२०८३ कार्तिक ८

वीरगन्जमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

साभार: सेतोपाटी

वीरगन्जमा थप ३ जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ।

मृत्यु हुनेमा एक महिला र दुई पुरुष रहेको वीरगन्ज हेल्थ केयर अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए।

वीरगन्जकी ६५ वर्षीया महिलाको शुक्रबार साँझ साढे ५ बजे नारायणी अस्पतालमा मृत्यु भएको हो।

यस्तै वीरगन्ज-१२ निवासी ४३ वर्षीय पुरुषको शुक्रबार राति १२ बजे वीरगन्ज हेल्थ केयरमा मृत्यु भएको डा. चौरसियाले बताए।

उनको नेसनल मेडिकल कलेजबाट रिफर गरेको केही घण्टामै मृत्यु भएको हो।

ती पुरुष एचआइभी संक्रमित पनि रहेको अस्पतालले जनाएको छ।

यस्तै शुक्रबार राति नै अर्का ३७ वर्षीय कोरोना संक्रमित पुरुषको पनि मृत्यु भएको छ।

वीरगन्ज हेल्थ केयरबाट रिफर भएर काठमाडौं लाने क्रममा उनको बाटोमै मृत्यु भएको हो।

परिवारले पुरुषको मुग्लिङ नपुग्दै मृत्यु भएको अस्पताललाई जानकारी गराएका छन्।

मृतक तीन जनाकै शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap