२०८१ बैशाख १५

सदनको गरिमा बढाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण –सभामुख गौतम




प्रदेश नं १ का सभामुख बाबुराम गौतमले सदनको गरिमा बढाउन सञ्चारकर्मीको भूमि निकै महत्वपूर्ण हुने बताउनुभएको छ ।

संसदीय पत्रकार मञ्च विराटनगरद्वारा आज यहाँ आयोजित सम्मान तथा अन्तरक्रियामा उहाँले जनताका आवाजलाई सरकारसम्म र सरकारका नीति तथा कार्यक्रम जनतासम्म पु¥याउने सञ्चारमाध्यम जहिले पनि गम्भीर रहनुपर्ने बताउनुभयो ।


Advertisement


उपसभामुख सृजना दनुवारले संसद्को भूमिका जनपक्षीय भएमा यसको महत्व बढेर जाने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले मञ्च आवद्ध सञ्चारकर्मी र सदनका समाचार सम्प्रेषण गर्ने पत्रकारलाई सक्दो सचिवालयले सहज र सरल ढङ्गले सूचना दिने गरेको बताउनुभयो । मञ्चका अध्यक्ष गणेश लाम्सालको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ का अध्यक्ष लीलाबल्लभ घिमिरे, महासचिव विवेक गौतम, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव विक्रम लुँइटेल र पत्रकार अर्जुन आचार्यले पनि सदन र सचिवालयको विविध पक्षमा चर्चा गर्नुभएको थियो ।



कार्यक्रममा सभामुख गौतम र उपसभामुख दनुवारलाई मञ्चले खादा लगाएर स्वागत र सम्मान गरेको थियो ।

Copy link
Powered by Social Snap