२०८१ बैशाख १२

तेजसको फस्टलुक सार्वजनिक, यस्तो छ कंगनाको नयाँ अवतार

साभार: रातोपाटी

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनोट नयाँ फिल्ममा एक एयरफोर्स पाइलटको दमदार भूमिकामा देखिदैंछिन् । तेजसमा यी अभिनेत्रीले एक भारतीय फाइनटर प्लेन चालकको भूमिका निर्वाह गर्दैछिन् ।  यस फिल्मको फस्र्ट लुक बाहिर आइसकेको छ, जहाँ कंगनालाई एयरक्राफ्ट अगाडि खडा अवस्थामा देखिन्छ । कंगना रनोटको टिमले फिल्मको आधिकारिक घोषणा पनि गरिसकेको छ ।


Advertisement


इन्स्टाग्राममा फिल्मको फस्टलुक सार्वजनिक गर्दै लेखिएको छ, ‘तेजस डिसेम्बरबाट सुरु हुँदैछ । यस प्राणपोषक कहानीको हिस्सा बन्न पाएकोमा मलाई गर्व छ, यो युनिफर्म लगाएका त्यस्ता पूरुष  र महिलाको कथा हो, जसले हर दिन ड्युटीका दौरान त्याग गर्छन् । हाम्रो फिल्म आर्म फोर्स र त्यसका नायकहरुका लागि हो ।’ 

डिसेम्बरबाट सुटिङ
फस्टलुकमा कंगना एयरफोर्स पाइलटको पोशाकमा देखिन्छिन् । उनको पछाडि फाइटर प्लेन छ, जसमा तेजस लेखिएको छ । तेजस भारतले विकास गर्न गइरहेको एउटा जेट लडाकू विमान हो । फिल्मको सुटिङ डिसेम्बरबाट सुरु हुनेछ । यस कथालाई सर्वेश मावराले लेखेका हुन् । सर्वेसले नै फिल्मको निर्देशन गर्नेछन् । यसलाई आरएसवीपी मूभिजले निर्माण गर्नेछ । आरएसवीपीको ब्यानरमुनी उरी लगायत चर्चित फिल्म बनिसकेका छन् ।  

Copy link
Powered by Social Snap