२०८३ भाद्र ३०

Author: admin

Possibilities of IT Professionals in booming markets like Nepal

Possibilities of IT Professionals in booming markets like Nepal

SYM शुद्ध सकारात्मकता
The demand for skilled IT professionals is high in South Asian countries like Nepal, as the use of technology continues to grow and evolve. There are many possibilities for IT professionals in Nepal to pursue rewarding and fulfilling careers in a variety of industries. One possibility for IT professionals in Nepal is to work in the field of software development. Nepal has a growing tech startup ecosystem, and there are many opportunities for software developers to work on innovative projects and help bring new ideas to market. In addition, there is a growing demand for software developers in the government, healthcare, and financial sectors, as these industries look to modernize and improve their operations through the use of technology. Software developers in Nepal can work ...
सोलार बत्तीले बोगटान फुड्सिलका गाउँ झिलिमिली

सोलार बत्तीले बोगटान फुड्सिलका गाउँ झिलिमिली

SYM शुद्ध सकारात्मकता
५ पुस, डोटी। वषौंदेखि अन्धकारमा बस्दै आएका डोटी जिल्लाको बोगटान फुड्सिल गाउँपालिका-२ गराजुका बासिन्दाले सोलार मिनिग्रीडबाट बत्ती बाल्न पाउँदा जीवनकै सबैभन्दा ठूलो उपलब्धिको अनुभूति गरेका छन् । यहाँका केही हुनेखाने परिवारले सौर्य घरेलु प्रणालीको प्रयोग गरेको भए पनि अधिकांश घरपरिवारले उज्योलोको लागि झरो (सल्लाको काठ) मा नै निर्भर थिए । जिल्लाको अति विकट मानिने यो ठाउँ पुग्न सदरमुकामबाट जीपमा एक दिन पूरै यात्रा गर्नुपर्छ । भर्खरै कच्ची सडक निर्माण भएकाले वर्षायाममा जीप चल्न सक्दैन । केन्द्रीय प्रशारण लाइनको पहुँच पुग्न अझै केही वर्ष लाग्ने भएकाले यहाँका बासिन्दालाई अन्धकारबाट मुक्त गर्न र ऊर्जाको अन्य आधारभूत आवश्यकता पूरा गर्न सोलार मिनिग्रिडबाट विद्युत् आपूर्तिको प्रबन्ध गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतबहादुर चन्द बताउँछन् । यहाँबाट प्रष्ट देख्न सकिने अछामको ...
द ब्रिटिस कलेजले नयाँ आईटी प्रोग्राम्स सञ्चालनमा ल्याउँदै

द ब्रिटिस कलेजले नयाँ आईटी प्रोग्राम्स सञ्चालनमा ल्याउँदै

शिक्षा
काठमाडौं । बेलायतको किल विश्वविद्यालयसँगको साझेदारीमा ‘द ब्रिटिस कलेज’ले ‘एमएस्सी एड्भान्स कम्प्युटर साइन्स’ प्रोग्राम सञ्चालनमा ल्याउने भएको छ । यो प्रोग्राम ‘द ब्रिटिस कलेज’को सहायक संस्था ‘द ब्रिटिस इन्टरनेशनल कलेज’ द्वारा सञ्चालन गराइनेछ । यो कोर्सका लागि आवेदन दिने पहिलो ३० आवेदकहरुलाई छात्रवृत्ति पनि उपलब्ध गराइने कलेजले जनाएको छ । किल विश्वविद्यालयको यो कोर्स निकै एडभान्स तरिकाले डिजाइन गरिएकाले विद्यार्थीहरुका लागि निकै फलदायी हुने कलेजले जनाएको छ । यो कोर्सले विद्यार्थीहरुलाई कम्प्युटर साइन्सको विभिन्न क्षेत्र (प्रोग्रामिङ ल्याङग्वेयज, अल्गोरिदम्स, डेटा साइन्स, कम्प्युटर आर्किटेक्चर, र सफ्टवेयर इन्जिनियरिङ) लाई समेट्ने कलेजले जनाएको छ । ब्रिटिस कलेजका सीईओ राजन कँडेलले नयाँ शैक्षिक कार्यक्रमहरुले विद्यार्थीहरुको ज्ञान र सीपको विकास गर्नेमा आफूहरु विश्वस्त रहेको...
नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

खेलकुद
५ पुस, काठमाडौं । काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिप खेल्ने नेपाली टोली बंगलादेश प्रस्थान गरेको छ । नेपाली टोली मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेको हो । नेपाली टोलीलाई यसअघि आइतबार एक कार्यक्रम आयोजना गर्दै नेपाल भलिबल संघले बिदाइ गरेको थियो । काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिप ७ देखि ११ पुससम्म बंगलादेशको ढाकामा आयोजना हुँदैछ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता छ । चार टिम सहभागी प्रतियोगिता राउण्ड रोविन लिगको आधारमा हुनेछ । नेपालले च्याम्पियनसिपको पहिलो खेलमा पुस ७ गते आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । दोस्रो खेलमा ८ गते श्रीलंकासँग र ९ गते हुने लिग चरणको अन्तिम खेलमा किर्गिस्तानसँग खेल्नेछ । लिग चरणपछि पहिलो र चौथो तथा दोस्रो र तेस्रो स्थानमा रहनेबीच सेमिफाइनल ख...
शेखर–गगन लेनदेन : दलको नेता छाडेका कोइरालालाई सभापतिमा समर्थन

शेखर–गगन लेनदेन : दलको नेता छाडेका कोइरालालाई सभापतिमा समर्थन

राजनीति
५ पुस, काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहका नेताद्वय शेखर कोइराला र गगन थापाबीच संसदीय दलको नेता र सभापतिको उम्मेदवारीमा ‘लेनदेन’ भएको छ । दुवै संसदीय दलको उम्मेदवारको आकांक्षी थिए । दुवैले चुनाव लड्दा १४औं महाधिवेशनबाट बनेको यो समूह नै विघटन हुने भएपछि नेताहरुले सहमति खोजेका छन् । १५औं महाधिवेशनमा आफूलाई सभापतिमा समर्थन गर्न महामन्त्री गगन थापा सहमत भएपछि डा. शेखरले संसदीय दलको दाबी छाडेका छन् । होटल बसेरामा बसेको बैठकमा नेता शेखरले संसदीय दलको नेताको उम्मेदवारमा गगनलाई प्रस्ताव गरेका छन् । पुस्तान्तरणसहित रुपान्तरणको पक्षमा रहेकाले आफूले गगनलाई संसदीय दलको नेतामा प्रस्ताव गरेको उनले बताए । उपसभापति धनराज गुरुङ लगायतका नेताहरुले समर्थन गरेका छन् । महामन्त्री गगन थापाले पनि १५औं महाधिवेशनको सभापतिमा यो समूहले शेखरलाई नै अघि सार्ने बताएका छन् । ‘१५औंमा शेखर...
आकर्षणको केन्द्र बन्दै ‘लक्ष्मीनारायण धर्मशाला’

आकर्षणको केन्द्र बन्दै ‘लक्ष्मीनारायण धर्मशाला’

देश
४ पुस, रामपुर (पाल्पा) । कुनै समय पुनः निर्माण हुन नसकेर ओझेलमा परेको लक्ष्मीनारायण धर्मशाला यतिबेला सबैको रोजाइमा पर्न थालेको छ । अहिले यहाँ दैनिक दुई सय बढी आन्तरिक पर्यटक अवलोकन गर्न पुग्ने गरेका छन् । जीर्ण अवस्थामा रहेको सो धर्मशालालाई पुरानै शैलीमा पुनःनिर्माण गरिएपछि सबैलाई लोभ्याएको छ । कलात्मक शैलीमा पुरानै स्वरुपमा बनाइएको धर्मशाला यतिबेला सामाजिक सञ्जाल, टिकटक, फेसबुकमा चर्चा बढ्दै गएको छ । आकर्षक बुट्टा भरेर चिटिक्क परेको धर्मशाला साथीहरुसँग अवलोकन गर्दै टिकटक बनाउन, फोटो तथा भिडियो खिच्न आएको कृष्णकला श्रेष्ठले बताए । ‘हेर्दै आकर्षक खालको धर्मशाला बनेको छ, पुराना काष्ठकलाको प्रयोग गरिएको हुँदा यसले सबैलाई लोभ्याएको छ, रामपुरमा परम्परागत शैलीमा सबैलाई आकर्षित बनाउने संरचना तयार भएको छ’, उनले भने । रामपुर नगरपालिका–४ स्थित खोप्टारमा रहेको धर्मशाला हालसालै पुन...
पब्जी विश्वकपमा नेपाली दुई टोली अन्तिम चरणमा, कम्तिमा १–१ करोड रकम पाउने निश्चित

पब्जी विश्वकपमा नेपाली दुई टोली अन्तिम चरणमा, कम्तिमा १–१ करोड रकम पाउने निश्चित

SYM शुद्ध सकारात्मकता, खेलकुद
४ पुस, काठमाडौं । युद्ध मैदानमा भिडन्त गरेको महसुस गराउने अनलाइन गेम पब्जीको विश्वकप च्याम्पियनसिपमा नेपालका दुई टोली अन्तिम चरणमा पुगेका छन् । चिनियाँ कम्पनी टेन्सेन्टले नोभेम्बर १० देखि मलेसियामा आयोजना गरेको प्रतियोगितामा सहभागी नेपालका द रियल सोल्जर्स (डीआरएस) र ट्रेन्ड टु किल (टिटुके) अन्तिम चरणमा पुगेका हुन् । सेमिफाइनल चरण पार गरेका नेपाली दुई टोलीले आगामी जनवरी महिनामा हुने फाइनलमा विभिन्न देशका १४ समूहविरुद्ध प्रतिस्पर्धा गर्नुपर्ने छ । पब्जीको विश्वकप प्रतियोगितामा विश्वभरबाट ४८ समूहले सहभागिता जनाएका थिए । नेपालबाट डीआरएस, टिटुके र स्काइलाइट्स गेमिङले सहभागिता जनाएका थिए । स्काइलाइट्स भने प्रतियोगिताबाट बाहिरिसकेको छ । प्रतियोगिताको १६  टोलीको सूचीमा नेपालको डीआरएस पाँचौ स्थानमा छ । पहिलोमा भियतनामको टोली छ । नेपालको टिटुके समूह प्रतियोगिताको अन्तिम च...
जनमत पार्टीको संसदीय दलको नेतामा डा. सिके राउत चयन

जनमत पार्टीको संसदीय दलको नेतामा डा. सिके राउत चयन

राजनीति
४ पुस, जनकपुरधाम । जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा. सिके राउत चयन भएका छन् । आइतबार काठमाडौंको बुद्धनगरस्थित पार्टी कार्यालयमा बसेको सांसदहरूको बैठकले सर्बसम्मत दलको नेतामा राउतलाई चयन गरेको हो । जनमतका नेता बीपी साहका अनुसार दलको उपनेता र प्रमुख सचेतक चयन गर्न आज सोमबार पुनः १० बजे बैठक बोलाइएको छ । राउत सप्तरी क्षेत्र नं. २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर बढी मतले पराजित गर्दै जितेका हुन् । जनमतका ६ सांसद छन्। राउत प्रत्यक्ष र अरु पाँच जना समानुपाति प्रणालीबाट चयन भएका हुन् । ...
‘पशुपतिप्रसाद’को चर्चित पात्रमाथि ‘भष्मे डन’ निर्माण हुने, दशैंमा रिलिज तयारी

‘पशुपतिप्रसाद’को चर्चित पात्रमाथि ‘भष्मे डन’ निर्माण हुने, दशैंमा रिलिज तयारी

नेपाली चलचित्र, मनोरञ्जन / कला
काठमाडौं । चर्चित फिल्म ‘पशुपतिप्रसाद’मा निकै रुचाइएको पात्र थियो भष्मे डन । यो चरित्रले बिपिन कार्कीलाई घरेलु फिल्ममा स्थापित गरिदियो । यो पात्रमाथि सयौ मिम र ट्रोल बने । नेटिजनमाझ यसको चर्चा अहिले पनि सेलाएको छैन । यो लोकप्रिय पात्रमाथि फिल्म ‘भष्मे डन’ निर्माण हुने भएको छ । पशुपतिप्रसादको स्पिन-अफ (कुनै फिल्मको चर्चित पात्रमाथि केन्द्रित रहेर निर्माण हुने अर्को फिल्म) को रुपमा यो प्रोजेक्ट बन्ने भएको हो । निर्माणमा ‘पशुपतिप्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र खनाल र अभिनेता खगेन्द्र लामिछानेले सहकार्य गर्ने छन् । दीपेन्द्रले निर्देशन र खगेन्द्रले निर्माण गर्ने निधो भएको छ । पटकथा पनि खगेन्द्र स्वयमले लेखिरहेका छन् । भष्मे डनको शीर्ष भूमिकामा बिपिनले नै अभिनय गर्नेछन् । ‘पशुपतिप्रसाद’मा हनुमानको भूमिकामा देखिएका रविन्द्रसिंह बानियाँ पनि भष्मे डनमा देखिनेछन् । साथै, मित बाक...
वाइफाइको स्पीड कम भयो ? यसरी बढाउनुहोस्

वाइफाइको स्पीड कम भयो ? यसरी बढाउनुहोस्

समाचार
काठमाडौं । सूचना प्रविधिको अहिलेको युगमा इन्टरनेट आम जनजीवनको अभिन्न अंग बनिसकेको छ । हाल धेरै कामहरु अनलाइन तथा भर्चुअल स्वरुपमा आउँदै गर्दा उच्च स्पीडको तथा गुणस्तरीय इन्टरनेट अत्यावश्यक बनिसकेको छ । वाइफाइको स्पीड कम भयो भने कम्प्युटरका धेरै कामहरु अबरुद्ध हुन्छन् । इन्टरनेट सुस्त हुनुका विभिन्न कारण हुन सक्दछन् । तपाईंले खरीद गरेको इन्टरनेट प्याकेज नै कम क्षमताको हुँदा वाइफाइ स्पीड कम हुनु स्वभाविकै हो । तर कहिलेकाहिँ उच्च गतिको भनिएको इन्टरनेट समेत निकै सुस्त बनिदिन्छ । यस्तो अवस्थामा केही काइदा अपनाएर सुस्त बनेको वाइफाइको गति बढाउन सकिन्छ । वाइफाइ उत्कृष्ट तरिकाले काम गरोस् बन्नका लागि तपाईंले आफ्नो वाइफाइको अप्टिमाइजेसन गर्नुपर्दछ । यदि तपाईंले आफ्नो वाइफाइलाई रिबूट गर्नुभएको छैन भने एकपटक वाइफाइ रिबूट गरेर हेर्नुहोस् । यसो गर्दा वाइफाइका सिग्नल स्ट्रेन्थ बढ्न गई इन...