२०८१ बैशाख १४

चौतर्फी दबाबपछि उपत्यकामा अनलाइन डेलिभरी खुलाउने प्रशासनको तयारी

साभार: कान्तिपुर

काठमाडौँ — काठमाडौं जिल्ला प्रशासन कार्यालयले अनलाइन डेलिभरी सञ्चालन गर्न दिने तयारी गरेको छ ।

निषेधाज्ञाको अवधिमा अनलाइन डेलिभरी सेवा दिन नपाइने भन्दै यस्तो सेवामा संलग्नलाई प्रहरीले बुधबार र बिहीबार पक्राउ गरेको थियो ।

प्रशासन र प्रहरीको यो कदमको सर्वत्र आलोचना भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार अध्ययनको लागि समिति गठन गरेको छ ।


Advertisement


सहायक जिल्ला अधिकारी जनक भट्टको संयोजकत्वमा, उद्योग वाणिज्य मन्त्रालय, स्वास्थ्य मन्त्रालय र प्रहरीको प्रतिनिधि रहने अध्ययन समिति गठन गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनक दाहालले जानकारी दिए । उनका अनुसार समितिलाई तत्कालै अनलाइन डेलिभरीको मापदण्ड तयार गर्ने जिल्मा दिइएको छ । ‘दीर्घकालसम्मको लागि सेवा सञ्चालनमा सहज होस् भनेर मापदण्ड तयार गर्न लागिएको हो,’ उनले भने,‘समितिले तत्कालै काम थाल्ने जिम्मावारी दिइएको छ ।’

Copy link
Powered by Social Snap