२०८२ पुष ६

Author: admin

जनमत पार्टीको संसदीय दलको नेतामा डा. सिके राउत चयन

जनमत पार्टीको संसदीय दलको नेतामा डा. सिके राउत चयन

राजनीति
४ पुस, जनकपुरधाम । जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा. सिके राउत चयन भएका छन् । आइतबार काठमाडौंको बुद्धनगरस्थित पार्टी कार्यालयमा बसेको सांसदहरूको बैठकले सर्बसम्मत दलको नेतामा राउतलाई चयन गरेको हो । जनमतका नेता बीपी साहका अनुसार दलको उपनेता र प्रमुख सचेतक चयन गर्न आज सोमबार पुनः १० बजे बैठक बोलाइएको छ । राउत सप्तरी क्षेत्र नं. २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर बढी मतले पराजित गर्दै जितेका हुन् । जनमतका ६ सांसद छन्। राउत प्रत्यक्ष र अरु पाँच जना समानुपाति प्रणालीबाट चयन भएका हुन् । ...
‘पशुपतिप्रसाद’को चर्चित पात्रमाथि ‘भष्मे डन’ निर्माण हुने, दशैंमा रिलिज तयारी

‘पशुपतिप्रसाद’को चर्चित पात्रमाथि ‘भष्मे डन’ निर्माण हुने, दशैंमा रिलिज तयारी

नेपाली चलचित्र, मनोरञ्जन / कला
काठमाडौं । चर्चित फिल्म ‘पशुपतिप्रसाद’मा निकै रुचाइएको पात्र थियो भष्मे डन । यो चरित्रले बिपिन कार्कीलाई घरेलु फिल्ममा स्थापित गरिदियो । यो पात्रमाथि सयौ मिम र ट्रोल बने । नेटिजनमाझ यसको चर्चा अहिले पनि सेलाएको छैन । यो लोकप्रिय पात्रमाथि फिल्म ‘भष्मे डन’ निर्माण हुने भएको छ । पशुपतिप्रसादको स्पिन-अफ (कुनै फिल्मको चर्चित पात्रमाथि केन्द्रित रहेर निर्माण हुने अर्को फिल्म) को रुपमा यो प्रोजेक्ट बन्ने भएको हो । निर्माणमा ‘पशुपतिप्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र खनाल र अभिनेता खगेन्द्र लामिछानेले सहकार्य गर्ने छन् । दीपेन्द्रले निर्देशन र खगेन्द्रले निर्माण गर्ने निधो भएको छ । पटकथा पनि खगेन्द्र स्वयमले लेखिरहेका छन् । भष्मे डनको शीर्ष भूमिकामा बिपिनले नै अभिनय गर्नेछन् । ‘पशुपतिप्रसाद’मा हनुमानको भूमिकामा देखिएका रविन्द्रसिंह बानियाँ पनि भष्मे डनमा देखिनेछन् । साथै, मित बाक...
वाइफाइको स्पीड कम भयो ? यसरी बढाउनुहोस्

वाइफाइको स्पीड कम भयो ? यसरी बढाउनुहोस्

समाचार
काठमाडौं । सूचना प्रविधिको अहिलेको युगमा इन्टरनेट आम जनजीवनको अभिन्न अंग बनिसकेको छ । हाल धेरै कामहरु अनलाइन तथा भर्चुअल स्वरुपमा आउँदै गर्दा उच्च स्पीडको तथा गुणस्तरीय इन्टरनेट अत्यावश्यक बनिसकेको छ । वाइफाइको स्पीड कम भयो भने कम्प्युटरका धेरै कामहरु अबरुद्ध हुन्छन् । इन्टरनेट सुस्त हुनुका विभिन्न कारण हुन सक्दछन् । तपाईंले खरीद गरेको इन्टरनेट प्याकेज नै कम क्षमताको हुँदा वाइफाइ स्पीड कम हुनु स्वभाविकै हो । तर कहिलेकाहिँ उच्च गतिको भनिएको इन्टरनेट समेत निकै सुस्त बनिदिन्छ । यस्तो अवस्थामा केही काइदा अपनाएर सुस्त बनेको वाइफाइको गति बढाउन सकिन्छ । वाइफाइ उत्कृष्ट तरिकाले काम गरोस् बन्नका लागि तपाईंले आफ्नो वाइफाइको अप्टिमाइजेसन गर्नुपर्दछ । यदि तपाईंले आफ्नो वाइफाइलाई रिबूट गर्नुभएको छैन भने एकपटक वाइफाइ रिबूट गरेर हेर्नुहोस् । यसो गर्दा वाइफाइका सिग्नल स्ट्रेन्थ बढ्न गई इन...
ओलीले रविलाई सोधे–सरकारमा जानेबारे के सोच्नु भएको छ ?

ओलीले रविलाई सोधे–सरकारमा जानेबारे के सोच्नु भएको छ ?

राजनीति
३ पुस, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटघाट भएको छ । शुक्रबार ओली निवास बालकोटमा गएर लामिछनेले  भेट गरेका हुन् । भेटमा एमाले अध्यक्ष ओलीले रास्वपा सभापति लामिछानेलाई सरकारमा जाने या नजानेबारे जिज्ञासा राखेका थिए । भेटलाई पुष्टि गर्दै रास्वपा महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले भने, ‘समसामयिक विषयमा कुरा भए । एक अर्कालाई बुझ्ने कोशिस भयो ।’ सरकार गठनबारे कुरा उठ्दा ओलीले रविलाई सोधेका थिए, ‘सरकारमा जाने, नजानेबारे के सोच्नुभएको छ ?’ लामिछानेले भने आफूहरुलाई एकल सरकार बनाउने मत प्राप्त नभएकाले आफूले त्यसबारे धेरै नसोचेको बताएका थिए । यद्यपि जसले आफ्ना मुद्दा सम्बोधन गर्छ उसलाई साथ हुनसक्ने संकेत लामिछानेले गरेका थिए ...
सिभिल बैंकको ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ अभियान सुरु

सिभिल बैंकको ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ अभियान सुरु

अर्थतन्त्र, आर्थिक, बैँक/ बीमा
काठमाडौं । सिभिल बैंकले ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ गो–क्यासलेस अभियान सुरु गरेको छ । जनकपुर उपमहानगरपालिकाका उपमेयर किशोरी साहले टेम्पो व्यवसायी श्रीनारायण मण्डललाई क्यूआर कोड हस्तान्तरण गरे अभियानको सुरुवात गरेका हुन् । सिभिल बैंकले ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ अभियानको सुरुवात गर्न पाउँदा खुशी लागेको भन्दै साहले नगदरहित समाज आजको आवश्यकता भएको बताए । सिभिल बैंकका चिफ बिजिनेस भोला बहादुर विष्टले डिजीटल ईको सिस्टमको विकास गर्न सकिएमा समग्र जनकपुर डिजिटलमा जाने कुरामा दुई मत नभएको बताए । ...
निर्वाचन आयोगले सातवटै प्रदेश प्रमुखलाई बुझायो निर्वाचन परिणाम

निर्वाचन आयोगले सातवटै प्रदेश प्रमुखलाई बुझायो निर्वाचन परिणाम

राजनीति
२ पुस, काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा भएको प्रदेश सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन सातवटै प्रदेशका प्रदेश प्रमुखसमक्ष पेश गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरू, सचिव र सहसचिवसहितको टोलीले सबै प्रदेशको राजधानीमा प्रदेश प्रमुखको कार्यालयमा अलग अलग रूपमा प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझाउन प्रदेश नं. १ मा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, मधेस प्रदेशमा आयुक्त सुगनशमशेर जबरा, बागमती प्रदेशमा सचिव गोकर्णमणि दुवाडी, गण्डकी प्रदेशमा आयुक्त ईश्वरीप्रसाद पौड्याल, लुम्बिनी प्रदेशमा आयुक्त रामप्रसाद भण्डारी, कर्णाली प्रदेशमा सहसचिव यज्ञप्रसाद भट्टराई र सुदूरपश्चिम प्रदेशमा आयुक्त डा. जानकी कुमारी तुलाधरको नेतृत्वमा आयोगको टोली पुगेको थियो । ती टोलीले सम्बन्धित प्रदेशका प्रदेश प्रमुखलाई निर्वाचन परिणाम बुझाएको आयोगका सहायक प्रवक्ता कमल भट्टराई...
बिदा नपाएर जागिर छाडेका थिए, अहिले खेतीबाट कमाउँछन् महिनामै डेढ लाख

बिदा नपाएर जागिर छाडेका थिए, अहिले खेतीबाट कमाउँछन् महिनामै डेढ लाख

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
इख नभएको मान्छे र बिख नभएको सर्पले केही गर्न सक्दैन भन्ने नेपाली उखान वीरेन्द्रनगर, चौखेढुंगाका इमानसिं बस्नेतको जीवनमा ठ्याक्कै चरितार्थ भयो। बिरामी हुँदा बिदा नपाएको झोँकमा जागिर छाडेर हिँडेका इमानसिंह स्वरोजगारीबाट हाल मासिक साढे एक लाख रुपैयाँ कमाइ गर्छन्। उनले राष्ट्रिय स्तरको पुरस्कार पाएका छन्। प्रशिक्षक भएका छन्। मानसम्मान पाएका छन्। इमानसिंको जीवनमा कसरी भयो त यस्तो फड्को? एकै छिन उनको विगततिर फर्कौ र वर्तमान हेरौँ। इमानसिंका बुबा लोगबहादुर भारतीय सेनामा कार्यरत थिए। परिवारको लागि पर्याप्त खाना पुग्ने खेती थियो। इमानसिंलाई आफ्नो पढाइ अघि बढाउन आर्थिक समस्या थिएन। २०५३ सालमा एसएसली परीक्षा उत्तीर्ण गरेका इमानसिंले २०५५ सालमा सुर्खेत बहुमुखी क्याम्पसबाट व्यवस्थापन संकायमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरे। त्यो बेला गाउँका युवाहरू मोटो रकम कमाउने ...
४ जनालाई ललितपुर महानगर गौरव पुरस्कार

४ जनालाई ललितपुर महानगर गौरव पुरस्कार

देश, समाचार
२ पुस, काठमाडौं । ललितपुर महानगरपालिकाले आफ्नो स्थापनाको १०४ औं स्थापना दिवसको अवसर पारेर ‘ललितपुर महानगर गौरव पुरस्कार’ प्रदान गर्न सुरु गरेको छ । शनिबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ धातु मूर्तिकार राजकुमार शाक्य, वरिष्ठ साहित्यकार छत्रबहादुर कायस्थ, प्राज्ञ कालु कुमाले र ललितपुर महानगरपालिकाका पूर्वप्रमुख बुद्धिराज बज्राचार्यलाई सो पुरस्कारबाट सम्मान गरे । महानगरभित्रको कला, साहित्य र संस्कृतिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्तिलाई जनही एक लाख नगदसहित सो पुरस्कारबाट सम्मान गरिएको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बताए । कार्यक्रममा प्रधानमन्त्री देउवाले महानगरभित्र उत्कृष्ट करदाताको सम्मान संस्थागत रुपमा जेम्स स्कुल र व्यक्तिगत रुपमा टाँसी तेन्जिङलाई प्रदान गरे । ...
४ वर्षअघिको अभिव्यक्तिलाई लिएर सोविता गौतमले गरिन् पश्चाताप

४ वर्षअघिको अभिव्यक्तिलाई लिएर सोविता गौतमले गरिन् पश्चाताप

देश, समाचार
२ पुस, काठमाडौं । एक पुरानो अन्तर्वार्तामा दिएको विवादित अभिव्यक्तिप्रति नवनिर्वाचित प्रतिनिधि सभा सदस्य (सांसद) सोविता गौतमले पश्चाताप गरेकी छन्। चार वर्षअघि दिएको अन्तर्वार्तामा बलात्कारको घटनाबारे असंवेदनशील टिप्पणी गरेकी थिइन् । उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएपछि गौतमले थुप्रै प्रश्नको सामना गर्नु परेको छ । अधिकारकर्मी र आम नागरिक तहबाटै चर्को विरोध भएपछि गौतमले उक्त अन्तर्वार्ताबारे ट्वीटरमा स्पष्टीकरण दिंदै लेखेकी छन्, ‘यहाँहरूको प्रश्नले मलाई थप संवेदनशील हुन घच्घच्याएको छ । अभिव्यक्तिको आशयभन्दा अन्यथा अर्थ लागेर प्रभावितमाथि पर्न गएको आघातप्रति मलाई खेद छ ।’ गौतमले अन्तर्वार्तामा ‘बलात्कार सामान्य हो । यसले महिलाको शरीलाई कुनै हानी नोक्सानी हुँदैन’ भन्नेवाक्य प्रयोग गरेकी थिइन् । त्यसका साथै बलात्कारको विषयमा महिलाहरू धेरै भावुक भएको र केह...
उपत्यकामा मेट्रो रेलको विकल्प छैन, महानगर मिलेर काम थालौं : चिरिबाबु महर्जन

उपत्यकामा मेट्रो रेलको विकल्प छैन, महानगर मिलेर काम थालौं : चिरिबाबु महर्जन

देश
२ पुस, काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा अब मेट्रो रेलको विकल्प नरहेको बताएका छन् । शनिबार ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसका अवसरमा उनले मेट्रो रेल धेरै महंगो छ भनेर पछि हट्न नहुने पनि धारणा राखे । अब पनि मोटरसाइकलको बिक्री बढाएर उपत्यकामा ट्राफिक जाम बढाउनु भन्दा मेट्रो रेल सञ्चालनका लागि आवश्यक तयारी थाल्नुपर्ने उनको भनाइ छ । ‘काठमाडौं उपत्यकामा अब मेट्रो (रेल) को विकल्प छँदै छैन । आज निर्णय गर्नसक्यौं भने अर्को १० देखि १५ वर्षसम्ममा त्यो सकिन्छ । मेट्रो ज्यादै महंगो छ रे भन्ने सुन्ने गरेको छु । सस्तो के छ त ? अबको १५ वर्षपछि काठमाडौं उपत्यका भित्रको जनसंख्या ६० लाख पुग्छ । यसको विकल्प के त ? यही मोटरसाइकल ल्याउने ?’ मेयर महर्जनले भने । मेट्रो रेलको विकल्प मोेटरसाइकल किमार्थ हुन नसक्ने दाबी गर्दै उनले महंगो भयो भन...