ठमेलमा कला प्रदर्शनी सुरु
काठमाडौँको ठमेलमा कला प्रदर्शनी सुरु भएको छ । सोसाइटी फर स्ट्रिट चिल्ड्रेन इन नेपालको आयोजनामा काठमाडौँ महानगरपालिका–२६ स्थित काठमाडौँ ईको होटलमा छ दिने कला प्रदर्शनी सुरु भएको हो ।
कला प्रदर्शनीको शुभारम्भ गर्दै ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्र्माले नेपाल कला, संस्कृतिको धनी मुलुक भएकाले यसलाई विश्वमाझ प्रचारप्रसार गर्नसके नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नयाँ बालबालिकालाई कला प्रतियोगितामा भाग लिएर उत्कृष्ट कला प्रदर्शन गर्न आग्रह गर्नुभयो ।
सन् २०१० देखि सडक बालबालिका र अन्य क्षेत्रका बालबालिकालाई संरक्षण गर्दै आएको संस्था सोसाइटी फर स्ट्रिट चिल्ड्रेन इन नेपालकी सञ्चालक ईभा होल्मवर्ग टेडेटले संरक्षित बालबालिकामा रहेका कलासम्बन्धी ज्ञानलाई उजागर गर्न कला प्रदर्शनी गरिएको जानकारी दिनुभयो । विगत १३ वर्षमा चार सयभन्द...









