२०८० चैत्र १६

रामारोशन बाढी : अझै भेटिएनन् ९ जना

Credit: OnlineKhabar

२० भदौ, डोटी । अछामको रामारोशन गाउँपालिका-५ सैनीवजारस्थित कैलाश खोलामा आएको बाढीले वगाएकामध्ये नौ जना अझै फेला परेका छैनन् ।

भदौ २ गते राति परेको अबिरल बर्षासंगै आएको बाढीले मध्यरातमा सैनीबजार वगाएको थियो । बाढीले १७ जनालाई बगाएको थियो । उनीहरुमध्ये नौ जना अझै फेला नपरेका जिल्लाप्रहरी कार्यालय अछाममा प्रहरी नायव उपरीक्षक योगेन्द्र सिंह थापाले जानकारी दिए ।

रामारोशन-५ का ४७ बर्षीय नन्दु साउद, ४५ बर्षीया गंगा साउद, ६ बर्षीया प्राप्ती साउद, करीव ६० बर्षीया जोगा साउद र ४० बर्षीया पवित्रा देवी शाह वेपत्ता छन् । ४ बर्षीय समिर शाह, ४५ बर्षीया वसुन्धारा साउद, ९ बर्षीय वसन्त शाही र करीव ७० बर्षीया बीमा देवी साउद पनि भेटिएकी छैनन् ।

बेपत्ताहरुमा नन्दु र गंगा श्रीमान्-श्रीमती हुन् भने प्राप्ती उनीहरुकी नातिनी हुन् । संगै वगेका नन्दुका छोरा २७ बर्षीय  रमेश साउँद, बुहारी बविता बुढा साउँद र अर्का छोरा १२ बर्षीय नविन साउँदको ६ गते शव फेला परेको थियो । नन्दुकी सासुआमा रामारोशनगाउँपालिका-६ भाटियाखोला बस्ने बीमादेवी साउँद पनि बेपत्ताकै सूची छन् । उनी छोरी ज्वाई भेट्न आएो बेला बाढीमा परेकी थिइन् ।

बाढीमा बगेका ४५ बर्षीय अम्मर शाह , २९ बर्षीया सम्झना शाह, ३२ बर्षीया गौरी शाह, ४८ बर्षीय चन्द्र साउद र ४५ बर्षीया लालसरा शाहीको शव ६ र ७ गते फेला परेको थियो ।


Advertisement


बेपत्ताहरुको खोजी जारी रहेको रामारोशन गाउँपालिका-५ का वडाध्यक्ष लक्ष्मण दमाईले जानकारी दिए । ‘हामी पनि खोजी गरिरहेका छौं, प्रहरी प्रशासनले पनि खोजतलास जारी राखेको छ’ वडाध्यक्ष दमाईले भने, ‘तर भेटिने सम्भावना न्यून छ ।’

खोलाले ठुल्ठुला ढुङ्गा समेत वगाएर ल्याएको र ढुङ्गाभित्र च्यापिएको आशंका उनको छ ।

झण्डै एक सय परिवार विस्थापित

बाढीका कारण झण्डै एक सय परिवार बिस्थापित भएको वडाध्यक्ष दमाईले वताए । उनले भने ‘बिस्थापितमध्ये केहीलाई स्थानीय बिद्यालयमा, केहीलाई त्रिपालमूनी राखिएका छ ।’ सोडना, धन्सल्ला, अल्लेरी, सैनी, नवदुर्गा, आडेखाँद, साननीगाउँ लगायतका बस्तीहरु बिस्थापित भएको उनले जानकारी दिए ।

सैनीवजारका करीव ३० पसल, तरकारी संकलन केन्द्र, बिभिन्न संघसंस्थाका कार्यालय पनि बगेको छ ।

बाढीले वगाउँदा वडा कार्यालय जाने वाटो समेत नरहेको वडाध्यक्ष दमाईले वताए । ‘चार/पाँच दिनभित्रै मुजावगरसम्म सडक सुचारु गर्ने गरी काम भइरहेको छ’ उनले भने ।

Copy link
Powered by Social Snap