२०८२ चैत्र ४

Tag: SYM NETWORK

क्रसर उद्योग सञ्चालनमा आए

क्रसर उद्योग सञ्चालनमा आए

देश
यसअघि अवैधरुपमा सञ्चालनमा रहेको भनेर जिल्ला प्रशासन कार्यालय नुवाकोटले ताला (सिल) लगाएको क्रसर उद्योग अधिकांश सञ्चालनमा आएका छन् । गृह मन्त्रालयको गत पुस २० को निर्देशनलगत्तै अवैध भनेर बन्द गरिएका क्रसर उद्योग अहिले सञ्चालनमा ल्याइएको हो । जिल्लामा सञ्चालित ४९ क्रसर तथा बालुवा प्रशोधन उद्योगमध्ये ४५ सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिनुभयो । उहाँको अनुसार गत माघ १५ गते गृह मन्त्रालयको परिपत्रअनुसार दर्ता भएर सञ्चालनमा रहेका तथा राजस्व बुझाएका कागजातको आधारमा बन्द गरिएको क्रसर तथा बालुवा प्रशोधन उद्योग सञ्चालनमा ल्याइएको हो । ती उद्योगह आगामी असार मसान्तसम्म सुचारु हुन दिने गृह मन्त्रालयको परिपत्रमा भनिएको छ । “कानुनीरुपमा दर्ता भएका र कर (राजस्व) बुझाउँदै आएका उद्योगलाई सञ्चालन गर्न दिने गृह मन्त्रालयको निर्णयको आधारमा ती उद्योगमा लगाइएको ताला प्रहर...
परराष्ट्रमन्त्री डा पौड्याल जेनेभा प्रस्थान गर्नुहुँदै

परराष्ट्रमन्त्री डा पौड्याल जेनेभा प्रस्थान गर्नुहुँदै

राजनीति
परराष्ट्र मन्त्री डा विमला राई पौड्याल मानवाधिकार परिषद्को ५२औँ सत्रमा भाग लिन आज स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्नुहुने भएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ त्यसतर्फ जान लाग्नुभएको हो । नेपाल परिषद्को सदस्य राष्ट्र हो । सो अवसरमा नेपालले गरेका प्रतिबद्धता र त्यसमा गरेका कामबारे समेत अवगत गराउने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री डा पौड्यालले नेपालको उपस्थिति र यस क्षेत्रमा नेपालले गरेका प्रगति र कामका बारेमा विश्व मञ्चमा जानकारी गराउनका लागि पनि यसपटकको सहभागिता महत्वपूर्ण हुने बताउनुभयो । नेपालले सङ्क्रमणकालीन न्यायसँग जोडिएका विषय र गरेका कामका बारेमा अन्तर्राष्ट्रिय मञ्चमा सुनाउनेछ । सो अवसरमा विभिन्न द्विपक्षीय भेटवार्ता हुने, परिषद्का उच्चायुक्त, आइएलओका महानिर्देशकलगायतसँग समेत भेट हुने मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो ।...
पुस्तकालयद्वारा विकट गाउँमा निःशुल्क पशु स्वास्थ्य शिविर

पुस्तकालयद्वारा विकट गाउँमा निःशुल्क पशु स्वास्थ्य शिविर

SYM शुद्ध सकारात्मकता
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ मा अवस्थित विकट गाउँ खोर्दीमा निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । मातृभूमि सामुदायिक पुस्तकालय विर्घाको आयोजना तथा शान्ति भोलेन्टियर एसोसिएसन, रिड नेपाल र पशु सेवा शाखा कालीगण्डकी गाउँपालिकाको प्राविधिक सहयोगमा निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको पुस्तकालयका अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेयले बताउनुभयो । पुस्तकालयको कार्यक्षेत्रभित्र सबैभन्दा विकटमा रहेको खोर्दीमा प्राविधिक ज्ञान सेवा कार्यक्रमअन्तर्गत शिविर सञ्चालन गरिएको अध्यक्ष पाण्डेयले बताउनुभयो । “मुख्य गरी पुस्तकालयको कार्यक्षेत्रभित्र सबैभन्दा विकटमा रहेको खोर्दी गाउँमा प्राविधिक सेवाको पहुँच कम भएकाले शिविर सञ्चालन गरेका हौँ”, उहाँले भन्नुभयो, “कृषि तथा पशुपालनका लागि प्रचुर सम्भावना भएको यस गाउँमा पशुहरूको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरी प्राविधिक स...
प्राकृतिक स्रोतमा किसानको पहुँच बढाउन जरुरी

प्राकृतिक स्रोतमा किसानको पहुँच बढाउन जरुरी

विचार, विचार
कृषि विज्ञहरूले प्राकृृतिक स्रोतमा किसानको पहुँच कसरी कायम गर्न सकिन्छ भन्नेतर्फ केन्द्रित भएर अध्ययन गर्न र सोहीअनुरुप नीति बनाउन सुझाएका छन् । राष्टिय किसान आयोगद्वारा कीर्तिपुरमा आयोजित कृषिको अध्ययनसम्बन्धी प्रारम्भिक गोष्ठीको दोस्रो दिन शुक्रबार आफ्नो मन्तव्य राख्ने क्रममा विज्ञहरूले यस्तो सुझाव दिएका हुन् । आयोगले देशको कृषि क्षेत्रमा सर्वाधिक चासो राखिने विभिन्न नौ विषयमा विज्ञ संस्थाबाट अध्ययन गराउन थालेकामा शुक्रबार प्राकृतिक स्रोतमा किसानको पहुँच, किसान आयोगको आवधिक रणनीति र कृषिमा बहुराष्ट्रिय कम्पनीका कार्य गरी तीन विषयमा प्रारम्भिक छलफल भएको थियो । गोष्ठीमा कृषि क्षेत्रमा क्रियाशील बहुराष्ट्रिय कम्पनीका काम र कारोबारसम्बन्धी अध्ययन र अनुगमन, त्यससम्बन्धी नियमन गर्न नेपाल सरकारलाई सुझाव दिने गरी अध्ययन सुरु गरिएको जानकारी दिइयो । डेव टेक नेपाल र नेपाल फार्मर्स ...
बर्दियाको बुर्तिया नाका खोल्न माग

बर्दियाको बुर्तिया नाका खोल्न माग

देश, समाचार
नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले बर्दियाको बुर्तिया नाका खोल्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले नेपाल र भारतबीच विगतमा भएको वाणिज्य सन्धिअनुसार उक्त नाका खोल्ने सम्झौता भए पनि अझैसम्म नाका नखोलिएको भन्दै त्यसका निम्ति पहलकदमी लिन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद गौतमले राजस्व उठ्ने ठाउँमा पनि सरकारले भन्सारको व्यवस्था नगर्दा राजस्वमा प्रत्यक्ष असर परिरहेको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “बर्दियामा राष्ट्रिय निकुञ्ज रहेको छ र थुप्रै बासिन्दा बसोबास गर्ने गरेका छन् । विभिन्न सयौँ प्रजातिका वन्यजन्तु छन् र बाघ र गैँडाको सङ्ख्या बढ्दै छ, हात्तीको आवतजावत बढ्दो छ । जनताले मानव र वन्यजन्तुको द्वन्द्वका कारण त्यहाँ गुरुयोजना बनाएर समस्या समाधान गर्न जरुरी छ ।” नेकपा (एमाले) का सांसद छविल...
सङ्घीयतालाई सुदृढ बनाउन सबै दल एकजुट होऔँः सांसद शर्मा

सङ्घीयतालाई सुदृढ बनाउन सबै दल एकजुट होऔँः सांसद शर्मा

राजनीति
नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सम्वद्र्धन गर्दै त्याग र बलिदानबाट प्राप्त संविधानको सफल कार्यान्वयन गरेर देशलाई समृद्धिको यात्रामा अगाडि लैजान सम्बद्ध सबै पक्षलाई आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा आफ्नो धारणा राख्दै उहाँले लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवाद निर्माणका लागि साझा सहमति जुटाउनुपर्नेमा जोड दिनुभयो । उहाँले जनताको घरदैलोको सरकारका रुपमा रहेको स्थानीय सरकारलाई सबल र सक्षम बनाउनुपर्ने उहाँको भनाइ थियो । उहाँले सङ्घीयतालाई सुदृढ बनाउन विभिन्न ऐन निर्माणको कामलाई तत्काल अगाडि बढाउनुपर्ने र प्रदेश सरकारलाई सबल र सक्षम बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । आवधिक योजनाको लक्ष्य पूरा हुन नसकेको र अनेकन कारणले समस्या देखिएको भन्दै कार्यान्वयनमा देखिएका जटिलता हटाउनुपर्ने उल्लेख गर्नुभयो ...
‘Cooperatives are credible medium for social transformation’

‘Cooperatives are credible medium for social transformation’

अर्थतन्त्र, आर्थिक, बैँक/ बीमा
The Ministry for Land Management, Cooperatives and Poverty Alleviation has emphasized on a long-term strategy to take forward cooperatives campaign as a credible medium for social transformation.In an interaction held with cooperatives activists here today, Ministry's secretary Dr Damodar Regmi said that they were trying to make cooperatives sector well-cultured, regulated and law-abiding. Dr Regmi asserted, "Cooperatives sector that has been one of the pillars of national economy is capable of playing an important role in building a socialism-oriented economy as envisaged by the Constitution, achieving sustainable development goals and bringing about good changes in the multi-dimensional poverty index." He pointed out the need to take forward cooperatives with a new thi...
Mass media has significant role in federalism implementation: Minister Modi

Mass media has significant role in federalism implementation: Minister Modi

विदेश / एन.आर.एन
Minister for Federal Affairs and General Administration Aman Lal Modi has said that the mass communication media has a pivotal role in implementation of federalism."Journalists played a big role in the political movement for restoration of democracy and loktantra. The role of mass media is equally important now also for the promotion of good governance and the implementation of federalism in the country," he said addressing the UK Journalism Honour and Award Programme of Federation of Nepalese Indigenous Journalists (FoNIJ) here today.Minister Modi suggested FoNIJ forged unity among the journalists for raising the issues of the indigenous communities. "We, the indigenous nationalities, are still lagging behind in running the state and in matters of learning. Our language and ...
युक्रेनबाट निःशर्त रुसी सेना फिर्ता गर्न राष्ट्रसङ्घको अनुरोध

युक्रेनबाट निःशर्त रुसी सेना फिर्ता गर्न राष्ट्रसङ्घको अनुरोध

विदेश / एन.आर.एन, समाचार
युक्रेनबाट आफ्ना सेना निःशर्त फिर्ता गर्न आह्वान गर्दै संयुक्त राष्ट्रसङ्घले समग्रतामा युक्रेनको न्यायपूर्ण र दिगो शान्तिका पक्षमा मतदान गरेको छ । राष्ट्रसङ्घीय महासभामा प्रस्तुत शान्ति प्रस्तावको पक्षमा एक सय ४१ देशले मतदान गरेर युक्रेनप्रतिको आफ्नो समर्थन जनाएका छन् । एक सय ९३ सदस्यीय संयुक्त राष्ट्रसङ्घमा युक्रेनको विपक्षमा रुस, बेलारुस, उत्तर कोरिया, सिरिया, माली, इरिट्रिया र मालीले मतदान गरेका छन् भने चीन र भारतसहित ३२ देश मतदानमा सहभागी भएनन् । युक्रेनलाई प्राप्त यो समर्थन बाध्यकारी भने होइन । गत अक्टोबरमा रुसले युक्रेनका चार क्षेत्रलाई गाभेको घोषणाको निन्दा गर्न भएको मतदानमा एक सय ४३ देशले भाग लिएका थिए । अर्थात् ती देश युक्रेनको पक्षमा उभिएका थिए । युरोपेली सङ्घका विदेश नीति प्रमुख जोसेप बोरेलले राष्ट्रसङ्घीय महासभाको मतपरिणामले अन्तर्राष्ट्रिय समुदाय युक्रेनको पक्...
छ हजार किशोरीलाई एचपिभी खोप लगाइँदै

छ हजार किशोरीलाई एचपिभी खोप लगाइँदै

स्वास्थ्य
यहाँका छ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ह्युमन पापिलोमा भाइरस (एचपिभी) लगाइने भएको छ । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ११ देखि १३ वर्ष उमेर समूहका किशोरीका लागि खोप अभियान सञ्चालन गरेको हो । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार माडी नगरपालिका र भरतपुर महानगरपालिकाभित्रका चार हजार किशोरीलाई खोप लगाइसकिएको छ । रत्ननगर नगरपालिकाका दुई हजार किशोरीलाई खोप लगाउने तयारी गरिएको छ । खोपका सम्बन्धमा रत्ननगर नगरपालिकाभित्रका २९ सामुदायिक र २७ संस्थागत विद्यालयका प्रधानाध्यापक, प्राचार्य र स्वास्थ्य शिक्षा अध्यापन गराउने शिक्षकशिक्षिकाका लागि अभिमुखीकरण कार्यक्रम गरिएको छ । यही फागुन १४ देखि १९ गतेसम्म रत्ननगरका विद्यालयमा खोप कार्यक्रम सुरु गर्न लागिएको हो । विश्व स्वास्थ्य सङ्गठनले पनि खोपबारे चासो देखाएका कारण नेपाल सरकारले सन् २०२...