प्रजनन केन्द्रमा हुर्काइएका एक सय ५० गोही नदीमा छाडियो
चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका एक सय ५० घडियाल गोही राप्ती नदीमा छाडिएका छन् । पाँच वर्ष उमेर पुगेका गोहीलाई नदीमा छाडिएको हो ।
यसै आर्थिक वर्ष थप २० गोही नदीमा छाडिँदै छ । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार पाँच वर्ष उमेर र एक दशमलव पाँच मिटर लम्बाइ भएपछि गोहीलाई नदीमा छाड्ने गरिएको छ । यस वर्ष राप्ती नदीमा सौराहाघाटबाट ६०, कसराघाटबाट ७० र खगेन्द्रमल्ली नजिकैबाट २० गोही नदीमा छाडिएको हो । ती गोहीलाई यस आवको विभिन्न समयमा छाडिएको हो । उहाँले भन्नुभयो, “थप २० गोही छाड्न मिल्ने अवस्थामा छन्, हामी केही दिनमा छाड्छौँ ।”
गत आवमा एक सय सात गोही नदीमा छाडिएको थियो । प्रजनन केन्द्रमा हुर्काएर हालसम्म एक हजार आठ सय ४२ गोही नदीमा छाडिसकिएको छ । सन् १९७८ मा केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएक...









