२०८२ चैत्र ३

Tag: SYM NETWORK

‘हिमालयन एक्सट्रिम ट्रायथलन’को उपाधि पिटर र तारा मिराण्डालाई

‘हिमालयन एक्सट्रिम ट्रायथलन’को उपाधि पिटर र तारा मिराण्डालाई

देश, समाचार
विश्वकै कठिनमध्येमा मानिने ‘हिमालयन एक्स्ट्राई वल्र्ड टुरएक्सट्रिम ट्रायथलन’को उपाधि पुरुषतर्फ चेक रिपब्लिकका पिटर भाब्रोसेक र महिलातर्फ अमेरिकाका तारा मिरण्डा पार्सोन्सले जित्नुभएको छ । शनिबार बिहान ४ बजे पोखराको फेवातालमा पौडीबाट सुरु भएको सो प्रतियोगिता आज बिहान कास्कीको माछापुच्छ«े गाउँपालिका–८ ल्वाङमा आएर समापन भएको हो । त्यसक्रममा सहभागी खेलाडी समुद्र सतहबाट चार हजार तीन सय मिटर उचाइको मर्दी हिमालको ‘भ्यु प्वाइन्ट’सम्म पुगेका थिए । पुरुषतर्फ च्याम्पियन बन्नुभएका पिटरले फेवातालमा तीन किमी आठ सय मिटर पौडी त्यसपछि एक सय ५० किमी साइक्लिङ र ४३ किमी दौड १६ घण्टा ५१ मिनेट १९ सेकेण्डमा पूरा गर्नुभएको हो । यसैगरी इटालीका जिओभानी बोर्रटालासोले निर्धारित दूरी १७ घण्टा ५८ मिनेट आठ सेकेण्डमा पार गरी द्धितीय र रसियाका इलिया बब्लिकले निर्धारित दूरी पूरा गर्न १८ घण्टा ३४ मिनेट १२ से...
गणतन्त्रको प्रमुख हिस्सेदार नेपाली पत्रकारिता पनि हो : प्रधानमन्त्री

गणतन्त्रको प्रमुख हिस्सेदार नेपाली पत्रकारिता पनि हो : प्रधानमन्त्री

राजनीति
प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्रमुख हिस्सेदार नेपाली पत्रकारिता पनि भएको बताउनुभएको छ । आज यहाँ आठौँ राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मानबाट सम्मानितलाई बधाई दिँदै उहाँले भन्नुभयो, “हामीले प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्रमुख हिस्सेदार नेपाली पत्रकारिता क्षेत्र पनि हो, जसको संलग्नताबिना यति ठूलो राजनीतिक उपलब्धि प्राप्त गर्न सम्भव थिएन ।” प्रधानमन्त्री दाहालले राणाविरोधी आन्दोलन, पञ्चायतविरोधी आन्दोलन हुँदै १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनसम्म नेपाली पत्रकारिताले राजनीतिक आन्दोलनको मुख्य सहयोगीको रुपमा आफूलाई उभ्याएको बताउनुभयो । उहाँले नेपाली पत्रकारिताका कारण नेपालको लोकतान्त्रिक आन्दोलनका पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्नुभयो । “आन्दोलनकै क...
सत्ता गठबन्धनलाई पाँच वर्षसम्म निरन्तरता दिनुपर्छ : जसपा अध्यक्ष यादव

सत्ता गठबन्धनलाई पाँच वर्षसम्म निरन्तरता दिनुपर्छ : जसपा अध्यक्ष यादव

राजनीति, समाचार
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं सांसद उपेन्द्र यादवले वर्तमान पाँचदलीय गठबन्धनलाई निरन्तरता दिएर मुलुकलाई सुशासन र राजनीतिक स्थिरतातर्फ लैजानुपर्ने बताउनुभएको छ । आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा अहिलेको सत्ता गठबन्धनलाई पाँच वर्षसम्म निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । सरकारले जनतालाई परिवर्तनको अनुभूति हुनेगरी नीति तथा कार्यक्रम ल्याउनुपर्ने उहाँको भनाय छ । “सरकारको स्थिरताबिना मुलुकको आर्थिक, सुशासन र समृद्धि प्राप्त हुँदैन, त्यसैले सत्तामा रहेका राजनीतिक दलले मुलुक र जनताको हितमा परिवर्तनमुखी काम गर्नु पर्दछ ।” अध्यक्ष यादवले राजनीतिक दलका नेताप्रति वितृष्णा फैलाउने कार्यसँग आफू सदैव असहमत रहेको बताउदै मुलुकले अत्यन्तै आर्थिक सङ्कट बेहोरिरहेकाले सरकारले आगामी बजेट शिक्षा, कृषि, स्वास्थ्य र पर्यटन क्षेत्रको उत्थानमा केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो । ...
संस्कृति जोगाउँदै समाज घर

संस्कृति जोगाउँदै समाज घर

SYM शुद्ध सकारात्मकता
विभिन्न अवसर र सुविधाको खोजीमा गाउँ छाडी सहर पस्ने धेरै लछन् । गाउँमा भएको सबैथोक त्यागेर सहर पस्नेले गाउँको संस्कार, संस्कृति, भाषा भने लिएर आएका हुन्छन् । सहरमा उनीहरु त्यसलाई सहरमा देखाउन चाहन्छन् । यसका लागि गतिलो माध्यम बनेको छ, ‘समाज घर’ । विभिन्न गाउँबाट पोखरा झरेकाहरुले यहाँ आ–आफ्नो सहरमा समाज घर बनाएका छन् । यस्ता समाजघरमार्फत संस्कार, संस्कृति, भाषा जोगाउन ध्यान दिइएको पाइन्छ । हिजो बुद्ध पूर्णिमाका दिन पोखराका गुरुङ समाजघरमा घाटु नृत्य देखाइयो । पोखरा महानगरपालिका–१४ काजीपोखरीस्थित पोंचोकों तमु परिवार पोखरामा पनि दिनभर घाटु नाच प्रस्तुत भयो । समाजघरमा घाटुसरीहरु दिनभर व्यस्त हुनुभयो । टाउकोमा लाया (घाटुका लागि धानको लाभाबाट बनाएको टोपी) र बिर्कोट (लायालाई अड्याउन बनाइएको कपडा) लगाएका बालिका निदाएकै आभाषमा गुरुबाको स्वरसँगै हाउभाउ मिलाएका देखिन्थे । यहाँ शुक्रबार...
टोखा–छहरे सुरुङमार्ग निर्माण सुरु गर्न लागेका छौँ : अर्थमन्त्री डा महत

टोखा–छहरे सुरुङमार्ग निर्माण सुरु गर्न लागेका छौँ : अर्थमन्त्री डा महत

देश, समाचार
अर्थमन्त्री डा प्रकाशरण महतले काठमाडौँको टोखाबाट नुवाकोटको छहरेसम्मको सुरुङमार्ग निर्माण कार्य थालनी गर्न लागिएको बताउनुभएको छ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीस्थित छेवाङ ग्लान ङारछ्यालिङ गुम्बामा निर्मित गुरु पद्मसम्भवको आज मूर्तिको प्राण प्रतिस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सुरुङमार्ग निर्माणका लागि धेरै पहिलेदेखि बहस भए पनि अब भने काम सुरु गर्न आवश्यक बजेटको विनियोजन गर्ने बताउनुभयो । “नुवाकोटसहित रसुवा हुँदै चीनसँगको केरुङ बजारसँगको व्यापार बढाउन टोखा–छहरे सुरुङ मार्गको परिकल्पना गरिएकाले कार्यान्वयनमा लैजान लागिएको हो ।” उहाँले भन्नुभयो, “कृषि र पर्यटनको विकास, उद्योग व्यवसायको वृद्धि, धार्मिक तथा सांस्कृृतिक गतिविधिलाई चलायमान बनाएर केरुङ हुँदै चीनसँगको व्यापार बढाउन के–कति सकिन्छ आगामी आर्थिक वर्षमा बजेट तर्जुमा गर्न लागिएको छ । यसलाई कार्य प्रारम...
सत्तरी प्रतिशत सकियो हुलाकी राजमार्ग निर्माणको काम

सत्तरी प्रतिशत सकियो हुलाकी राजमार्ग निर्माणको काम

देश, समाचार
काठमाडौँ, २३ वैशाख (रासस) ः राष्ट्रिय गौरवको हुलाकी राजमार्गमा हालसम्मको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ । एक हजार आठ सय ५७ किमीमध्ये अहिलेसम्म नौ सय ५७ किमी कालोपत्र सकिएको छ । खासगरी वन क्षेत्र, केही समस्या रहेको क्षेत्रमा सडक बनाउन र लामो समयदेखि अलपत्र पुल सम्पन्न हुन बाँकी रहेको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ । अहिले अन्योल भएका ठाउँबाहेक अरुतिरको सडक कतै निर्माण भइसकेको छ भने कतै निर्माण भइरहेको छ । अहिलेसम्म दुई सय ११ किमी सडक निर्माणका लागि ठेक्कामा जान बाँकी रहेको आयोजना प्रमुख चुडाराज ढकालले बताउनुभयो । सत्तरी पुल पनि ठेक्कामा जान बाँकी छ । रेखाङ्कनमा पर्ने चितवन, नवलपुर खण्ड, कपिलवस्तु, बाँके र दाङ वनको क्षेत्रमा स्वीकृति नपाएका कारण निर्माण अघि बढेको छैन । उहाँले भन्नुभयो, “ती ठाउँमा के गर्ने भनी निर्णय आउन बाँकी छ ।” सडकको रेखाङ्कन कतिपय खण्...
‘मणिपुरमा नेपाली भाषी सुरक्षित’

‘मणिपुरमा नेपाली भाषी सुरक्षित’

SYM शुद्ध सकारात्मकता
पूर्वीसीमा काँकडभिट्टाबाट नौ सय ७० किलोमिटर पूर्व भारतको मणिपुरमा चार दिनयता जातीय हिंसाले उग्ररुप लिए पनि त्यहाँका नेपाली भाषी सुरक्षित रहेका छन् । कुकी र मैतेयी जातिबीच आरक्षणको विषयलाई लिएर हिंसा चर्किएको हो । जसका कारण मणिपुरको प्रान्तीय राजधानी इम्फाल लगायतका प्रदेशका अधिकांश क्षेत्रमा सेना परिचालन र कफ्र्यु लगाइनाका साथै हिंसा भड्किँदा जनजीवन आतङ्कित बनेको छ । नेपाली भाषी भारतीय नागरिकहरू हिंसामा नपरेको इम्फाल निवासी एसके विश्वकर्माले टेलिफोन सम्पर्कमा बताउनुभयो । “चौबिसै घण्टा कफ्र्यु लगाइएको छ, यहाँको सडकमा सुरक्षाकर्मीहरूले गस्ती गरिरहेका छन्”, उहाँले भन्नुभयो, “हाम्रो नेपाली भाषी दाजुभाइ, दिदीबहिनीहरू कोही पनि सडकमा निस्कनुभएको छैन । कुनै पनि नेपाली बस्तीमा हिंसा भएको जानकारी आएको छैन ।” उहाँका अनुसार उत्तरपूर्वी भारतको पहाडी राज्य मणिपुरमा ५० हजारको सङ्ख्यामा ने...
यस्तो छ नेपाली चलचित्रको व्यापार

यस्तो छ नेपाली चलचित्रको व्यापार

नेपाली चलचित्र
चलचित्र भवनमा चार नेपाली चलचित्र प्रदर्शनरत छ । यही वैशाख १ गतेदेखि प्रदर्शन भइरहेको ‘जारी’ कै व्यापार अन्यको तुलनामा उच्च छ । चलचित्र विकास बोर्डमा बक्सअफिसको विवरणअनुसार प्रदर्शनको २१ दिन पार गर्दा ‘जारी’ ले रु १५ करोडभन्दा बढीको व्यापार गरेको छ । शुक्रबार र शनिबार हुने व्यापारको सङ्केतसमेत अन्य चलचित्रको तुलनामा ‘जारी’ कै राम्रो छ । वैशाख १५ गतेदेखि प्रदर्शनरत ‘प्रसाद २’ र ‘नार्इं नभन्नु ल ६’ को सो सङ्ख्या घट्नाका साथै दर्शक पनि घटेका छन् । प्रदर्शनको एक साता पार गर्दा ‘नार्इं नभन्नु ल ६’ ले रु २५ लाख र ‘प्रसाद २’ ले रु ७० लाखको व्यापार गर्न सफल भएको छ । उल्लिखित विवरणमा १८ प्रतिशत कर कट्टा गरी प्राप्त रकम चलचित्र भवन र वितरकले सहमतिअनुसार भागबन्डा लगाउने गर्दछन् । यस्तै वैशाख २१ गतेदेखि प्रदर्शनरत चलचित्र ‘ज्याकी ः आई एम ट्वान्टी वान’ ले दुई दिनमा रु २० लाखको हाराहार...
‘राजनीतिक विचारभन्दा माथि उठेर मुलुकको विकासमा लागौँ’

‘राजनीतिक विचारभन्दा माथि उठेर मुलुकको विकासमा लागौँ’

विचार, विचार
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवम् पूर्वमन्त्री शिशिर खनालले राजनीतिक विचारभन्दा माथि उठेर मुलुकको विकासमा लाग्नुपर्ने बताउनुभएको छ । जनकल्याण सामाजिक केन्द्र र सिद्धेश्वर करिडोर समितिले आज यहाँ आयोजना गरेको वातावरणसम्बन्धी अन्तरक्रियामा उहाँले विकासका लागि राजनीति गर्न नहुने बताउनुभएको हो । “राजनीतिलाई फरक ढङ्गले अगाडि बढाउनुपर्छ, अर्को पार्टीलाई निषेध गर्ने परिपाटीको अन्त्य गर्नुपर्छ”, उहाँले भन्नुभयो । खनालले बागमती करिडोर सरसफाइका लागि धेरै तहमा छलफल भए पनि विष्णुमती करिडोरको विकासका बारेमा धेरै छलफल हुन नसकेको बताउनुभयो । संसारको प्रदूषित सहरमध्ये काठमाडौँसमेत भएको जनाउँदै यसलाई वातावरणमैत्री बनाउन प्रत्येक व्यक्तिको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाइ थियो । उहाँले सङ्घ र प्रदेश सरकार कानुन बनाउन व्यस्त हुने भएकाले स्थानीय सरकारले स्थानीय क्षेत्रको विकासका लाग...
मानव सेवाका कामलाई निरन्तरता दिन सरकारको साथ रहन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

मानव सेवाका कामलाई निरन्तरता दिन सरकारको साथ रहन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

देश, समाचार
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहयोगापेक्षी सडक आश्रित मानवलाई अभिभावकत्व प्रदान गर्ने र आश्रय दिने मानव सेवाको अभियानलाई सफल पार्न सरकरका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । काठमाडौँको नागार्जुन नगरपालिका–१ स्थित मानव सेवा आश्रमको अवलोकन गर्नुहुँर्दै उपप्रधानमन्त्री श्रेष्ठले मानव सेवाका कामलाई निरन्तरताका साथ अगाडि बढाउन सरकारका तर्फबाट साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आश्रमलाई जीवित राख्न, सञ्चालनमा ल्याइराख्न र सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नेपाल बनाउने प्रक्रियालाई अगाडि बढाउन सरकारले सम्पूर्ण प्रयत्न गर्ने विश्वास दिलाउनुभएको छ । “जसरी तपाईँहरूले काम व्यवहारद्वारा आफूलाई नयाँ खालको नागरिकको पहिचान बनाउनुभएको छ, कामद्वारा मानव सेवाको उद्देश्यलाई सफल पार्न सहयोग पु¥याउन चाहन्छु”, उहाँले भन्नुभयो । मानव सेवा आश्र...