![](https://www.symnetwork.com/wp-content/uploads/2023/05/SHIVAM-AD-1.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2023/03/1600x960_1198859-marrrioager-1024x614.jpg)
![](https://www.symnetwork.com/wp-content/uploads/2024/01/KFC-ad.gif)
जाजरकोटका पालिकाले सन २०२७ सम्म बालविवाह अन्त्य गर्नका लागि प्रतिबद्धता व्यक्त गरेका छन् । पालिकाभित्र आवश्यक कार्यविधि तथा कार्यक्रम बनाई बाल विवाह, बाल श्रम अन्त्यका लागि हस्ताक्षर गर्दै पालिकाका प्रमुखले २०२७ सम्म जिल्लालाई यसबाट मुक्त गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
Advertisement
![](https://www.symnetwork.com/wp-content/uploads/2023/11/11327200.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2023/05/B5AA0DF8-9A1C-49D0-AADF-7BA6264F1F8A.gif)
जिल्ला प्रशासन कार्यालयको अगुवाइमा जिल्लाका भेरी नगरपालिकाबाहेक अन्य पालिकाका सरकार प्रमुखको सहभागिता रहेको यहाँ आयोजित कार्यक्रममा यस्तो प्रतिवद्धता व्यक्त गरिएको हो । विभिन्न आठ बुँदे साझा प्रतिबद्धता व्यक्त गर्दै बालबालिकाका माथि हुने सबै खालका हिंसासमेत अन्त्यका लागि प्रतिबद्धता व्यक्त गरिएको छ । जिल्लाका सरोकारवालाको संयुक्त बैठकमा साझा धारणा बनाई २०२७ सम्म लक्ष्य हासिल गर्ने प्रतिबद्धतामा हस्ताक्षरसमेत भएको छ ।
![](https://www.symnetwork.com/wp-content/uploads/2024/01/wai-wai-ad.gif)
जिल्ला प्रशासन कार्यालयको आयोजना र सेभ द चिल्ड्रेन, पहाडी क्षेत्र विकास अभियान लगायतका अन्य सङ्घ संस्थाको सहयोगमा उक्त अन्तक्र्रिया भएको थियो । सेभ द चिल्ड्रेनको सहयोगमा पहाडी क्षेत्र विकास अभियानले जिल्लाका कुशे गाउँपालिकामा बालबालिकासम्बन्धी गरेका काम, बालविवाह हुन नदिन गरिएका प्रयासको विषयमा समेत जानकारी गराएको थियो । अन्य संस्थाले छेडागाड नगरपालिकामा गरिएको कार्यक्रमको विषयमा समेत जानकारी गराएका थिए ।
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1588332472-2-63.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1592292872-3-59.jpg)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/bolero-61.gif)