७ र २७ गते दुई चरणमा हुने भनिएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सक्रियता पूर्वक सहभागी हुन आह्वान गरेको छ । निर्वाचन दिवसको अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले यस्तो आह्वान गरेका हुन् । ‘नेपालमा सर्वप्रथम वि.सं. २०१५ साल फागुन ७ गते आम निर्वाचन प्रारम्भ भई वालिग नेपालीहरूले मताधिकारको उपयोग गर्न पाएको गौरवमय दिनलाई स्मरण गर्दै निर्वाचन आयोगले वि.सं. २०७३ साल देखि प्रत्येक बर्ष फागुन ७ गते निर्वाचन दिवस मनाउन प्रारम्भ गरे बमोजिम आज हामी “निर्वाचनमा सबै, सँधै, सँगै” भन्ने  मुल नाराका साथ पाँचौ निर्वाचन दिवस, २०७७ मनाउन गइरहेका छौ । यस महत्वपूर्ण अवसरमा म सम्पूर्ण नेपाली मतदाता आदरणीय दिदीबहिनी तथा दाजुभाईहरू प्रति हार्दिक शुभकामना  व्यक्त गर्दै आगामी २०७८ बैशाख १७ र २७ गते दुई चरणमा हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सक्...
मोदीद्वारा स्वास्थ्यकर्मीका लागि विशेष भिसा र क्षेत्रीय एम्बुलेन्सको प्रस्ताव

मोदीद्वारा स्वास्थ्यकर्मीका लागि विशेष भिसा र क्षेत्रीय एम्बुलेन्सको प्रस्ताव

देश, राजनीति, विदेश / एन.आर.एन, समाचार, सामाजिक, स्वास्थ्य
६ फागुन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली सहयोग संगठन(सार्क) का ८ सदस्य मुलुक र इन्डियन ओसन मुलुकका डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरुका लागि विशेष भिसा योजनाको प्रस्ताव गरेका छन् । सार्क लगायत भारतका १० वटा छिमेकी मुलुकबीच ‘कोभिड–१९ व्यवस्थापनः अनुभव, राम्रा अभ्यास र आगामी बाटो’ शीर्षकमा आयोजित भर्जुअल कार्यक्रमलाई सम्बोधन गदै मोदीले सो प्रस्ताव गरेका हुन् । मोदीले भने,‘आज म यो क्षेत्रका देशका नर्स र डाक्टरले यस क्षेत्रमा स्वास्थ्य संकटकाल आइपर्दा सकेसम्म छिटो यात्रा गर्न सकुन् भनेर उनीहरुका लागि विशेष भिसाको योजनाको प्रस्ताव गर्छु ।’ मोदीको सो प्रस्तावको बारेमा यस क्षेत्रका स्वास्थ्य अधिकारीहरुको बीचमा छलफल हुने छ । Advertisement मोदीले यस क्षेत्रका बिरामीहरुको उद्धार र उपचारका लागि क्षेत्रीय एयर एम्बुलेन्सको प्रस्...
असारबाट शैक्षिक सत्र सुरु गर्ने मन्त्रालयको निर्णय

असारबाट शैक्षिक सत्र सुरु गर्ने मन्त्रालयको निर्णय

देश, शिक्षा, समाचार
६ फागुन, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण प्रभावित भएको यो वर्षको शैक्षिक सत्र जेठमा सकिने भएको छ । संशोधित नियमावली अनुसार यो वर्षको शैक्षिक सत्र जेठमा सक्ने र असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय भएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए । Advertisement उनले भने, ‘संशोधित शिक्षा नियमावलीलाई आधार मानेर हामीले यो वर्षको शैक्षिक सत्र दुई महिनापछि धकेल्ने निर्णय गरेका छौं ।’ संशोधित शिक्षा नियमावलीमा, ‘महामारी वा यस्तै अन्य विपद् वा विकट हिमाली क्षेत्रका कारण शैक्षिक सत्र परिवर्तन गर्नुपर्ने अवस्था भएमा मन्त्रालयले शैक्षिक सत्र परिवर्तन गर्न सक्नेछ’ भन्ने वाक्यांश उल्लेख छ । एउटा शैक्षिक सत्रमा न्यूनतम १८० दिन अर्थात् एक हजार घन्टा पढाउनुपर्छ । सामान्यतयाः वैशाखदेखि शुरू भएर चैतमा शैक्षिक सत्र ...