२०८१ बैशाख १४

होली मौलिक विशेषतायुक्त संस्कृति : प्रदेश प्रमुख शर्मा




बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले होली पर्वले राष्ट्रिय एकता कायम राख्न भूमिका निर्वाह गर्ने बताउनुभएको छ । होलीका अवसरमा शुुभकामना व्यक्त गर्दै उहाँले भन्नुभयो, “बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक तथा विविधतायुक्त हाम्रो देशमा मनाइने यस्ता पर्वले नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न भूमिका निर्वाह गर्दछ ।”


Advertisement


होली पर्व हाम्रो मौलिक विशेषतायुक्त संस्कृति भएकाले यसको संरक्षण तथा सम्वद्र्धन गर्नसके राष्ट्रिय गौरवको धरोहर जगेर्ना हुने उहाँले विश्वास व्यक्त, गर्नुभयो । होलीलाई खुसी र सद्भावको पर्वका रुपमा मनाउनुपर्नेमा प्रमुख शर्माको जोड छ ।



“फागुलाई आपसी खुसी र सद्भावको पर्वका रुपमा ग्रहण गर्दै अनुशासित ढङ्गबाट हामीले मनाउनुपर्दछ”, प्रमुख शर्माले भन्नुभयो ।

Copy link
Powered by Social Snap