२०८२ चैत्र १

Author: admin

England v Pakistan: Chris Woakes and Jos Buttler earn thrilling win

England v Pakistan: Chris Woakes and Jos Buttler earn thrilling win

खेलकुद
Chasing 277 on a snakepit of a pitch, England looked all but beaten at 117-5, only for Woakes and Buttler to counter-attack in a partnership of 139. Buttler was lbw reverse-sweeping Yasir Shah for 75 with 21 still required and the second new ball due. The promoted Stuart Broad took England to within four, which Woakes got from an outside edge to end 84 not out. It was Woakes who said on Friday night that England would draw on their experience on recent unlikely victories, and this latest success follows the drama of the World Cup final and the Headingley Ashes Test. Not only were they second favourites for most of this fourth day, but also after conceding a 107-run first-innings lead after errors in the field, poor tactics and a top-order collapse. They gradua...
लकडाउन गर्ने अवस्था छैन, सावधानी अपनाऔं : मुख्यमन्त्री गुरुङ

लकडाउन गर्ने अवस्था छैन, सावधानी अपनाऔं : मुख्यमन्त्री गुरुङ

आर्थिक
२१ साउन, पोखरा । गण्डकी प्रदेशमा लकडाउन खुलेपछि मात्रै करिब २ सय जना कोरोना संक्रमित थपिएका छन् । १३ दिनको अवधिमा थपिएको यो संख्या लकडाउनअघिको परिस्थितिमा भन्दा धेरै हो । गण्डकी प्रदेशमा अहिलेसम्म २५ हजार २ सय ९२ जनाको स्वाब परीक्षण भएको छ । जसमध्ये साउन सात गते लकडाउन खुल्नुभन्दा अघिसम्म गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ४५ थियो । अहिले यो संख्या १ हजार ५ सय ५२ पुगेको छ । त्यसमा पनि पछिल्लो समय ट्राभल हिस्ट्री नभएका र स्रोत फेला नपरेका संक्रमित बढिरहेका छन् । प्रहरी कर्मचारीलाई कोराना संक्रमण देखिइसकेपछि थुनामुक्त भएका १ जना व्यक्तिको सम्पर्कमा आएका ८ जनामा कोरोना संक्रमण पुष्टि भयो । थुनामुक्त भएका व्यक्तिका परिवारमा ४ जना र उनका साथी ४ जनामा कोरोना संक्रमण देखिएको हो । स्याङ्जामा ४१ जना प्रहरीमा कोरोना संक्रमण देखिएको थियो । प्रहरी हिरासतबाट थुनामुक्त भएका व्यक...
पर्सामा मेयरसहित ५५ जनामा कोरोना, ल्याबका कर्मचारी पनि संक्रमित

पर्सामा मेयरसहित ५५ जनामा कोरोना, ल्याबका कर्मचारी पनि संक्रमित

अन्तर्वार्ता, आर्थिक
२४ साउन, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र प्रसाद साहसहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पताल स्थिति पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा ८ जना महिलासहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ३ जना बारा र १ जना सर्लाहीका छन् । शुक्रबार मृत्यु भएका वीरगञ्ज–३ छपकैयाका ७४ वर्षीय वृद्ध पनि संक्रमितको सूचीमा छन् । नारायणी अस्पतालको पीसीआर प्रयोगशाला स्रोतले दिएको जानकारी अनुसार बहुदरमाई नगरपालिकामा ४० वर्षीय मेयर नितेन्द्र प्रसाद साहसहित २५ जनामा संक्रमण देखिएको छ । चण्डी प्रसाद गणका ३२ वर्षीय नेपाली सेनाका जवान र बाराको कलैया–१० घर भएका नारायणी अस्पतालको ल्याबका ३१ वर्षीय पुरुष कर्मचारीमा पनि संक्रमण देखिएको छ । उनी नारायणी अस्पतालको ओपीडी ल्याबमा कार्यरत थिए । यसैगरी वीरगञ्ज–१० आदर्शनगर घर भएका दुगर ग्रुपका ३७ वर्षीय पु...
स्याङ्जामा लापरवाही : थुनावालाई परीक्षण नगरी छोड्दा स्थानीयमा संक्रमण

स्याङ्जामा लापरवाही : थुनावालाई परीक्षण नगरी छोड्दा स्थानीयमा संक्रमण

आर्थिक
२० साउन, पोखरा । स्याङ्जाको पुतलीबजार नगरपालिकामा साउन ४ गते तास खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गर्‍यो । उनीहरुलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान बढाउँदै थियो । यहीबीचमा केही प्रहरीमा रुघाखोकी जस्तो लक्षण देखिए । कोरोनाको आशंकामा स्वाब परीक्षण गर्दा साउन ६ गते ३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भयो । प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएपछि अनुसन्धान सकेर तास खेलेको आरोपमा पक्राउ परेका सबैलाई छाडियो । उनीहरु घर फर्किए । थप प्रहरी संक्रमित भएको पाइयो । जब उनीहरुको सम्पर्कमा आएकाहरुको खोजी भयो, केही दिन प्रहरी थुनामा बसेर घर गएका उनीहरु पनि परीक्षणको दायरामा आए । मंगलबार थुनुमुक्त भएका एक जनासहित उनकोे सम्पर्कमा आएका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा थुनामुक्त भएकै व्यक्तिसहित परिवारकै ४ जना छन् भने बाँकी ४ जना सम्पर्कमा आएका उनका साथीहरु रहेको स्वास्थ्य ...
थप २५९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१ हजार नाघ्यो

थप २५९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१ हजार नाघ्यो

अन्तर्वार्ता
२० साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ६८७ नमुना परीक्षण गर्दा काठमाडौंका उपत्यकामा मात्र ६२ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । उनीहरुमध्ये ५८ जनाको मृत्यु भएको छ भने १५ हजार २० जना निको भएका छन् । कहाँ कहाँ थपिए संक्रमित ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै सबैभन्दा धेरै काठमाडौंमा ४८ जना संक्रमित थपिएका छन् । यस्तै सर्लाहीका २६, मोरङका २३, कैलालीका २२, महोत्तरीमा १५, भक्तपुर र धनुषाका १३/१३ जना, सुनसरीका १२, अछाम र बाँकेका ११, रुपन्देहीका ९, झापाका ८, सप्तरी र बाराका ७/७ जना र रौतहटका ६ जनालाई कोरोना संक्रमण भएको छ । गुल्मीका ५, सल्यानका ३, इलाम, सिरहा, कपिलवस्तु र कास्कीका २/२ जना तथा ललितपुर, धनुषा, बझाङ, पर्सा, तन...
सवारी साधनमा फेरि जोर विजोर लागू, राति हिँडडुल गर्न रोक

सवारी साधनमा फेरि जोर विजोर लागू, राति हिँडडुल गर्न रोक

अन्तर्वार्ता, आर्थिक
२१ साउन, काठमाडौं । सरकारले भोलि (विहीबार)देखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै जोर विजोर लागू गरिएको गृह मन्त्रालयका प्रवक्ता  सहसचिव चक्रबहादुर बुढाले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार काठमाडौं उपत्यकाका तीनवटै जिल्ला  र उपत्यकाबाहिर २०० जनाभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा जोर-विजोर लागू हुनेछ । जोर गतेका दिन जोर नम्बर प्लेटका सवारीसाधन र विजोर गतेका दिन विजोर नम्बरका सवारीसाधान चलाउनुपर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले बताए । उनले भने, ‘कसैले भनसुन नगर्नु होला, सरकारको निर्णय कडाइका साथ ट्राफिक प्रहरीले लागू गराउँछ ।’ सरकारले २६ असारबाट निजी सवारी साधनको जोर विजोर हटाएको थियो भने उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति द...
डाक्टर एन्थोनी फाउची भन्छन्– मलाई मार्ने धम्की आयो

डाक्टर एन्थोनी फाउची भन्छन्– मलाई मार्ने धम्की आयो

अन्तर्वार्ता, आर्थिक, स्वास्थ्य
२३ साउन, काठमाडौं। अमेरिकाका वरिष्ठ फिजिसियन डाक्टर एन्थोनी फाउचीले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् । छोरीहरुलाई पनि दुःख दिने काम भइरहेको उनले बताएका छन् । कोरोना महामारी नियन्त्रणका लागि अमेरिकामा के–के भइरहेको छ भनेर सार्वजनिक रुपमा विस्तारमा बताएकाले आफूले धम्की आएको उनको भनाइ छ । ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका सदस्यसमेत रहेका डाक्टर फाउचीले सीएनएनसँग कुरा गर्दै भनेका छन्, ‘मलाई र मेरो परिवारका सदस्यलाई मार्ने धम्की दिने, मेरा छोरीहरुलाई पनि दुःख दिने ताकि मैले आफ्नोलागि सुरक्षाकर्मी राख्नुपर्छ । यो त आफैंमा अजिब छ ।’ उनले अगाडि भने, ‘म सपनामा पनि सोच्न सक्दैन कि त्यो यदि हदसम्म गर्छ र मलाई मार्ने धम्की दिन्छ ।’ उनले आफूलाई धम्की दिने व्यक्ति को हुन् भन्ने खुलाएका छैनन् । कोरोना भाइरसविरुद्धको संघर्षमा फाउची डटेर लागेका छन्, जसका कारण उनी अमेरिकाभर चिन...
कांग्रेसले क्रियाशील सदस्य दोब्बर बनाउने, छानबिन समितिमा भने विवाद

कांग्रेसले क्रियाशील सदस्य दोब्बर बनाउने, छानबिन समितिमा भने विवाद

राजनीति, समाचार
२२ साउन, काठमाडौं । नेपाली कांग्रेसमा क्रियाशील सदस्यता छानबिन समिति गठनमा विवाद देखिएको छ । क्रियाशील सदस्यता शतप्रतिशत बढाउन सहमत संस्थापन र रामचन्द्र पौडेल समूह छानबिन समितिमा भने विभाजित भएका हुन् । बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको छलफलमा क्रियाशील सदस्यता साविकको संख्यामा १०० प्रतिशतसम्म बढाउन सकिने व्यवस्था गर्ने सहमति भएको छ । यसअघि ५० प्रतिशत मात्र थप्न सकिने भन्ने थियो । १३ औं महाधिवेशन हुँदा कांग्रेसमा ४ लाख ९८ हजार ४७६ क्रियाशील सदस्य थिए । नयाँ सहमतिअनुसार यो संख्या १० लाख पुग्न सक्ने नेताहरु बताउँछन् । ‘हरेक ठाउँमा १०० प्रतिशत थपिन्छ भन्ने छैन । यो अधितकम सीमा मात्र हो’ बैठकमा सहभागी एक नेताले भने, ‘पार्टी एकतामा आएकाहरुलाई दिइने क्रियाशील सदस्य जोड्दा हाल कायम रहेको संख्या दोब्बर भने हुनसक्छ ।’ एकता प्रक्रियामा आएकाहरुलाई केन्द्रले...