२०८१ बैशाख ८

Tag: Pokhara

पोखराका अस्पतालमा चरम लापरबाही :आलटालमा बिरामी को मृत्यु

पोखराका अस्पतालमा चरम लापरबाही :आलटालमा बिरामी को मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
पोखरा । देशकै सुविधा सम्पन्न सहर पोखराका अस्पतालमा घुम्दाघुम्दै उपचार नपाएर एक सर्वसाधारणको मृत्यु भएको छ । अन्नपूर्ण गाउँपालिका ३ काँडेमा बसोबास गर्दै आएका राजेश कार्कीको अस्पतालमा घुम्दाघुम्दै बुधबार राती ज्यान गएको हो । अस्पताल पुगेका कार्कीको अस्पतालले भर्ना लिन नमान्दा ज्यान गएको उनका आफन्तहरुले आरोप लगाएका छन् । ललिपुर स्थायी ठेगाना भएका कार्की पछिल्लो समय अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ काँडेमा बसोबास गर्दै आएका थिए । पेशाले ट्रक चालक रहेका कार्कीलाई बुधबार बेलुका श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल लगिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि सुरुमा मेट्रोसिटी अस्पतालमा पुर्याइएका कार्कीलाई अस्पतालले भर्ना लिन नमानेका मृतकका आफन्तहरुले बताएका छन् । मेट्रोसिटीले भर्ना लिन नमानेपछि उनका आफन्तले लेकसिटी अस्पताल पुर्याए । ‘मणिपालमै लग्ने भनेका थियौं । दिदीले मेट्रोसिट...
कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु : पोखरा

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु : पोखरा

देश, समाचार, सामाजिक, स्वास्थ्य
पोखरा । पोखरामा कोरोना संक्रमणबाट थप दुई जनाको निधन भएको छ । मृतक दुई जनामध्ये एक जनाको अस्पतालमा र अर्काको होम आइसोलेशनमा बसिरहेको अवस्थामा शुक्रबार मृत्यु भएको जनाइएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान अन्तर्गतको कोरोना अस्पतालमा स्याङ्जाका संक्रमितको निधन भएको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. अर्जुन आचार्यका अनुसार मृतक वालिङ नगरपालिका–५ का ७० वर्षीय पुरुष हुन् । उनमा कात्तिक ९ गते कोरोना पुष्टि भएको थियो । उपचारको क्रममा शुक्रबार बिहान ८ बजेर ३५ मिनेटमा उनको मृत्यु भएको निर्देशक आचार्यले जानकारी दिए । Advertisement मृतकमा कोभिडसँगै अन्य दीर्घ रोगसमेत रहेको उनको भनाइ छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना उपचार कक्षमा ज्यान गुमाउने उनी २२ औं संक्रमित हुन् । यस्तै, पोखरा–१५ का ८१ वर्षीय संक्रमित पुरुषको पनि शुक्रबार न...
३६ वर्षीया महिलाको कोरोनाबाट  मृत्यु : पोखरा

३६ वर्षीया महिलाको कोरोनाबाट मृत्यु : पोखरा

देश, समाचार, सामाजिक, स्वास्थ्य
१३ कात्तिक, काठमाडौं । पोखरामा एकजना कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गतको कोभिड–१९ अस्पतालमा उपचाररत पोखरा महानगरपालिका–१३ की ३६ वर्षीया महिलाको मृत्यु भएको हो । Advertisement आईसीयूमा उपचाररत ती महिलाको गएराति ११ बजे मृत्यु भएको अस्पतालका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले जानकारी दिए । उनमा यही कात्तिक ५ गते संक्रमण देखिएपछि अस्पतालमा भर्ना भएकी थिइन् । कोरोना संक्रमित भइ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु हुने उनी २० औं व्यक्ति हुन् । Credit: OnlineKhabar ...
स्याङ्जाका कोरोना संक्रमितको पोखरामा मृत्यु

स्याङ्जाका कोरोना संक्रमितको पोखरामा मृत्यु

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी पोखरा – पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगतको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।  स्याङ्जा पुतलीबजार वडा नम्बर १ का ८५ वर्षिय बृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको हो । Advertisement भदौ २४ गते अस्पतालको आइसियूमा भर्ना भएका उनको बिहान साढे ६ बजे मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए । पश्चिमाञ्चल अस्पतालमा मृत्यु हुने उनी १० औं संक्रमित हुन् । गण्डकीमा हालसम्म २३ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाई सकेका छन् ।  ...