सडक पहुँचले पर्यटनमा सहयोग
“गुराँसको छेडोबाट हिमालको सौन्दर्य हेर्दै मोटरबाइकमा हिँड्नुको मज्जै बेग्लै”, शनिबार बेनीबाट बरङ्जाको झाँक्रीपानी घुम्न जानुभएका शोभित घिमिरेले भन्नुभयो, “वन, जङ्गल र भिर पहरा छिचोल्दै गाउँका बस्तीबस्तीसम्म मोटरबाटो पुगेपछि घुम्न जाने हामीलाई सजिलो भएको छ ।”
स्वरसम्राट नारायण गोपालको गीत झैँ, यतिबेला म्याग्दीका वन, जङ्गल लालीगुराँसका फूलले रङ्गिएका छन् । वनैभरि फुलेका लालीगुराँसका जङ्गलबाट उत्तरतिर देखिने चाँदी झँै टल्कने हिमाललाई पृष्ठभूमिमा पारेर फोटो खिचाउने, सेल्फी लिने र टिकटक बनाउनेको भिडले यतिबेला म्याग्दीका जङ्गलमा रौनक बढेको छ ।
म्याग्दीको सदरमुकाम बेनीबजारबाट पर्यटकीयस्थल टोड्केमा आउनुभएकी रक्षा पौडेल हिमाल र लालीगुराँसलाई पृष्ठभूमिमा राखेर तस्बिर लिन व्यस्त हुनुहुन्थ्यो । उहाँसँगै आएका साथीहरू पनि लालीगुराँसमा रमाउँदै फोटो खिच्न व्यस्त देखिन्थे ।
फागुनदेखि जे...









