आयुर्वेद स्वास्थ्योपचारतर्फ आकर्षण बढ्दै
काभे्रपलाञ्चोकको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपामा पछिल्लो केही वर्षदेखि जिल्लामा आयुर्वेद स्वास्थ्योपचार सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ । विशेषगरी कोभिड–१९ सङ्क्रमणपछि आयुर्वेद स्वास्थ्योपचार सेवातर्फ आकर्षण बढेको हो ।
केन्द्रका अनुसार गत आर्थिक वर्ष २०७८÷७९ मा जिल्लाका विभिन्न स्थानीय तहमा रहेका आयुर्वेद उपचार सेवा केन्द्रमार्फत ५० हजार एक सय बिरामीले सेवा लिएका थिए । अघिल्लो आवमा ४२ हजार ३८ बिरामीले सेवा लिएका थिए । केन्द्रका प्रमुख डा बसंवदम्बा कौडिन्यायनीले नेपालमा कोरोना सङ्क्रमणपछि आयुर्वेद उपचार लिनेको सङ्ख्या बढेको बताउनुभयो । “चालु आवमा पनि सेवा लिने विगतभन्दा दोब्बर बढ्ने देखिएको छ”, उहाँले भन्नुभयो । चालु आवमा हालसम्म बनेपा सेवा केन्द्रबाट मात्रै १५ हजार जनाले सेवा लिइसकेका छन् ।
जिल्ला स्वास्थ्य केन्द्र बनेपा, धुलिखेल आयुर्वेद औषधालय, मङ्गलटार, दाप्च...









