२०८२ माघ १८

Author: admin

बागमती प्रदेश : एक लाखले एसइई परीक्षा दिँदै

बागमती प्रदेश : एक लाखले एसइई परीक्षा दिँदै

शिक्षा
बागमती प्रदेशमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई परीक्षा) मा एक लाख एक हजार सात सय ३३ विद्यार्थीले परीक्षा दिँदैछन् । गत वर्षको तुलनामा यस वर्ष परीक्षा दिने विद्यार्थीको सङ्ख्या कम रहेको बागमती प्रदेशको शिक्षा विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार गत वर्ष एक लाख सात हजार छ सय २५ विद्यार्थी परीक्षामा सहभागी थिए । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत सञ्चालनमा रहेको परीक्षा भोलि १७ गते शुक्रबारदेखि सुरु हुने र परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको निर्देशनालयका सूचना अधिकारी शारदा मैनालीले जानकारी दिनुभयो । बागमती प्रदेशको १३ वटै जिल्लामा सो परीक्षाका लागि जनशक्ति परिचालन, परीक्षा केन्द्रको निर्धारण, प्रश्नपत्र र कापी पु¥याउनेलगायतका काम भइसकेको उहाँले बताउनुभयो । यही चैत २९ गतेसम्म हुने उक्त परीक्षाका लागि बागमती प्रदेशभरिमा चार सय ३४ परीक्षा केन्द्र का...
अहिलेको समय उद्यमशीलताको हो : प्रधानमन्त्री दाहाल

अहिलेको समय उद्यमशीलताको हो : प्रधानमन्त्री दाहाल

उद्यमशीलता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्यमशीलता अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले अनुसन्धानबाट नवीनतम प्रविधिको विकास गरेर उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्ने बताउनुभएको हो । विश्वविद्यालयले विकास गरेको प्रविधिको प्रयोगले किसानको जीवनस्तर उकास्नुपर्ने अहिलेको आवश्यकता रहेको उहाँको भनाइ छ । विश्वविद्यालयका वैज्ञानिकले भैँसीको अप्राकृतिक प्रजनन गराउने प्रविधिको विकास, गहुँको गर्मी सहनसक्ने जातको विकास, चिलापिया माछाको उत्पादन गर्ने प्रविधिले आफूलाई उत्साहित बनाएको उहाँको भनाइ छ । करिब छ दशकअघिसम्म शिक्षाको कमी हुँदा अग्र्यानिक खेतीमार्फत आत्मनिर्भर मात्र नभई निर्यातसमेत गर्ने गरेको बताउँदै उहाँले अहिले बर्सेनि आयात बढ्नुले कहाँ कमजोरी भएको हो पत्ता लगाउनु जरुरी रहेको बताउनु...
लागुऔषध दुर्व्यसन न्यूनीकरणमा सहकार्य गर्दै स्थानीय सरकार

लागुऔषध दुर्व्यसन न्यूनीकरणमा सहकार्य गर्दै स्थानीय सरकार

देश, समाचार
सुदूरपश्चिम प्रदेशमा लागुऔषध कारोबारको बढ्दै गएको छ । कञ्चनपुरमा हरेक दिन लागुऔषधसहित पक्राउ गर्ने क्रम निरन्तर छ । कञ्चनपुर प्रहरीले हरेक दिन यहाँ लागुऔषधको कारोबारदेखि दुव्र्यसनमा लिप्त युवालाई पक्राउ गरिरहेको छ । भित्रिरुपमा यहाँका नौवटै पालिकाका लागुऔषध दुव्र्यसन र कारोबार न्यूनीकरणका लागि स्थानीय सरकार पनि जाग्न थालेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म कञ्चनपुरबाट मात्रै लागुऔषध कारोबार र त्यसमा संलग्न एक सय ५७ जनालाई पक्राउ गरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ । यहाँ स्थानीय तहले बस्तीको विकास, अपाङ्गता भएका व्यक्तिदेखि ज्येष्ठ नागरिकलाई सुविधा दिने र सडक सञ्जाल निर्माणलगायतका जोड दिए पनि लागुऔषध नियन्त्रणका लागि ठोस योजना भने बनाएको देखिँदैन । यहाँको शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महराले नगरपाकि...
नेफ्टाले प्राविधिक लक्षित नयाँ नियम ल्याउने

नेफ्टाले प्राविधिक लक्षित नयाँ नियम ल्याउने

नेपाली चलचित्र
नेपाल चलचित्र प्राविधिक सङ्घ (नेफ्टा)ले प्राविधिकलाई लक्षित गर्दै नयाँ नियम ल्याउने भएको छ । गत चैत ९ गते बसेको बैठकले अन्तर्राष्ट्रिय उद्योगमा कार्यरत श्रमिकको अभ्यासलाई हेरेर नेपालमा नयाँ व्यवस्था लागू गर्न लागिएको सङ्घका अध्यक्ष पुस्कर लामाले जानकारी दिनुभयो । “हामीले विदेशमा लागू गरिएको आठ घण्टे सिफ्ट यहाँ वैज्ञानिक नदेखिएपछि बाह्र घण्टाको बनाएका छौँ । जिम्मेवार श्रमिक संस्था भएकाले निर्मातालाई जोगाउनुपर्छ भन्ने उद्देश्य छ”, अध्यक्ष लामाले भन्नुभयो । जसअनुसार अब नेपाली प्राविधिकले बिहान ७ देखि बेलुका ७ बजेसम्म वा बिहान ९ देखि राति ९ बजेसम्मको बाह्र घण्टे तालिकाअनुसार काम गर्नेछन् । अतिरिक्त समय काम गर्नुपरे निर्माताले प्राविधिकलाई थप पारिश्रमिक दिनुपर्नेछ । अध्यक्ष लामाले २०७६ सालदेखि नै यो अभ्यास सुरु गर्ने तयारी भए तापनि कोरोना महामारीले रोकिएको व्यवस्था अहिलेको अवस्...
‘उज्ज्वल सपना’ मोबाइल एप सार्वजनिक

‘उज्ज्वल सपना’ मोबाइल एप सार्वजनिक

SYM शुद्ध सकारात्मकता
प्रवासी कामदारलाई लक्षित गरेर गैरसरकारी संस्था इसरा नेपालले ‘उज्ज्वल सपना’ मोबाइल एप सार्वजनिक गरेको छ । सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालद्वारा मङ्गलबार ललितपुरमा आयोजित कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेल र इसरा इन्स्टिच्युटकी कार्यकारी निर्देशक डा लिजा रेन्डी टेलरले संयुक्त रूपमा एप सार्वजनिक गर्नुभएको हो । ‘उज्ज्वल सपना’ प्रवासी कामदार र वैदेशिक रोजगार खोजी गर्नेहरुका लागि श्रम कानुन र अधिकार, मेनपावर कम्पनी, रोजगारदाता, सेवा प्रदायक, दैनिक अद्यावधिक गरिएका सूचना तथा समाचारसहित विस्तृत जानकारी दिने उद्देश्यले तयार पारिएको स्मार्टफोन एप हो । यो एपमा बर्मेली, खमेर र नेपाली भाषामा नेपाल र गन्तव्य मुलुकका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ । कार्यक्रममा सहसचिव पोखरेलले नेपालीका लागि वैदेशिक रोजगारी बाध्यता भएकोे बताउनुभयो...
देउडा अभिनयमा जम्दै ‘झरना’

देउडा अभिनयमा जम्दै ‘झरना’

मनोरञ्जन / कला
महेन्द्रनगर, १५ चैत (रासस) : पहाडी जिल्ला अछाममा जन्मिएकी मोडल तथा नृत्याङ्गना झरना बोहरा सुदूरपश्चिमको देउडा गीत अभिनयमा चर्चित बन्दै गएकी छिन् । उहाँको परिवार अछामबाट कैलाली झरेपछि बाल्यकाल भजनीमा बित्यो । सानैदेखि देउडा गुनगुनाउने उहाँ पछि अभिनयमा लाग्नुभयो । देउडासँगै आधुनिक गीतमा समेत बोहराले अभिनय गर्दैआउनुभएको छ । नृत्य एकदमै राम्रो भएका कारण बोहरालाई कर्णालीको जुम्लादेखि भारतको बैंग्लोरसम्म निम्तो आइरहन्छ । सुदूरपश्चिमकी चल्तीकी कलाकार बोहराको माग यहाँका नौवटै जिल्लामा हुने मेला महोत्सवमा अझ बढी छ । “प्रायः गीतको अभिनयमै बढी समय दिने गरेकी छु”, बोहराले भन्नुभयो, “पछिल्लो समय स्टेज कार्यक्रममा नृत्यका लागि बोलाउने क्रम बढेको छ ।” सुदूरपश्चिमका देउडा तथा आधुनिक गीत गरेर बोहराले तीन सयभन्दा बढीमा अभिनय गरिसक्नुभएको छ । सुदूरपश्चिमेलीहरूले देउडा कार्यक्रममा भारतमा समेत...
Draft of bill against usury to be send to parliament

Draft of bill against usury to be send to parliament

राजनीति
The government is taking decision regarding sending a draft of a law against usury to parliament. A meeting of the Council of Ministers this afternoon will give final shape to the draft of the related law and give approval for tabling it in the parliament, said Surya Kiran Sharma, the Press Coordinator of Prime Minister Pushpa Kamal Dahal 'Prachanda'. Sharma added that the Prime Minister had instructed before this to prepare the draft law for resolving the problem of people affected due to loan sharking and the draft has already been readied.It is said preparations are being made to give approval to the Ministry concerned to register a bill against usury in the parliament as the government has already prepared the draft law to address the demands of the usury victims. Sh...
राष्ट्रिय सुरक्षाका लागि नागरिकमा एकताको भावना विकास आवश्यक : प्रधानमन्त्री

राष्ट्रिय सुरक्षाका लागि नागरिकमा एकताको भावना विकास आवश्यक : प्रधानमन्त्री

राजनीति
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सुरक्षाका लागि आम नागरिकमा देशप्रतिको जिम्मेवारीबोध र एकताको भावना विकास गर्दै जानुपर्ने बताउनुभएको छ । आज राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहमा उहाँले राष्ट्रिय सुरक्षाको विषय सैनिक शक्ति मात्रै हो भन्ने परम्परागत दृष्टिकोणबाट व्यापक र फराकिलो भइसकेको बताउनुभयो । प्रत्येक राष्ट्रले आ–आफ्नो मूल्य–मान्यता र मूल नीतिमा आधारित रहेर राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन लागिपरेको बताउँदै उहाँले राष्ट्रिय सुरक्षा राजनीतिक, सामाजिक, आर्थिक एवं भौगोलिकलगायत अन्य सबै पक्षको समग्र सुरक्षा भएकोमा जोड दिनुभयो । “राष्ट्रिय सुरक्षाका विषयमा सार्वभौमिकता, राष्ट्रिय अखण्डता, सामाजिक, आर्थिक, सांस्कृतिक, पर्यावरणीय एवं मानवीय पक्षलगायत पक्षलाई पनि सम्बोधन गर्नु उत्तिकै आवश्यक छ”, उहाँले भन्नुभयो । नेपालको वर्तमान परिप्रेक्ष्यमा राष्ट्...
सरकारी विद्यालयमा पढाउनेलाई निः शुल्क स्वास्थ्य बीमा

सरकारी विद्यालयमा पढाउनेलाई निः शुल्क स्वास्थ्य बीमा

SYM शुद्ध सकारात्मकता, शिक्षा
जिल्लाको आँबुखैरेनी गाउँपालिकाले सरकारी विद्यालयमा छोराछोरी पढाउने परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको सुविधा प्रदान गर्ने भएको छ । यसअघि गाउँपालिकाले सिफारिस दस्तुरमा ३० प्रतिशत छुट दिँदै आएको थियो । गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा पठनपाठन गराउने निर्णय गरेको थियो । गाउँपालिकाको वडा नं ४, ५ र ६ का सरकारी विद्यालयमा पढाउने परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको सुविधा दिन लागिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । “पहिलो चरणमा दुर्गम क्षेत्रका बासिन्दालाई प्राथमिकता दिन लागेका हाँै”, उहाँले भन्नुभयो, “स्वास्थ्य बीमा गरेपछि नागरिकले रु एक लाख बराबरको निःशुल्क उपचार सेवा लिन सक्नेछन् ।” स्वास्थ्य बीमा गर्दा प्रतिपरिवार रु तीन हजार पाँच सय शुल्क लाग्ने छ । स्वास्थ्य बीमा गरेपछि साथमा पैसा नहुँदा दुर्गम र गरिब परिवारले सहजरूप...
प्रतितोला रु एक हजारले घट्यो सुनको मूल्य

प्रतितोला रु एक हजारले घट्यो सुनको मूल्य

अर्थतन्त्र
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु एक हजारले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख नौ हजारमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख आठ हजार तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख सात हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख आठ हजार पाँच सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार तीन सय ५५मा आएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । ...