२०८३ बैशाख २५

Author: Raunak

कंगोमा इटालियन राजदूतको हत्या

कंगोमा इटालियन राजदूतको हत्या

विदेश / एन.आर.एन, समाचार
कंगो । प्रजातान्त्रिक गणतन्त्र कंगोमा इटालीका राजदूतको हत्या भएको छ । सोमबार स्थानीय समयानुसार बिहान १० बजेर १५ मिनेटमा भएको एक हमलामा इटालियन राजदूत लुका अटानासियोको मृत्यु भएको हो । हमला लगत्तै अस्पताल लगिएका उनलाई चिकित्सकले मृत घोषणा गरेका छन् । उनी पूर्वी कंगोमा संयुक्त राष्ट्रसंघको एउटा टोलीमा सामेल थिए । राष्ट्रसंघको उक्त टोली विश्व खाद्य कार्यक्रमसँग आवद्ध रहेको बताइन्छ । Advertisement उक्त टोलीमा इटालीका एक प्रहरी अधिकारी पनि सामेल थिए । सो हमलामा उनको पनि मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । कंगोको विदेश मन्त्रालयले उक्त घटनाको पुष्टि गर्दै घटनाप्रति दुःख प्रकट गरेको छ । ४३ वर्षीय राजदूत अटानासियो सन् २०१७ देखि कंगोमा कार्यरत थिए । कयौं वर्ष गृहयुद्ध झेलेको कंगोमा सन् १९९४ देखि २००३ बीचको अवधिमा करि...
केही वर्षभित्र मेचीदेखि महाकालीसम्म रेल कुद्छः प्रधानमन्त्री ओली

केही वर्षभित्र मेचीदेखि महाकालीसम्म रेल कुद्छः प्रधानमन्त्री ओली

देश, राजनीति, समाचार
कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले अबका केही वर्षभित्र मेचीदेखि महाकालीसम्म रेल कुद्ने दाबी गरेका छन् । वेदकोट नगरपालिका–२, छेलामा दैजी छेला औद्योगिक क्षेत्रको आज अपराह्न शिलान्यास गर्दै उनले सो कुरा बताएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘पूर्वपश्चिम राजमार्ग चौडा गर्ने कार्य शुरु भइसकेको छ, अब मेचीदेखि महाकालीसम्म  केही वर्षमै रेल पनि कुद्छ ।’ प्रधानमन्त्री ओलीले सुदूरपश्चिमको गुमेको भूभाग फिर्ता ल्याउनका लागि तथ्य र प्रमाणका आधारमा भारतसँग अनौपचारिक वार्ता भइरहेको समेत बताए । उनले गुमेको नेपालको भूभाग फिर्ता ल्याएरै छाड्ने दृढता व्यक्त समेत व्यक्त गरे । Advertisement दोधारा चाँदनी क्षेत्रमा भारतसँगको महाकाली सन्धि बमोजिम १० क्युसेक पानी नेपालले पाउनुपर्नेमा नपाएकामा अब प्राप्त गर्नका लागि भारतसँग वार्ता भइरहेको जानकारी दिँ...
मार्सी धान फलाउन छुमचौर पर्यटकीय गन्तव्यको सूचीमा

मार्सी धान फलाउन छुमचौर पर्यटकीय गन्तव्यको सूचीमा

देश, समाचार
जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौर पर्यटकीय नयाँ गन्तव्यको सूचीमा परेको छ । नेपाल सरकारको २०० पर्यटन गन्तव्यको सूचीमध्येमा विश्वको सबैभन्दा उच्च स्थानमा काली मार्सीधान धान फल्ने छुमचौर जिउलो परेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको पर्यटन गन्तव्यको सूचीमा जुम्लाको छुमचौर पनि परेको हो । पातारासी गाउँपालिकासँगको साझेदारीमा पर्यटकीय गन्तव्यको पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्ने गरी पर्यटन गन्तव्यको छनोट गरिएको हो । मन्त्रालयले देशभरका २०० स्थानीय तहमा बढीमा तीन वर्षभित्र योजना पूरा हुने गरी २०० वटा गन्तव्य छानेको हो । जुम्लाका एक नगरपालिकासहित सातवटा गाउँपालिकामध्ये पातारासी गाउँपालिका–३ को छुमचौर जिउलो पर्यटन गन्तव्यको सूचीमा परेको छ । पर्यटन गन्तव्य सूची छनोट गर्नुका साथै छुमचौर जिउलो र त्यहाँ उत्पादन हुने कालीमार्सी धानको संरक्षण तथ...
सवारी ज्यान मुद्दामा आर्थिक चलखेलबारे छानबिन गरेर पठाउन प्रहरी प्रधान कार्यालयको निर्देशन

सवारी ज्यान मुद्दामा आर्थिक चलखेलबारे छानबिन गरेर पठाउन प्रहरी प्रधान कार्यालयको निर्देशन

देश, समाचार, सामाजिक
 प्रहरी प्रधान कार्यालयले दाङको सवारी ज्यान मुद्दामा आर्थिक चलखेलबारे छानबिन गरेर पठाउन लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयका प्रवक्ता एवं एसएसपी बसन्त कुँवरले सवारी ज्यान मुद्दामा आर्थिक अनियमिततामा मुछिएका दाङका एसपी गणेश चन्दमाथि तत्काल छानबिन गरेर प्रतिवेदन पठाउन लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको रातोपाटीलाई बताए । एसपी चन्दले सवारी ज्यान मुद्दामा आर्थिक चलखेल गरेको विषयमा रातोपाटीमा समाचार प्रकाशित भएपछि प्रहरी प्रधान कार्यालयले घटनाको बारेमा ध्यानाकर्षण भएको जनाएको हो । सवारी ज्यान मुद्दामा आर्थिक चलखेलसहितका समाचार सञ्चारमाध्यममा आएपछि प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीले चासो ब्यक्त गर्दै आफ्नो सचिवालयमार्फत घटनाको अनुसन्धान गरेर कारबाही गर्न निर्देशन दिइसकेको प्रवक्ता कुँवरले रातोपाटीलाई बताए । ...
गाडीको ठक्करबाट  मोटरसाइकल चालकको मृत्यु

गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

देश, समाचार, सामाजिक
बारामा मैजिक गाडीले ठक्कर दिँदा  मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कलैयाबाट वीरगञ्जतर्फ गइरहेको ना१ज ८८३९ नं मैजिक गाडीले विपरीत दिशाबाट आइरहेको ना४५प ५१२४ नंको मोटरसाइकललाई ठक्कर दिँदा चालक प्रसौनी गाउँपालिका–५ निवासी ४० वर्षीय दुरुयोधन चौधरीको घटनास्थलमै मृत्युको प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए ।  Advertisement ठक्कर दिने मैजिक चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले बताउनुभयो । मृतकको शव कलैया अस्पतालमा रहेको र शवपरीक्षण गरी परिवारजनको जिम्मा लगाउने बारा प्रहरीले जनाएको छ ।  साभार: रातोपाटी ...
उडुस मार्दै रात काट्दै कैन्दीबन्दी

उडुस मार्दै रात काट्दै कैन्दीबन्दी

देश, राजनीति, समाचार
–जनक श्रेष्ठ लमजुङ । वरिपरि अग्लो पर्खाल ।  पर्खालबाट भित्र छिर्ने सानो ढोकाभित्र असरल्ल त्रिपालको बार । त्यहाँभित्र भुइँमै छरपष्ट ओछ्यान । त्यहाँभित्र जीर्ण भवनको ससाना र अँध्यारो कोठामा पनि अटेसमटेस विस्तारा, लुगाफाटा र झिटीगुण्टा । खचाखच मानिस ।  नजिकै शौचालयबाट आइरहेको ह्वास्स दुर्गन्ध । यो कष्टकर र अत्यासलाग्दो अवस्था हो – जिल्ला कारागारको । मापदण्डअनुसारको यहाँको कारागारको संरचना छैन ।  एक कैदीबन्दी बराबर एक मिटर लम्बाइ र चार मिटर चौडाइ क्षेत्रफलको व्यवस्था गर्नुपर्ने कानूनी प्रावधान रहेको छ । कारागार ३५ जनाका लागि मात्रै उपयुक्त देखिन्छ । अहिले ९१  कैदीबन्दी रहेका छन् ।  Advertisement पुरानो संरचना र क्षमताभन्दा बढी कैदीबन्दी कारागारमा बस्न बाध्य छन् । बेंसीशहर नगरपालिका वडा नं ८ मा स्थित जिल्लाको एकमात्र कारागारमा विभिन्न सजय भुक्तानी ग...
प्रदेश २ का प्रमुख झाद्वारा पदभार ग्रहण

प्रदेश २ का प्रमुख झाद्वारा पदभार ग्रहण

देश, राजनीति, समाचार
धनुषा । प्रदेश नम्बर २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झा अहिराजले पदभार ग्रहण का छन् । आइतबार प्रदेश प्रमुख झाले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्र्दै प्रमुखा झाले देश, जनता र संविधानलाई पहिलो र महत्वपूर्ण आधार बनाएर प्रदेश २ भित्रका प्रत्येक नागरिकलाई साझा, शान्त र समभावसहितको समाज निर्माणमा भूमिका निर्वाह गर्ने बताएका छन् । उनले भनेका छन्ः ‘ जात, जन्म, स्थान वा घनत्वको आधारमा दम्भ वा भय निर्माण भइरहँदा समाज आशान्त र नागरिक असुरक्षित हुनसक्छ । प्रत्येक नागरिकलाई साझा र अपनत्वसहितको प्रदेश निर्माणमा मेरो भूमिका कायम रहनेछ ।’ Advertisement उनले देशभक्ति, आतिथ्य सत्कार र समृद्ध सांस्कृतिक इतिहास बोेकेको प्रदेशमा काम गर्ने सौभाग्य पाएको बताउँदै विविधतालाई अवसरको रुपमा लिने, अनुशासन, इमान्दारिता र माटोप्रति प्रेम कायम राख्दै प्रदेश २ लाई स...
सर्वोच्चले सरकारको पक्षमा फैसला गर्छ : मन्त्री भट्ट

सर्वोच्चले सरकारको पक्षमा फैसला गर्छ : मन्त्री भट्ट

देश, राजनीति, समाचार
कैलाली । उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले सर्वोच्च अदालतले गर्ने फैसला सरकारको पक्षमा हुने बताएका छन् ।  आज कैलालीमा ओली पक्षको प्रेस संगठन नेपालले गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् ।  Advertisement सर्वोच्चको फैसला केहि दिन भित्रै आउने बताउँदै मन्त्री भट्टले फैसला सरकारको पक्षमा नै हुने ठोकुवा गरे ।  उनले समय सिमाभित्रै निर्बाचन हुने र निर्वाचनका लागि निर्वाचन आयोग गृह कार्यमा लागि सकेको बताए ।  उनले सरकारलाई काम गर्न नदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गर्नु परेको बताए । आफ्नै पार्टीबाट प्रधानमन्त्रीलाई असहयोग हुन थालेपछि बाध्यात्मक परिस्थितीमा बिघटन गर्नु परेको उनको भनाई छ ।  साभार: रातोपाटी ...
नेताहरूले गणतन्त्रलाई गाईजात्रा बनाए : कमल थापा

नेताहरूले गणतन्त्रलाई गाईजात्रा बनाए : कमल थापा

देश, राजनीति, समाचार
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले  नेताहरुले गणतन्त्रलाई गाईजात्रा बनाएको आरोप लगाएका छन् । मुलुकमा पछिल्ला समय बिभिन्न राजनीतिक दलका नेताहरुको क्रियाकलापलाई लिएर टिप्पणी  गर्दै  अध्यक्ष थापाले यस्तो आरोप लगाएका हुन् । Advertisement सामाजिक सञ्जालमा अध्यक्ष थापाले लेखेका छन्, आफ्नो पक्षमा फैसला नआए आन्दोलन गर्ने प्रधानमन्त्रीको चेतावनी, राष्ट्रपति र सरकारको निर्णयको उपराष्ट्रपतिद्वारा विरोध, सभामुखद्वारा राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशविरुद्ध मुद्दा हाल्ने, सडक प्रदर्शन गरी दलका नेताहरुले अदालतलाई तर्साउने धम्क्याउने, कार्यहरूले गणतन्त्रलाई गाईजात्रा बनाए । साभार: रातोपाटी ...
विस्तारित अस्पताल सेवा कार्यविधि : चिकित्सकले परामर्शबाहेक अन्य शुल्क २०० प्रतिशतसम्म लिन पाउने

विस्तारित अस्पताल सेवा कार्यविधि : चिकित्सकले परामर्शबाहेक अन्य शुल्क २०० प्रतिशतसम्म लिन पाउने

देश, समाचार, स्वास्थ्य
९ फागुन,काठमाडौं । जनस्वास्थ्य ऐनको दफा ३१ बमोजिम नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँचका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ विस्तारित अस्पताल सेवा कार्यक्रम संचालन सम्बन्धी कार्यविधि जारी गरेको छ । कार्यविधिमा नियमित समयबाहेक अतिरिक्त समयमा सोही स्वास्थ्य संस्थाबाट निश्चित रकम तिरेर सेवा लिन सकिने उल्लेख गरिएको छ । Advertisement सो कार्यविधिमा चिकित्सकको परामर्श शुल्क स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेअनुसार हुने र अन्य सेवा शुल्कमा भने नियमित समयको भन्दा २ सय प्रतिशतसम्म लिन पाउने उल्लेख छ । यो शुल्क विस्तारित सेवामा मात्रै हो । कार्यविधिअनुसार विस्तारित समयमा काम गरेबापत आएको आम्दानीको २० प्रतिशत अस्पताल विकास समितिको खातामा जाने र बाँकी रहेको ८० प्रतिशतलाई १०० प्रतिशत मानी ९० प्रतिशत चिकित्सक नर्स तथा सेवामा खटिएका स्वास्थ्...