२०८१ बैशाख ५

Tag: pcr tests

केएमसीसँगको सहकार्यमा कुमारी बैंकद्वारा निःशुल्क पीसीआर परीक्षण शिविर

केएमसीसँगको सहकार्यमा कुमारी बैंकद्वारा निःशुल्क पीसीआर परीक्षण शिविर

देश, समाचार, स्वास्थ्य
काठमाडौं । काठमाडौं मेडिकल कलेजसँग सहकार्य गरेर कुमारी बैंक लिमिटेडले निःशुल्क पीसीआर परीक्षण शिविर गरेको छ । दिन प्रतिदिन कोरोना संक्रमण बढिरहेका बेला कुमारी बैंकले आफ्नै खर्चमा सर्वसाधरणलाई निःशुल्क पीसीआर परीक्षण गराएको हो । गत सोमबारदेखि बुधबारसम्म तीन दिन सञ्चालित शिविरमा ८ सय २६ जनाको निःशुल्क पीसीआर परीक्षण गरिएको आयोजकले जनाएको छ । सोमबार काठमाडौंको टङ्गालस्थित कुमारी बैंकको कर्पोरेट कार्यालय, मंगलबार बैंकको न्युरोड शाखा र बुधबार पुतलीसडक शाखामा शिविर सञ्चालन गरिएको हो ।  Advertisement शिविरमा पहिलो दिन १९६, दोस्रो दिन २२६ र तेस्रो दिन ४०४ जना सर्वसाधरणले पीसीआर परीक्षण गराएका छन् । स्वाब दिएकाहरुलाई पीसीआर परीक्षण पश्चात फोनबाटै रिपोर्ट जानकारी गराईएको थियो । कोरोनाको महामारीले सबै क्षेत्रलाई अस्तव्यस्त बनाएका बेला निःशुल्क पीसीआर प...
अब ४ हजार ४ सयमा पिसिआर परीक्षण

अब ४ हजार ४ सयमा पिसिआर परीक्षण

आर्थिक, देश, समाचार, स्वास्थ्य
साभार: सेतोपाटी सरकारले पिसिआर परीक्षणको शुल्क घटाएको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले पिसिआर परीक्षणको शुल्क अधिकतम ४ हजार ४ सय रुपैयाँ तोकिएको जानकारी दिए। 'अब अधिकतम ४ हजार ४ सय रुपैयाँभन्दा बढी लिन पाइँदैन,' उनले भने। Advertisement यसअघि पिसिआर परीक्षणको लागि मन्त्रालयले ५ हजार ५ सय रुपैयाँ शुल्क तोकेको थियो। अधिकारीले विश्व बजारमै परीक्षणका लागि चाहिने कीटहरूको उपलब्धता सहज र सस्तो भएकाले नेपालमा पनि शुल्क घटाइएको जनाए। सरकारले निजी अस्पताल र प्रयोगशालाहरूलाई पनि स:शुल्क परीक्षणको अनुमति दिएको छ। अब ती अस्पताल र प्रयोगशालाहरूले पनि सरकारले तोकेको नयाँ शुल्क अनुसार नै परीक्षण गर्नुपर्ने मन्त्रालयले जनाएको छ। साथै यसअघि प्रयोगशाला नभएका अस्पतालहरूले सरकारले तोकेको शुल्को १० प्रतिशत थप शुल्क लिएर स्वाब संकलन...