२०८२ माघ १७

Author: admin

मिर्गौला डायलासिस सेवा छ जिल्लामा विस्तार

मिर्गौला डायलासिस सेवा छ जिल्लामा विस्तार

स्वास्थ्य
झापाको ओमसाई पाथीभरा हस्पिटलले मिर्गौलाको बिरामीलाई सर्वसुलभ डायलासिस सेवा उपलब्ध गराउन छ जिल्लामा सेवा केन्द्र विस्तार गरेको छ । भद्रपुर–७ मा रहेको एकसय शय्याको सो हस्पिटलले झापा, सुनसरी, सिराहा, रुपन्देही, महोत्तरी र काठमाडौंमा डायलासिस सेवा केन्द्र स्थापना गरेको हस्पिटलका अध्यक्ष दिपक पोखरेलले बताउनुभयो । सबै जिल्लामा गरी हस्पिटलले ९५ वटा अत्याधुनिक सुविधायुक्त डायलासिस मेसिन जडान गरेको छ । झापाको भद्रपुर र सिराहाको लहानमा उपचार सेवा सञ्चालन गरिसकेको छ । अन्य स्थानमा सम्पूर्ण उपकरण जडान गरिसकेको जनाउँदै उहाँले निकट भविष्यमै सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो । मिर्गौला खराब भएपछि चिकित्सकले नयाँ मिर्गौला प्रत्यारोपण नहुञ्जेलसम्म बिरामीलाई मेसिनबाट रगत शुद्धीकरण गर्ने उपचार पद्धतिको रुपमा रहेको डायलासिस सेवा लिन सिफारिस गर्दै आएका छन् तर, बिरामीको बढ्दो चा...
सिंहदरबारमा संवैधानिक परिषद् बैठक सुरु

सिंहदरबारमा संवैधानिक परिषद् बैठक सुरु

देश
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ । बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, उपप्रधानमन्त्री एवं रक्षा तथा कानुन, न्याय र संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का र प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी हुनुहुन्छ । बैठकमा प्रधानन्यायाधीश नियुक्ति सिफारिसका विषयमा छलफल हुने कार्यसूची छ । प्रमुख तीन दलबीच केही दिनअघि संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने सहमति भएको थियो । ...
रेचेघाटमा पक्की पुल निर्माण

रेचेघाटमा पक्की पुल निर्माण

देश, समाचार
पाल्पाको विकट क्षेत्र निस्दी गाउँपालिका–६ र पूर्वखोला गाउँपालिका–१ जोड्ने निस्दीखोलाको रेचेघाटमा पक्की पुल निर्माण गरिएको छ । जय नेपाल कम्पनी विवेककुमार निर्माण सेवा प्रालि, स्याङ्जाले ठेक्का लिएको उक्त पुल कुल रु चार करोड ४८ लाखको लागतमा निर्माण गरिएको हो । पुलको लम्बाइ ४६ मिटर रहेको छ । पैदलमार्गसहित दुईतर्फी पुल सञ्चालनमा आएसँगै पूर्वखोला तथा निस्दी क्षेत्रका बासिन्दालाई सहज भएको स्थानीय होम राई मगरले बताउनुभयो । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास, खानेपानी तथा सहरी विकासमन्त्री चेतनारायण आचार्यले मङ्गलबार सो पुलको उद्घाटन गर्नुभयो । उक्त खोलामा पक्की पुल नहुँदा यहाँका बासिन्दाले वर्षायाममा खोला वारपार गर्न समस्या भोग्दै आएका थिए । कृषकले उत्पादन गरेको सामग्री बजारमा पठाउन समस्या भएको थियो । पुल बनेपछि दैनिक जीवनयापनमा टेवा पुगेको निस्दी गाउँपालिकाका अध्यक्ष म...
पाँच वर्ष सरकार चलाएर परिणाम दिनुपर्छ : महामन्त्री थापा

पाँच वर्ष सरकार चलाएर परिणाम दिनुपर्छ : महामन्त्री थापा

देश, समाचार
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान गठबन्धनको नेतृत्वमा पाँच वर्ष सरकार चलाएर जनतालाई परिणाम दिनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) व्यास नगर समितिले आज दमौलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले गठबन्धन सरकारलाई पाँच वर्ष टिकाएर जानसके जनतामा सकारात्मक सन्देश प्रवाह हुने बताउनुभयो । उहाँले पाँच वर्ष सरकारलाई निरन्तरता दिएर जनताका पक्षमा काम गर्नुपर्ने बताउँदै भन्नुभयो, “जनतालाई परिणाम दिनुपर्छ, तर जुन गतिमा हामी हिँडिरहेका छौँ त्यो गतिले देशको समृद्धिको लक्ष्य पूरा गर्न सकिँदैन ।” महामन्त्री थापाले अहिलेको परिस्थितिका कारण एउटै दलको बहुमत नआउने भएकाले गठबन्धन गर्नुपरेको धारणा राख्नुभयो । देशको विकासका लागि प्रधानमन्त्री, मन्त्रीदेखि तल्लो तहका सरकारसम्मका प्रतिनिधिले देशमा महाव...
बेहँडाबाबा धामको विकासबारे छलफल गरिरेहका छौँ : डा राणा

बेहँडाबाबा धामको विकासबारे छलफल गरिरेहका छौँ : डा राणा

देश, समाचार
नेपाली कांग्रेसकी नेत्री एवं सांसद डा आरजु राणा देउवाले धनगढीको प्रसिद्ध बेहँडाबाबा धामको विकासका बारेमा छलफल गरिरहेको बताउनुभएको छ । धनगढी उपमहानगरपालिका–१६ रामपुरमा रहेको बेहँडाबाबा धाम परिसरमा निर्माण भएका विभिन्न संरचनाको आज उद्घाटन गर्नुहुँदै कांग्रेसकी उहाँले यस क्षेत्रको प्रसिद्ध धामको विकास र विस्तारका बारेमा सुदूरपश्चिममा सोमबार सम्पन्न नेपाल–भारत मानसखण्ड सम्मेलनमा पनि छलफल भएको जानकारी दिनुभयो । नेत्री डा राणाले मुलुकमा अर्थतन्त्रको विकासका लागि धर्म संस्कृतिको प्रवर्द्धन गरी धार्मिक पर्यटनमा जोड दिनुपर्ने धारणा पनि राख्नुभयो । “देवभूमि सुदूरपश्चिम र भारतमा थुप्रै मठमन्दिर छन्” उहाँले भन्नुभयो, “प्राचीन धर्म संस्कृति कसरी चलिरहेको छ र यसलाई कसरी बलियो बनाउने भन्ने विषयमा पनि सम्मेलनमा चर्चा भयो ।” गङ्गा दशहराका दिन यो मन्दिरमा लाग्ने मेलामा भारतबाट ठूलो सङ्ख्...
समयमा द्रुतमार्ग बन्ने प्रधानमन्त्री दाहालको विश्वास

समयमा द्रुतमार्ग बन्ने प्रधानमन्त्री दाहालको विश्वास

देश, समाचार
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले निर्माणाधीन काठमाडाँै–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) समयमै बन्ने विश्वास व्यक्त गर्नुभएको छ । आज मकवानपुरको भीमफेदी गाउँपालिका र बकैया गाउँपालिकास्थित राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको द्रुत मार्ग (फास्ट ट्र्याक) को अवलोकन एवं निरीक्षण गर्दै उहाँले यस्तो बताउनुभएको हो । द्रूतमार्गमा बनिरहेको सुरुङको पनि अवलोकन गर्दा काम दु्रतगतिमा भइरहेको पाइएको प्रधानमन्त्री दाहालले जानकारी दिनुभयो । सरकारले सहजीकरणको पाटोमा कुनै कमी नराख्ने बताउँदै जनभावना अनुरुप निर्माण प्रक्रिया भइरहेको पाएको उहाँले जनाउनुभयो । नेपाल सरकारले नेपाली सेनालाई जिम्मा दिएर सही निर्णय गरेको महसुस भएको उहाँको भनाइ छ । निरीक्षणका क्रममा प्रधानमन्त्री दाहालले आयोजनाको अहिलेसम्मको उपलब्धिबारे जानकारी लिनुभयो । “हिजो मात्रै काठमाडौँमा ब्रिफिङ भएको थियो । हामी...
नयाँ प्रविधिमा पुराना चलचित्र

नयाँ प्रविधिमा पुराना चलचित्र

मनोरञ्जन / कला
चलचित्र निर्माण (पोष्ट प्रोडक्सन), छायाँकनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गर्दछ । नेपालमा ‘डिजिटल यात्रा’ को सुरुआत भूषण दाहाल निर्देशित ‘कागबेनी’ र आलोक नेम्वाङ निर्देशित ‘सानो संसार’ को निर्माण र प्रदर्शनसँगै भएको थियो । सन् २००८ मा क्वेष्ट इन्टरटेनमेन्टले निर्माण गरेका यी दुई चलचित्रसँगै डिजिटल प्रविधि भित्रिएको र निर्माण सहज, व्यवस्थित तथा व्यावसायिक भएको चलचित्रकर्मी बताउँछन् । प्रविधि डिजिटलमय भएसँगै चलचित्र विकास बोर्डले पुराना चलचित्रलाई संरक्षण र सुरक्षित गर्ने उद्देश्यले डिजिटाइजेसन तथा रेष्टोरेसन गरेको छ । सेल्युलाइड प्रविधिमा रहेको महत्वपूर्ण चलचित्र आमा, के घर के डेरा, बदलिँदो आकाश, जीवनरेखा, सिन्दूर, कुमारी, मनको बाँध, परिवर्तन, हिजोआज भोलि र शान्तिदीपलाई डिजिटाइजेसन गरेर सुरक्षित राखेको बोर्डका चलचित्र सङ्ग्रहालय, सूचना तथा अन्तर्राष्टिय सम्बन्ध अधि...
कोहलपुरमा अत्याधुनिक बसपार्क निर्माण

कोहलपुरमा अत्याधुनिक बसपार्क निर्माण

SYM शुद्ध सकारात्मकता
बाँकेको दोस्रो ठूलो सहर मानिएकोे कोहलपुरमा अत्याधुनिक ‘सपिङ कम्प्लेक्स’सहितको बसपार्क निर्माण भएको छ ।कोहलपुर नगरपालिकाद्वारा नगर विकास कोषसँगको ऋण सम्झौतामा निर्माण गरिएको सो बसपार्कको निर्माण सम्पन्न गरी सञ्चालनको तयारी भइरहेको नगरपालिकाले जनाएको छ । कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले बस पार्किङ, टिकट काउन्टर, सपिङ कम्प्लेक्सलगायत ५९ व्यावसायिक सटरसहितका सबै संरचना निर्माण भइसकेको जानकारी दिनुभयो । उहाँले बसपार्कमा तीन प्लेटफर्म रहेको र बसपार्कभित्रै व्यावसायिक सटरसँगै, स्वास्थ्यचौकी, बैंक तथा सुरक्षा निकाय पनि रहने प्रबन्ध मिलाइएको बताउनुभयो । मुख्य राजमार्गमा कोहलपुर चौराहाको छेउमै निर्माण गरिएको सो बसपार्कमा तीन दर्जनभन्दा बढी लामो दूरीका सवारीसाधन राख्न सकिने क्षमता छ । केही दिनमै निर्माण व्यवसायीले सम्पूर्ण काम सकेर कोहलपुर नगरपालिकालाई हस्ता...
रसुवामा रेडपान्डा ट्रफी प्रतियोगिता

रसुवामा रेडपान्डा ट्रफी प्रतियोगिता

खेलकुद
लोपोन्मुख रेडपान्डाको संरक्षणमा जनचेतना जगाउन यहाँ भलिबल प्रतियोगिता आयोजना गरिएको छ । अठ्ठाइसौँ वन्यजन्तु सप्ताह एवं ११आँै रेडपान्डा ट्रफी प्रतियोगिता अन्तर्गत भलिबल खेल आयोजना गरिएको हो । चार दिनसम्म चल्ने उक्त भलिबल खेलको बागमती प्रदेशसभा सदस्य प्रभात तामाङले सोमबार धुञ्चेमा शुभारम्भ गर्नुभयो । प्रतियोगितामा जिल्लाका दस समूह सहभागी भएको आयोजक संस्था लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालय रसुवाले जनाएको छ । ‘समन्वय, सहकार्य र सहअस्तित्व, वन्यजन्तु संरक्षण हाम्रो साझा दायित्व’ भन्ने मूल नाराका साथ यहाँ वन्यजन्तु सप्ताह मनाउन सुरु गरिएको छ । संरक्षण सूचीमा सूचीकृत भएको रेडपान्डा, कस्तुरी मृग, हिमचितुवा, बँदेल, कालोभालु, आस्मिज बाँदर, नउर, काडे भ्याकुर, डाफेसमेत ३९ भन्दा बढी प्रजातिको वन्यजन्तु एवं पक्षीसमेत संरक्षण गर्न निकुञ्जले उच्च प्राथमिकता दिँदै आएको प्रमुख संरक्षण अधि...