२०८२ चैत्र ४

Tag: SYM NETWORK

प्रदेशस्तरको औषधि आपूर्ति केन्द्र बनाइने

प्रदेशस्तरको औषधि आपूर्ति केन्द्र बनाइने

स्वास्थ्य
जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ स्थित सत्रसयमा गण्डकी प्रदेशस्तरकै एलोपेथिक औषधि आपूर्ति केन्द्र बनाइने भएको छ । यहाँ रहेको तेत्तीस रोपनी जमिनमा गण्डकी प्रदेशको आपूर्ति केन्द्र बनाउन लागिएको हो ।स्वास्थ्य मन्त्रालयबाट जग्गा प्राप्तिका लागि स्वीकृति पाएपछि प्रक्रिया अघि बढाउने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । “गण्डकी प्रदेश र संघीय सरकारको स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबाट अनुगमन भैसकेकाले छिट्टै केन्द्र निर्माणका लागि प्रक्रिया अघि बढाइने छ ।” सेभ द चिल्डेनको आर्थिक सहयोगमा एलोपेथिक औषधि बनाएर वितरण केन्द्र बनाउने विषयमा प्रारम्भिक अनुसन्धान भैरहेको पनि उहाँले बताउनुभयो । केन्द्रका लागि पन्ध्र रोपनी जग्गा भए पुग्ने भएकाले बाँकी जग्गामा आयुर्वेदिक अस्पताल बनाउन प्रदेश सरकारले चासो देखाएको गाउँपालिकाका अध्यक्ष शुक्र...
यसरी हुँदैछ राष्ट्रपतिको निर्वाचन

यसरी हुँदैछ राष्ट्रपतिको निर्वाचन

राजनीति
काठमाडौँ, १२ फागुन (रासस) : मुलुकको राष्ट्राध्यक्षका रुपमा रहेको राष्ट्रपति पदको निर्वाचन यही फागुन २५ गते हुँदैछ । शनिबार राष्ट्रपतिको उम्मेदवारको मनोयन दर्ता गर्ने कार्यतालिका छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिनुभयो । सोही दिन अपराह्न ४ बजेभित्र मनोनयपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिका छ भने फागुन २५ गते १० देखि ३ बजेसम्म मतदानको समय तोकिएको छ । मतदान सम्पन्न भएलगत्तै मतगणना प्रारम्भ हुने साँझ ७ बजेभित्रै मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी गरिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन अधिकृतको कार्यालय रहेको परिसरभित्रै मतदान केन्द्र रहनेछ । नेपालको संविधानमा नेपालमा एक राष्ट्रपति रहने र ...
आलेख : अव्यवस्थित बसोबासीलाई व्यवस्थापनका विकल्प

आलेख : अव्यवस्थित बसोबासीलाई व्यवस्थापनका विकल्प

समाचार
काठमाडौँ, १२ फागुन (रासस) : सङ्घीय राजधानी काठमाडौँ उपत्यकाका बागमती नदी र यसका सहायक तथा उपसहायक नदीका करिडोरमा अव्यवस्थितरुपमा बसोबास गर्दै आएका बासिन्दालाई अन्यत्र स्थानान्तरणका विभिन्न विकल्पका बारेमा अध्ययन भएको छ । ‘अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति’ले गरेको अध्ययनअनुसार उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाअन्तर्गत विभिन्न २७ वडामा बसोबास गरेका अव्यवस्थित घरधुरी सङ्ख्या तीन हजार चार सय ९६ छ । काठमाडौँ महानगरपालिकामा दुई हजार दुई सय ४५, कागेश्वरी मनहरा नगरपालिकामा ९०, बूढानीलकण्ठ नगरपालिकामा एक सय ५६, ललितपुर महानगरपालिकामा १७, गोदावरी नगरपालिकामा दुई सय १७ र भक्तपुर नगरपालिकामा सात सय ७३ अव्यवस्थित घरधुरीको लगत सङ्कलन गरिएको छ । पहिलो विकल्प इचङ्गुनारायणस्थित अव्यवस्थित बस्ती व्यवस्थित गर्न निर्माण गरिएका भवन स्थानीय तहलाई हस्तान्तरण गरी बस्ती व्य...
भोजपुरका पर्यटकीय क्षेत्र ओझेलमा

भोजपुरका पर्यटकीय क्षेत्र ओझेलमा

देश, समाचार
भोजपुर, १२ फागुन (रासस): भोजपुरमा धेरै धार्मिक तथा पर्यटकीय क्षेत्र भए पनि ती क्षेत्र ओझेलमा पर्ने गरेका छन् । राणाकालीन समयमा डोली पैसा छापिएको टक्सार, बालागुरु षडानन्द अधिकारीले पहिलो संस्कृत पाठशाला स्थापना गरेको ऐतिहासिक क्षेत्र दिङला, क्रान्तियोद्धा योगमाया जलसमाधि लिएको क्षेत्र मझुवाबेँसीलगायत दर्जनौँ ऐतिहासिक तथा पर्यटकीय क्षेत्र भए पनि यी क्षेत्रले देशको ध्यान तान्न सकेका छैनन् । यहाँ योगमायाको तपोभूमि गौडेनी, प्रसिद्ध शिद्धकाली मन्दिर, गोल्मेराजा गोल्मेरानी भिर, नागछाँगा, चुलाचुली गुफा, धार्मिक तथा पर्यटकीय क्षेत्र साल्पासिलिचुङ, पौवादुङमा गाउँपालिकामा रहेको दोस्रो हलेँसी भनेर निचिएको त्रिपुरेश्वर महादेव, सन्तानेश्वर महादेवलगायत यहाँ प्रशस्त धार्मिक तीर्थस्थल छन् । यी ठाउँका बारेमा स्थानीयलाई समेत कम जानकारी छ । त्यस्तै जिल्लाकै अग्लो छाँगे झर्ना, सिलिचुङ चुचुरो, ...
उपत्यकामा प्रतिघण्टा ५० किमि गतिमा सवारी साधन चलाउन पाइने

उपत्यकामा प्रतिघण्टा ५० किमि गतिमा सवारी साधन चलाउन पाइने

देश, समाचार
अबदेखि काठमाडौँ उपत्यकामा प्रतिघण्टा ५० किलोमिटरको गतिमा मात्रै सवारी साधन चलाउन पाइने भएको छ ।उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक सूचना प्रकाशित गरी सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा उल्लेखित गति नियन्त्रणसम्बन्धी व्यवस्था र सडकको भौतिक अवस्थालाई मध्यनजर गरी सवारी दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि उक्त नियम लागू गरिएको हो । सवारी तथा यातायात व्यवस्था ऐन र सडकको भौतिक अवस्थासमेतलाई ध्यान दिएर गाडी तथा मोटरसाइकलको अधिकतम गति प्रतिघन्टा ५० किलोमिटर तोकिएको उक्त सूचनामा उल्लेख छ । उपत्यकाभित्र चक्रपथ (रिङ रोड) सँगै सर्भिस ट्रायकका लागिसमेत गति सीमा तोकिएबमोजिम कलङ्की–कोटेश्वर सडकखण्डको ट्रयाकमा प्रतिघण्टा अधिकतम ५० किलोमिटर र सर्भिस ट्रयाकमा प्रतिघण्टा अधिकतम २० किलोमिटर गति तोकिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यसैगरी कोटेश्वर–भक्तपुर...
एमालेले बोलायो सचिवालय बैठक

एमालेले बोलायो सचिवालय बैठक

राजनीति
नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचन र पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’बारे छलफल गर्न बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार बिहान ९ बजे ललितपुरस्थित पार्टी मुख्यालयमा बैठक बोलाइएको छ । राष्ट्रपति निर्वाचनका लागि शनिबार मनोनयन र यही फागुन २५ गते निर्वाचन हुँदैछ । ...
कुखुरा र कालिजपालनतर्फ युवाको आकर्षण बढ्दो

कुखुरा र कालिजपालनतर्फ युवाको आकर्षण बढ्दो

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
रामपुर (पाल्पा), १२ फागुन (रासस): हरियाली गाउँ, पाखा पखेरामा कुखुरा र कालिजपालनको बेग्लै मज्जा लिइरहनुभएको छ, युवा तुलबहादुर थापा । रामपुर बजारको माथिल्लो भेग, हरियाली रमाइलो, प्रकृतिको काखमा व्यवसाय गर्दा उहाँलाई व्यस्तताको अनुभूति छैन । पछिल्लो समय धेरैले गाउँ छाड्दै गरेको अवस्थामा थापाले भने गाउँमै व्यवसाय गरेर आयस्रोत बृद्धि गर्ने मनसायले स्थानीय जातका कुखुरा र कालिजपालन व्यावसाय थाल्नुभएको छ । कालिजपालन व्यवसाय यो क्षेत्रका लागि नयाँ हो । भारतीय सेनामा करिब २४ वर्ष काम गर्नुभएका थापाले सन् २०२१ मा अवकाश लिनुभएपछि आफ्नै पुख्र्यौली थलो रामपुर नगरपालिका–७ गोलैचेमा व्यवसाय थाल्नुभएको हो । उहाँले स्थानीय जातका कुखुरा, कालिज, लौकाट जातका पशुपक्षीलाई व्यवसायीकरण गर्ने गरी सुरु गरेको बताउनुभयो । थापाले करिब नौ महिनाअघि उक्त व्यवसायमा हात हाल्नुभएको हो । गाउँको भिरालो जमिनमा व...
राप्रपाले कार्यसम्पादन समितिको बैठक बोलायो

राप्रपाले कार्यसम्पादन समितिको बैठक बोलायो

राजनीति
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनका विषयमा निर्णय गर्न आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठकमा राष्ट्रपति पदमा उम्मेदवार छनोट गर्ने तथा निर्वाचन प्रक्रियामा सहभागी हुने वा नहुने भन्ने विषयमा छलफल गरिने नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । पार्टीले लिएका मुद्दा स्थापित गर्न राष्ट्रपति निर्वाचन प्रमुख चासो र प्राथमिकताको विषय नभएकाले तटस्थ हुनुपर्ने केही नेताले मागगरेपछि सो विषयमा विवाद र मतभेद बढेको छ । बैठक दिउँसो १ बजे बोलाइएको उहाँले बताउनुभयो । निर्वाचनका सन्दर्भमा पछिल्लोपटक विकास भएका राजनीतिक घटनाक्रम, समसामयिकलगायत विषयमा छलफल केन्द्रित हुने बैठकमा देशभर पार्टीको अवस्था, सङ्गठन सुदृढीकरणका योजना, विभिन्न प्रदेशका बैठकबाट आएका सुझावबारे पनि जानकारी गराइने छ । निर्वाचन आयोगले यही फागुन १३ गते राष्ट्रपति पदको मनोनयन गर...
गौशाला चलाउन महायज्ञबाट ८४ लाख सङ्कलन

गौशाला चलाउन महायज्ञबाट ८४ लाख सङ्कलन

देश
गाईको संरक्षणका लागि स्याङ्जाको वालिङमा महायज्ञ सञ्चालन गरी आर्थिक सङ्कलन गरिएको छ । वालिङ– ८ काफलडाँडामा हालै सञ्चालनमा आएको गौशालालाई थप व्यवस्थित गर्दै गाईको संरक्षण गर्ने उद्देश्यसहित आयोजना गरिएको महायज्ञबाट झण्डै रु ८४ लाख सङ्कलन गरिएको छ । आधुनिकतासँगै गाईपालनतर्फ रुचि हराउँदै गएकाले गौमाताको संरक्षण गर्ने मुख्य उद्देश्यसहित धुनी शिवालय फूलबारी गुठी गौशाला आश्रम वालिङ–८ काफलडाँडाले महायज्ञबाट उक्त रकम सङ्कलन गरेको हो । गौ संरक्षण गर्ने मुख्य उद्देश्यले आयोजना गरिएको महायज्ञबाट सङ्कलन भएको रकमलाई अक्षयकोषका रूपमा राखेर सोहीमार्फत गौशाला सञ्चालन गरिने महायज्ञ मूल आयोजक समितिका संयोजक दिलीपप्रताप खाँणले जानकारी दिनुभयो । “बाटोघाटोमा गाईलाई छाडा छाडिदिँदा सम्भावित सवारी दुर्घटनाका साथै खेतबारीमा बालीनाली खाइदिने समस्या भयो”, उहाँले भन्नुभयो, “गाईको संरक्षण तथा व्यवस्थ...
Lumbini Buddhist University to put vicinity in Panchsheel

Lumbini Buddhist University to put vicinity in Panchsheel

शिक्षा
The Lumbini Buddhist University has adopted the policy of putting the university vicinity in the Panchsheel, five principles of peaceful coexistence. The 14th senate meeting of the University took a decision in this regard. It also stressed the need for following the Buddha's message of peace, compassion and love for all living beings. It is mandatory to chant Buddha Vandana and put Buddha statues put before any formal assemblies and meetings under the University begin. The University Executive Council meeting took a decision to this effect.This initiative means to protect and conserve Buddhist philosophy, culture and art as per the purpose of the establishment of the University, said the University. The Buddha Vandana chanting is mandatory for all bodies under the Unive...