
वीरगञ्जमा कोरोनाबाट थप दुई जनाको मृत्यु
Credit: OnlineKhabar१६ भदौ, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । बाराको कोल्हबी नगरपालिकाका ६० वर्षीय र पहिचान नखुलेको अन्दाजी ६० वर्षकै दुई पुरुषको मृत्यु भएको हो ।बाराका पुरुषको गण्डक कोभिड अस्पतालमा र ठेगाना नखुलेका अर्का व्यक्तिको नारायणी अस्पतालमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता बरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश चौरसियाले जानकारी दिए ।बाराका ६० वर्षीय पुरुष कोरोना संक्रमण पुष्टि भएपछि भदौ १० गते नै अस्थायी कोभिड अस्पताल गण्डकमा भर्ना भएका थिए । उपचारकै क्रममा मंगलबार बिहान ४ः५० बजे उनको मृत्यु भएको चौरसियाको भनाइ छ । उनले भने, ‘शरीरमा अक्सिजनको मात्रा एकदमै कम भएकाले फूल अक्सिजनमा राखिएको थियो । अन्तमा रेक्सपाइरोटरी फेलियर भयो । बचाउन सकिएन ।’Advertisementपहिचान नखुलेका अर्का पुरुषको सोम...


