जङ्गली जनावरबाट खेती जोगाउन तारजाली वितरण
जङ्गली जनावरले खेतबारीमा लगाएको अन्नबाली, तरकारी तथा फलफूल खानएर दुःख दिन थालेपछि अर्घाखाँचीको धातिवाङमा जङ्गली जन्तुको नियन्त्रण गर्न तारजाली वितरण गरिएको छ ।
बाँदर, बँदेल, दुम्सी, खरायोलगायत चराचुरुङ्गीले खेतबारीमा लगाएको अन्नबाली खाँदा कृषक हैरान भएकाले पाणिनी–६ धातिवाङमा ९८ कृषकलाई तारजाली वितरण गरिएको वडाध्यक्ष कृष्णप्रसाद पौडेलले बताउनुभयो । रैथाने बालीका रुपमा रहेको मकै, गहुँलगायतका सबै अन्नबालीमा बाँदरले बदमासी गर्दा कृषक हैरान छन् । “बिहानै उठेर साँझ रातिसम्म बारीमा नै चौकीदारी गर्ने बाध्यता कृषकमा छ”, चालु आर्थिक वर्षमा वडा कार्यालयले रु चार लाख विनियोजन गरेर जङ्गली जन्तु तथा बादर नियन्त्रण गर्न तारजाली वितरण गरेको हो ।
निर्वाचनको समयमा सबैभन्दा समस्या रहेको बाँदर नियन्त्रण गर्नुपर्ने जनताको माग रहेसँगै बाँदर धपाउन कृषकलाई तारजाली वितरण गरेको वडाध्यक्ष पौडेलको ...









