२०८३ बैशाख १८

Author: admin

उपनिर्वाचन: बारा–२ मा १ बजेसम्म २२ प्रतिशत मतदान

उपनिर्वाचन: बारा–२ मा १ बजेसम्म २२ प्रतिशत मतदान

राजनीति
बारा क्षेत्र नं २ मा आज दिउँसो १ बजेसम्म २२ प्रतिशत मतदान भएको भएको छ । बारा क्षेत्र नं २ को सबै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको र १ बजेसम्ममा २२ प्रतिशत मतदान भइसकेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिनुभयो । गर्भवती, अशक्त, ज्येष्ठ नागरिकले लाइनमा बस्नु नपर्ने र उनीहरुलाई पहिलो प्राथमिकता दिएर मतदान गर्ने व्यवस्था मिलाइएको छ । स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न जिल्लाको निर्वाचन क्षेत्र नं २ मा दुई हजार छ सय पाँच सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार यसक्षेत्रमा निर्वाचनका लागि एक हजार छ सय ८८ नेपाल प्रहरी, छ सय पाँच सशस्त्र प्रहरी र तीन सय नेपाली सेनालाई निर्वाचनमा परिचालन गरिएको छ । बदनियतपूर्वक कसैले मतपेटिका चलाउन वा धाँधली गर्न खोजेको अवस्थामा...
लुम्बिनीमा बुद्धजयन्तीको तयारी

लुम्बिनीमा बुद्धजयन्तीको तयारी

देश, समाचार
रुपन्देही, १० वैशाख (रासस) : बुद्धजयन्ती तथा लुम्बिनी दिवसको अवसरमा विभिन्न कार्यक्रमको तयारी सुरु भएको छ । प्रत्येक वर्ष वैशाख शुक्लपूर्णिमाको दिनलाई गौतमबुद्धको जन्मजयन्तीका रुपमा मनाउने गरिन्छ । यसपटक वैशाख २२ गते परेको २५६७र्औं बुद्धजयन्तीलाई भव्य बनाउन लुम्बिनी विकास कोषले मुल व्यवस्थान समिति र विभिन्न उपसमिति गठन गरिसकेको छ । बुद्धजयन्तीको तयारीका लागि विकास कोषका उपाध्यक्ष भिक्षु अवधेशकुमार त्रिपाठीको संयोजकत्वमा मूलसमिति गठन गरिएको छ । विकास कोषका कोषाध्यक्ष सानुराजा शाक्यको संयोजकत्वमा सुरक्षा र स्वयमसेवक उपसमिति गठन गरिएको छ । त्यस्तै कोषाध्यक्ष सिद्धिचरण भट्टराईको संयोजकत्वमा प्रचारप्रसार उपसमिति र योजना प्रमुख सरोज भट्टराईको संयोजकत्वमा मञ्च, सरसफाइ र वृक्षरोपण उपसमिति गठन गरिएको छ । यस्तै पुरस्कार तथा सम्मान व्यवस्थापन उपसमिति, पूजा परित्राण उपसमिति, बिहार ...
तनहुँ–१ उपनिर्वाचनः दुई उम्मेदवारले मात्रै मतदान गर्दै

तनहुँ–१ उपनिर्वाचनः दुई उम्मेदवारले मात्रै मतदान गर्दै

राजनीति
तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन अन्तर्गत मतदान जारी छ । निर्वाचनमा दुई उम्मेदवारले मात्रै मतदान गर्नेभएका छन् । नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टीका शोभा गुरुङले आफ्ना लागि मतदान गर्नुहुनेछ । अन्य उम्मेदवारको मतदाता नामावली तनहुँमा नरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेकपा (एमाले)का सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीका डा स्वर्णिम वाग्ले, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार, नेशनल मङ्गोल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादी पार्टीका गणेश श्रेष्ठ र राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर रानाले आफ्नै लागि मतदान गर्न पाउनुहुने छैन । मतगणनाका लागि पनि गणनास्थलमा सिसीक्यामेरा जडान, तारबार गरिएको सहायक मुख्य निर्वाचन अधिकृत मी...
पर्यटकीय आकर्षण बन्दै लहानको ‘हात्तीदह सिमसार’

पर्यटकीय आकर्षण बन्दै लहानको ‘हात्तीदह सिमसार’

SYM शुद्ध सकारात्मकता, देश
एक समय जङ्गली हात्तीको क्रिडास्थल रहने गरेको सिरहाको लहान नगरपालिका–१५ मा अवस्थित हात्तीदह सिमसार क्षेत्रमा हिजोआज भने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गस्थित लहान बजारबाट करिब सात किलोमिटर उत्तरतर्फ चुरेपर्वत नजिकै सो सिमसार क्षेत्र रहेको छ । आकर्षकरूपमा निर्माण भएका प्रकृतिक तथा मानवनिर्मित संरचना एवं वरिपरिको हरियाली वातावरणले आन्तरिक तथा बाह्य पर्यटकलाई सो क्षेत्रले लोभ्याएको हो । कोइरालो खोला नमूना सामुदायिक वन उपभोक्ता समूहअन्तर्गत रहेको हात्तीदह सिमसार क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिएको हो । करिब पाँच हेक्टर क्षेत्रफलमा फैलिएको यस ‘हात्तीदह सिमसार तथा पर्यटक क्षेत्र’लाई आकर्षक बनाउने यहाँको हरियाली जङ्गलले घेरिएको उद्यान, चिसो हावापानी र शान्त वातावरण हुन् । त्यसैगरी बाह्रै महिना पानी नसुक्ने चारवटा पोखरी,...
‘अडिसन’बाट यसरी छनोट हुन्छन् कलाकार

‘अडिसन’बाट यसरी छनोट हुन्छन् कलाकार

नेपाली चलचित्र, मनोरञ्जन / कला
चलचित्रको प्रमुख आकर्षण नै कलाकार हुन्छन् । त्यसैले पोस्टरमा उनीहरूलाई प्रस्तुत गर्ने गरिन्छ । चलचित्रमा देखिने कलाकारले ती भूमिका कसरी पाउने गर्छन् ? वा निर्देशकले चरित्र चयन कसरी गर्ने गरेका छन् ? विदेशी चलचित्रमा कलाकार छनोट गर्ने निकाय नै हुन्छ । उनीहरूले नै कथा पढेर पात्रअनुसार कलाकार सुझाव दिने गर्छन् । यद्यपी नेपालमा त्यस्तो छैन । निर्देशक आफैँले छनोट गर्ने गरेका छन् । केही समययता कलाकार छनोट गर्न पनि निर्देशक राखिन्छ । उनीहरूलाई चलचित्रको भाषामा ‘कास्टिङ डिरेक्टर’ भनिन्छ । पात्र सुहाउँदो कलाकारको लागि अडिसन पनि लिने गरिन्छ । पात्रको गाउँ, स्वभाव, वर्णदेखि शिक्षा र हाउभाउसमेत पात्र छनोट गर्ने निर्देशक वा चलचित्रको निर्देशकले तय गर्छन् । नेपालमा चलचित्रका लागि कलाकार छनोट र भूमिकामा पात्र चयन केही वर्षयता प्रक्रियागतरूपमै हुन् थालेको निर्देशक दिनेश राउतले बताउनुभयो । उह...
डोटीमा बास र निगालोबाट सामग्री बनाउन तालिम

डोटीमा बास र निगालोबाट सामग्री बनाउन तालिम

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
Representative Image डोटीको बोगटान फुड्सिल गाउँपालिका–४ सुन्तडिमा बास तथा निगालोबाट विभिन्न सामग्री बनाइने भएको छ । युनाइटेड मिसन टु नेपालको आर्थिक सहयोगमा ग्रामीण समुदाय विकास केन्द्र डोटीद्वारा सञ्चालित दिगो वातावरणको लागि जलवायु परिवर्तन प्रभाव न्यूनीकरण तथा अनुकूलन परियोजनाले सहजीकरण गर्न थालेको छ । यसका लागि घरेलु तथा साना उद्योग कार्यालय डोटीको सहकार्य तथा बोगटान फुड्सिल गाउँपालिकाको समन्वयमा विपन्न समुदायको जीविकोपार्जनमा टेवा पु¥याउने उद्देश्यले ४५ दिने बास तथा निगालोको सामग्री निर्माण गर्ने सीप विकास तालिम गत चैत महिनाको २७ गतेदेखि सुरु गरेको ग्रामीण समुदाय विकास केन्द्र डोटीका सब इन्जिनियर करनबहादुर विष्टले बताउनुभयो । विपन्न परिवारको जीविकोपार्जनमा सहयोग पुगोस् भन्ने हेतुले सञ्चालन गरिएको तालिमका सहभागीले बास र निगालोबाट अहिले मुडा, कलम राख्ने, सामग्री राख्न...
चितवन –२ ः उपनिर्वाचनको तयारी अन्तिम चरणमा

चितवन –२ ः उपनिर्वाचनको तयारी अन्तिम चरणमा

राजनीति
चितवन क्षेत्र नम्बर २ मा आइतबार हुने उपनिर्वाचनको तयारी अन्तिम चरणमा पु¥याइएको छ । तयारीस्वरुप यस क्षेत्रमा रहेका मतदानस्थलमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन् । उनीहरुले मतदानस्थल निर्माण, चार किल्ला तोक्ने र राजनीतिक दलहरुसँग छलफल गर्नेलगायतका काम सम्पन्न गरिसकेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी ईश्वरी आचार्यका अनुसार यस क्षेत्रमा रहेका ४३ स्थलका एक सय ३८ केन्द्रमा छ सय ९० कर्मचारी खटिएका हुन् । उनीहरुसँगै सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ । यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका छन् । तीमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् । यस्तै निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले निर्वाचनको दिन अत्यावश्यकबाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाएको छ । निर्वाचन आयोगद्वारा जारी भएको म...
काठमाडौँको आकाश कहिले खुल्छ ?

काठमाडौँको आकाश कहिले खुल्छ ?

देश, समाचार
काठमाडौँ, ८ वैशाख (रासस) : सङ्घीय राजधानी काठमाडौँको आकाश पछिल्लो एक सातादेखि धुलोयुक्त बाक्लो तुवाँलोले ढाकेको छ । मौसममा आएको फेरबदलले काठमाडौँको अधिकतम तापक्रम वृद्धि भई ३३ डिग्री हाराहारी पुगेको छ । मौसम बदलीसँगै अधिकतम तापक्रम निरन्तर बढिरहेकाले काठमाडौँमा निकै गर्मी महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार एक सातादेखि अधिकतम तापक्रम बढेर तराई क्षेत्रमा ४० देखि ४३ डिग्री हाराहारी पुगेको छ । आज सबैभन्दा बढी भैरहवाको अधिकतम तापक्रम ४२ दशमलव ३ डिग्रिसेल्सियस छ । नेपालगञ्ज र जनकपुरको तापक्रम ३९ डिग्रिसेल्सियस पुगेको छ ।ण् आज काठमाडौँको अधिकतम ३३ र न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस छ । बिहीबार काठमाडौँको अधिकतम तापक्रम ३३ डिग्रीसेल्सियस र न्यूनतम तापक्रम १५ दशमलव ८ डिग्रिसेल्सियस रहेको थियो । काठमाडौँमा पछिल्लो एक सातादेखि अधिकतम तापक्रम ३० देखि ३३ पुगेको छ । त...

Blood circulatory system in human body : Class 10 Science by E-Shikshalaya Nepal

SYM शुद्ध सकारात्मकता
सुदूरपश्चिम प्रदेश ः विद्यार्थीका हात हातमा पाठ्यपुस्तक

सुदूरपश्चिम प्रदेश ः विद्यार्थीका हात हातमा पाठ्यपुस्तक

SYM शुद्ध सकारात्मकता, शिक्षा
Representative Image शैक्षिक सत्रको सुरुमै सुदूरपश्चिम प्रदेशका विद्यालयमा जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले पाठ्यपुस्तक वितरण अगाडि बढाएको छ । केन्द्रले प्रदेशका पहाडी र हिमाली जिल्लामा पाठ्यपुस्तक वितरण सम्पन्न गरेको छ । बाजुरा जिल्लाबाट पाठ्यपुस्तक वितरण सुरुआत गरिएको केन्द्रका प्रादेशिक कार्यालय प्रमुख धुव्रराज पन्तले बताउनुभयो । “बाजुरासँगै बझाङ, दार्चुला, अछाम, डोटी, बैतडी, डडेल्धुरा जिल्लामा पाठ्यपुस्तक वितरण सकेका छौँं” उहाँले भन्नुभयो,“पहाडी र हिमाली जिल्लामा पाठ्यपुस्तक शैक्षिक सत्र सुरु हुन अगावै पु¥याएका छौँं, तराईका कैलाली र कञ्चनपुरमा पाठ्यपुस्तक वितरण भइरहेको छ ।” सरकारको निर्देशन अनुसार विद्यार्थीको हातहातमा शैक्षिक सत्रको सुरुमै पाठ्यपुस्तक पु¥याउनका लागि छिटोछरितो रुपमा कार्य अगाडि बढाइएको उहाँको भनाइ रहेको छ । विद्यायको मागका ...