आइतबार भारतबाट आउँदैछ १० लाख डोज कोरोना खोप
८ फागुन, काठमाडौं । नेपालले खरिद गरेको कोरोना खोपमध्ये १० लाख डोज भोलि आइतबार काठमाडौं आइपुग्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भारतको सेरम इन्स्टिच्युटसँग खरिद गरिएको २० लाखमध्ये १० लाख डोज कोभिसिल्ड खोप आइतबार काठमाडौं आइपुग्नेछ । भण्डारण लगायतमा समस्या नहोस् भनेर पहिलो खेपमा १० लाख ल्याउन लागिएको डा. गौतमले अनलाइनखबरलाई बताए ।
Advertisement
मन्त्रिपरिषद्ले सार्वजनिक खरिद ऐनमा संशोधन गरेपछि खोप खरिदको बाटो खुलेको थियो । मन्त्रालयका अनुसार सेरम इन्स्टिच्युटले सुरुमा सबै भुक्तानी मागेको थियो । तर खरिद ऐनले त्यसो गर्न नहुने भएपछि एक पटक लागि संशोधन भएको हो ।
शनिबार बिराटनगरमा आयोजित सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि खोप आउने बताएका थिए । चीनबाट पनि खोप ल्याउने उनले बताएका छन् ।
चीनले न...









