२०८३ बैशाख २१

Tag: Nepal

हिउँदयाम सकिएसँगै प्रि–मनसुन सुरु

हिउँदयाम सकिएसँगै प्रि–मनसुन सुरु

देश
हिउँदयाम सकिएसँगै देशभर प्रि–मनसुन सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद् मञ्जु बासीका अनुसार हिउँदयाम सकिएर मार्च १ अर्थात् आजदेखि सुरु भएको प्रि–मनसुन तीन महिनासम्म रहनेछ । प्रि–मनसुनको अवधि मार्च, अप्रिल र मेसम्म रहने, त्यसपछि मनसुन सुरु हुने उहाँले बताउनुभयो । प्रि–मनसुनको समयमा दिउँसो मेघगर्जन÷चट्याङ्का साथै हावाहुरी र असिना पानीको सम्भावना रहने मौसमविद्ले बताएका छन् । यस मौसमी प्रणालीका समयमा स्थानीय वायुको प्रभाव धेरै हुने गरेको बताइएको छ । स्थानीय वायुको प्रभावका कारण आज दिउँसो पहाडी क्षेत्रका एक÷दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् बासीले जानकारी दिनुभयो । उहाँका अनुसार आज सुदूरपश्चिम र कर्णाली प्रदेशका एक÷दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । यस वर्ष हिउँदमा १४ वर्षयताकै कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जना...
मनाङमा ट्राफिक नियमसम्बन्धी सचेतना

मनाङमा ट्राफिक नियमसम्बन्धी सचेतना

देश, समाचार
हिमाली जिल्ला मनाङमा सवारीसाधन आवागमन हुने समय भएपछि सडक सवारी तथा ट्राफिक नियमसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ । हिउँदयाम सकिन लागेपछि सवारीसाधन आवागमन बढ्ने भएकाले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय मनाङले सचेतनामूलक कार्यक्रम गरेको हो । नासों गाँउपालिका–३ स्थित बेँसीसहर–मनाङ सडक खण्डमा गुड्ने सवारी चालक, सहचालक, स्थानीयसमेतको सहभागितामा सचेतना कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख एवं प्रहरी नायब उपरीक्षक नवीन भण्डारीले जानकारी दिनुभयो । “इलाका प्रहरी कार्यालय धारापानीको आयोजनामा ट्राफिक नियमसम्बन्धी सचेतनामूलक कार्यक्रम गरी चालक, सहचालक र स्थानीयवासीलाई सचेत गराइएको हो”,भण्डारीले भन्नुभयो, “जोखिम सडकमा यात्रा गर्दा सचेतना बढी अपनाउनपर्ने हुन्छ । यसलाई प्राथमिकतामा राखेर कार्य गरिरहेका छौँ ।” वर्षायाम सुरु ह...
विराटनगरमा केबल तारको व्यवस्थापन गरिँदै

विराटनगरमा केबल तारको व्यवस्थापन गरिँदै

आर्थिक
विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा जथाभावी लत्रिएका केबल र नेटका तार व्यवस्थापन गर्न थालेको छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित, उज्यालो र विकसित बनाउने महानगरको अभियानअन्तर्गत तार व्यवस्थापनमा तीव्रता दिइएको हो । महानगरपालिकाको निर्देशनपछि केबल तथा नेट प्रदायक कम्पनी आफँै तारको व्यवस्थापनमा जुटेका छन् । गत पुस २८ गतेदेखि तार व्यवस्थापन थालिएको थियो । तार व्यवस्थापनका लागि महानगरप्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको उपस्थितिमा सम्बन्धित कम्पनीका प्रतिनिधिलाई राखेर महानगरले पटक–पटक बैठकसमेत राखेको थियो । विभिन्न चरणका बैठकको निर्णयानुसार तार व्यवस्थापन भइरहेको प्रमुख प्रशासकीय अधिकृत कोइरालाले बताउनुभयो । म्याक्स, सुविसु, वल्र्डलिङ्क, भाइनेट, नेपाल टेलिकमलगायत कम्पनीले तार व्यवस्थित गरिरहेका छन् । चैत मस...
प्रतिनिधिसभा बैठक चैत ५ मा

प्रतिनिधिसभा बैठक चैत ५ मा

राजनीति
आज बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक संसद् सचिवालयले सूचना जारी गर्दै आगामी चैत ५ गते सम्मका लागि बैठक स्थगित गरेको हो । संसद् सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा जारी सूचनामा भनिएको छ “फागुन १७ गते आज दिनको १ बजे बस्नेगरी निर्धारण गरिएको बैठक विशेष कारणबस स्थगित भई आगामी चैत ५ गते आइतबार दिउँसो १ बजे बस्नेगरी निर्धारण गरिएको छ ।” अब राष्ट्रपति पदको निर्वाचनपछि मात्रै प्रतिनिधिसभाको बैठक बस्ने छ । यही फागुन २५ गते राष्ट्रपति पदको र आगमी चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन हँुदैछ । ...
सिर्सिया नदीमा फोहर फाल्ने उद्योगलाई कारबाही गरिने

सिर्सिया नदीमा फोहर फाल्ने उद्योगलाई कारबाही गरिने

देश
सिर्सिया नदी प्रदूषण नियन्त्रण अभियान सुरु गरेको वीरगञ्ज महानगरपालिकाले नदीमा फोहर फ्याँक्ने उद्योगहरूलाई कारबाही गर्ने तयारी गरेको छ । पर्सा–बारा औद्योगिक कोरिडोरका उद्योगबाट निस्किने फोहरका कारण सिर्सिया नदी प्रदूषित भएको भन्दै महानगरपालिकाले फोहर फाल्ने उद्योगलाई कारबाहीको तयारी गरेको महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो । करिडोरमा सञ्चालित अधिकांश उद्योगले फोहर व्यवस्थापनमा ध्यान नदिएको र वातावरण प्रदूषणमा ख्यालै नगरी सिर्सिया नदीमा फोहरमैला मिसाई प्रदूषित बनाइरहेको पाइएकाले त्यस्ता उद्योगमाथि कारबाही गर्न लागेको नगरप्रमुख सिंहले बताउनुभयो । सिर्सिया नदीमा फोहर फाल्ने तीन वटा उद्योगलाई वातावरण प्रदूषण ऐनअन्तर्गत कारबाहीको पत्र पठाइसकिएको र अन्य उद्योगमाथि पनि निगरानी बढाइएको उहाँले बताउनुभयो । सिर्सिया नदीलाई फोहररहित बनाउने महानगरपालिकाको लक्ष्य भएकाल...
‘भूपि पुरस्कार’का लागि कृति आह्वान

‘भूपि पुरस्कार’का लागि कृति आह्वान

साहित्य
धौलागिरि साहित्य प्रतिष्ठान, बागलुङले प्रदान गर्ने ‘भूपि पुरस्कार’का लागि कविता कृति आह्वान गरिएको छ । प्रतिष्ठानको बैठकले आगामी वर्ष प्रदान गरिने सो पुरस्कारका लागि विसं २०७८ र ०७९ मा प्रकाशित गद्य शैलीका कविता कृति पठाउन आह्वान गर्ने निर्णय गरेको हो । प्रतिष्ठानले स्रष्टा र साहित्यिक संस्थालाई आलोपालो गरी बर्सेनि पुरस्कार प्रदान गर्दै आएको छ । विसं २०८० को भूपि जयन्तीमा स्रष्टालाई पुरस्कृत गरिने प्रतिष्ठानका अध्यक्ष काजी रोशनले जानकारी दिनुभयो । पुरस्कारको राशि रु २५ हजार छ । देशभरबाट प्राप्त हुने कृतिमध्ये निरुपण मण्डलले उत्कृष्टलाई पुरस्कारका लागि छनोट गर्नेछ । कवि भूपि शेरचनकै शैली पछ्याएर लेखिएका काव्यकृतिले मूल्याङ्कन प्रक्रियामा प्राथमिकता पाउने प्रतिष्ठानका अध्यक्ष रोशनले बताउनुभयो । यसअघि उक्त पुरस्कारबाट साहित्यकार प्राडा सुधा त्रिपाठी, सुकुम शर्मालगायत पुरस्क...
चितवन फुटवेयर एक्स्पो हुँदै

चितवन फुटवेयर एक्स्पो हुँदै

उद्यमशीलता
प्रथम चितवन फुटवेयर एक्स्पो यही फागुन १७ गतेदेखि सुरु हुनेभएको छ । चितवन उद्योग सङ्घ र नेपाल जुत्ता घरको संयुक्त आयोजनामा एक्स्पो गर्न लागिएको हो । चितवन उद्योग सङ्घको औद्योगिक प्रदर्शनीमा एक्स्पो हुन लागेको हो । चैत १७ गतेसम्म चल्ने एक्स्पोमा नेपालमा उत्पादित जुत्ता चप्पल तथा छालाजन्य वस्तु र स्वदेशमा तयार गरिएका जुत्ता चप्पल, महिला, पुरुष सबैलाई हुने जुत्ताचप्पल राखिने जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिनुभयो । विराटनगर, पोखरा, धरानलगायतका ठाउँमा एक्स्पो सम्पन्न गरी चितवनमा गरिएको उहाँले बताउनुभयो । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उपाध्यायले एक्स्पोमा १० भन्दा बढी ब्राण्डका ४० स्टलबाट एक हजार भन्दा धेरै प्रकारका जुत्ता एकै ठाउँमा पाउन सकिने बताउनुभयो । स्वदेशी उत्पादनका बारेमा आम उपभोक्तालाई स्थलगत अवलोकन गराई आफ्ना उत्पादनका बारेमा जानकारी गराउने उद्देश्यले ए...
गणतन्त्रको मर्मानुसार सङ्गीत, कला र संस्कृतिको विकासमा लाग्नुस् : पर्यटनमन्त्री किराती

गणतन्त्रको मर्मानुसार सङ्गीत, कला र संस्कृतिको विकासमा लाग्नुस् : पर्यटनमन्त्री किराती

राजनीति
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सङ्घीय गणतन्त्र नेपालको मर्मानुसार नेपाली सङ्गीत, कला र संस्कृतिको विकासमा लाग्न तीनवटै प्रज्ञा–प्रतिष्ठानका कुलपतिलगायत प्राज्ञहरूलाई आग्रह गर्नुभएको छ । नेपाल लतिलकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा आज तीनवटै प्रज्ञा–प्रतिष्ठानका नवनियुक्त प्राज्ञहरूबीच भएको परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटनमन्त्री किरातीले कला संस्कृतिको नयाँनयाँ खोज अनुसन्धान गरी समाजका वास्तविक इतिहासका तथ्यलाई बाहिर ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले अहिले प्रतिष्ठान परीक्षाको घडीमा रहेको र परीक्षामा कुनै हालतमा पनि फेल हुन नहुनेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “परीक्षामा फेल भइयो भने हामी फेल हुने होइन, राज्य व्यवस्था नै फेल हुने हो ।” उहाँले सचेत बनेर काम गर्न सुझाव पनि दिनुभयो । उहाँले समाजको जरामा बसेर समाजको शल्यक्रिया गर्नु...
बाँकेको नानापुर क्षेत्र पर्यटकीय गन्तव्य बन्दै

बाँकेको नानापुर क्षेत्र पर्यटकीय गन्तव्य बन्दै

देश
बाँकेको डुडुवा गाउँपाललिका–५ स्थित नानापुर पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेको छ । सामुदायिक वन उपभोक्ता समितिको करिब दुई बिघा जमिनमा बनाइएको भौतिक संरचनामा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरेर आन्तरिक पर्यटकले आन्नद लिइरहेका छन् । ‘लायन्स पार्क’ नाम दिइएको सो स्थानमा लायन्स स्तम्भ, सेल्फी जोन, गोल घर, कार्यक्रम कक्षलगायतको निर्माणमा रु १७ लाख बराबर खर्च भएको बावुकुवा सामुदायिक वन उपभोक्ता समूहका पूर्वअध्यक्ष महेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो । उहाँले पर्यटन प्रवद्र्धनका लागि सामुदायिक वनसँग आन्तरिक सहमति गरेर त्यस क्षेत्रमा पर्यटकीय आर्कषण बढाउन विभिन्न योजना अघि सारिएको बताउनुभयो । नेपालगञ्ज बजारबाट करिब पाँच किलोमिटर दूरीको उत्तर–पूर्वमा पर्ने सो स्थान शान्त र रमणीय देखिन्छ । वन जङ्गलसँगै प्राकृतिक सौन्दर्य र हरियालीले त्यहाँ पुग्ने पर्यटकलाई लोभ्याइरहेको हुन्छ ।...
बागेश्वरीमा साप्ताहिक महाआराती

बागेश्वरीमा साप्ताहिक महाआराती

देश
नेपालगञ्जको बागेश्वरी मन्दिरमा सुरु भएको साप्ताहिक महाआरतीले धार्मिक पर्यटन प्रर्वद्धन गर्न थालेको छ । प्रत्येक साताको सोमबार हुने महाआरतीमा सहभागी हुन भक्तजनको ठूलो घुइँचो लाग्ने गरेको र यसका लागि नेपालगञ्जबाहेक टाढा–टाढाबाट पनि भक्तजन सहभागी हुने गरेका छन् । उक्त मन्दिरमा आयोजना गरिएको पाँचाँै महाआरतीमा धेरै भक्तजनको घुइँचो लागेको बागेश्वरी गुठी व्यवस्थापन समितिले जनाएको छ । मन्दिरका मूल महन्थ चन्दननाथ योगी पण्डितका साथमा बटुकद्वारा बैद्धिकमन्त्र उच्चारण गरी सङ्कल्पसहित पूजाअर्चना गरेर धार्मिक विधिअनुसार महाआरती गर्ने गरिन्छ । सन्ध्या आरतीपछि भजनकीर्तन पनि गर्ने गरिन्छ । ‘वेष्टर्न ट्राभल मार्ट’को अवसरमा गत माघ १५ गतेदेखि साप्ताहिकरूपमा बागेश्वरी मन्दिरमा महाआरती सुरु गरिएको थियो । ट्राभल एजेन्ट्स एशोसिएशन अफ नेपाल (नाट्टा) बाँके च्याप्टरको पहलमा बागेश्वरी गुठी व्यवस्थापन सम...